Showing posts with label news-ent/nepali-cinema. Show all posts
Showing posts with label news-ent/nepali-cinema. Show all posts

कहिले सुध्रिने रेखा ?

काठमाण्डौ/मंसिर ५,
'लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ चार बल्ड्याङ' भन्ने उखान पछिल्लो समय नम्बर वान नायिकाको ट्याग पाएकी रेखा थापामा ज्यादै लागु भएको पाईन्छ । उनी राम्रो अभिनय गर्ने मात्र हैन निकै बाठि नायिकाको रूपमा समेत चिनिन्छिन् । उनले आफ्नो अभिनयमा पृथकता दिन त खोज्छिन् तर कहिले काहिं चिप्लिन्छिन् । 
     रेखाको यो प्रसङ्ग दिवाकर भट्टराईले डेब्यू फिल्मको रुपमा निर्देशन गरिरहेको चलचित्र 'मेरो जीवन साथी' को हो । उनले मुख्य भुमिका निर्वाह गरेको सो चलचित्रको अहिले राजधानीमा धमाधम छायाँकन भईरहेको छ । सो चलचित्रमा उनी गाउँले युवतीको चरित्रमा देखिंदै छिन् । रेखाले दैविक शक्ति भन्दै हातका आधिकाशं औलामा औठी लगाउदा गाउले युवतीको भुमिकामा उनले न्याय नगरेको हो कि भन्ने भान पनि हुन्छ । भगवान प्रति आस्था नराख्नु भन्ने फिल्मीखबरको भनाई हैन तर रिल र रियल लाईफमा समेत प्रयोग गर्ने औठीहरु उनी अभिनित हरेक सिनेमामा देखिदा त्यो जति पिडा चलचित्र बुझेका पत्रकारलाई भन्दा अरुलाई ज्यादा नहोला । 
     रेखा जस्तै अन्य कलाकारहरुले पनि हरेक सिनेमामा एउटै औंठी लगाएको देखिन्छ तर रेखा अलि बढि चर्चामा रहेकाले यहाँ उनै चर्चा गरिएको हो  आफूलाई परिवर्तनशिल भन्ने रेखाले हरेक फिल्ममा लुक्स परिवर्तन गरे पनि औठी भने परिवर्तन गर्न नजानेको देखिन्छ । संगैको तस्बिर चलचित्र 'मेरो जीवन साथी' को हो जहाँ उनी मुखियाको भूमिकामा प्रस्तुत भए जस्तो देखिन्छ । तस्बिरमा ध्यान दिएर हेर्नुस उनी पूर्णरुपमा पुरुषको पहिरनमा देखिएकी छिन् ।

यो त एउटा पछिल्लो उदाहरण मात्र हो । रेखाले जति फिल्ममा अभिनय गर्छिन् ती सवै फिल्ममा उनको औठी कस्तो छ भन्ने कुरालाई सायद दर्शकले पनि याद गरिसकेका होलान् ।  रेखा बाहेक महानायक राजेश हमालले पनि घाटीको आठ सुते कालो धागो  कहिलै फुकालेको देखिदैनन । चाहे उनी गरिव पात्रको भूमिकामा प्रस्तुत हुन वा धनी पात्र । पशुपति नाथको प्रसाद भन्दै हमालले त्यो धागोलाई कुनै पनि फिल्ममा फुकाल्ने गरेका छैनन् ।  जुन कमजोरी हमालको मात्र हैन उनलाई अभिनय गराउने निर्देशकहरूको पनि हो ।:फ़िल्मी खबर/नेपाल 

दुई नायिकाले गरे सन्यास

चलचित्र क्षेत्रमा आएको लामो समयम्म काम गरेपछि र लोकपि्रयताका हासील गरेपछि कलाकारहरु सन्यास लिने गर्दछन् । तर, पछिल्ला दुई दिनमा दुई नायिकाले एकसाथ सन्यास लिने घोषणा गरेपछि यसले धेरै प्रश्न उब्जाएको छ । नायिका सुमिना घिमीरेले आफ्नो पछिल्लो चलचित्र रङमा अभिनय गरेसगै चलचित्र नखेल्ने भन्दै सन्यास लिने घोषणा गरीन् । चलचित्र क्षेत्रमा हुने विभीन्न विकृती र विसंगीतले गर्दा पारिवारीक दवाव आएपछि सुमिनाले सन्यास लिएको वुझिएको छ ।
केही दिन अघि मात्र एक साप्ताहीक पत्रीकामा सुमिना र एक निर्देशकको विषयमा समाचार आएको थियो । यसले, सुमिनालाई तनावमा समेत पारेको वुझिएको छ । सुमिनाको केही महिना अघि पनि विवाह भैसकेका समाचार आएका थिए । यि समाचारले आफुलाई दुखित वनाएको भन्दै सुमिनाले परिवारसगको सल्लाहले सन्यास लिने घोषणा गरेकी थिईन् । चलचित्र दुलहीवाट नेपाली सिनेमा क्षेत्रमा देखिएकी सुमिनाले सिनेमा प्रदर्शन हुनु भन्दा अघि नै आधादर्जन सिनेमा खेलीसकेकी थिईन् । सुमिनाले सन्यास लिएको भोलीपल्टै अर्की नायिका अनुष्का ढकालले पनि सन्यासको घोषणा गरेकी छिन् । चलचित्र मजवुरवाट नेपाली सिनेमा क्षेत्रमा आएकी अनुष्काले सन्त्रास र प्लानमा अभिनय गरेकी थिईन् ।
वुधवार काठमाण्डौको एक स्टुडियोमा प्लानको डविङ सकीएपछि अनुष्काले अव आफुले कुनै पनि चलचित्र र म्युजिक भिडियो नखेल्ने घोषणा गरेकी छिन् । सन्यास लिनुको कारण खोल्दै अनुष्काले भनिन्, चलचित्रमा भविष्य देखिन मैले । अभिनय गर्यो पारीश्रमीक पाईदैन, सिनेमामा काम गर्दा धेरै कुरामा संझौता गनुपर्छ । चलचित्रमा निशुल्क काम गरीदिनुपर्ने जस्ता कारणले मलाई यो क्षेत्रवाट नै टाढा जान मन लागेको हो, उनले निराशा मुद्रामा प्रतिक्रिया दिईन् । उनी अव आफ्नो पढाईलाई नै अगाडि वढाएर व्यवसाय गर्ने सोचमा छिन् ।

अनुष्काले केही महिना अघि मात्र काठमाण्डौको जोरपाटीमा व्यृटि पार्लर खोलेकी थिईन् । अव व्युटि पार्लर र पढाईमा सक्रिय हुन्छु, अनुष्काले वताईन् । अनुष्का हाल स्नातक पहिलो वर्षमा व्यवस्थापन संकायमा अध्ययनरत छिन् । यसरी, निरन्तर नायिकाहरुले सन्यास लिनुलाई अर्थपुर्ण तरीकावाट हेर्न सकिन्छ । किनकी, नायिकाहरुको विषयमा आउने विभीन्न किसीमका समाचारले पनि नेपाली सिनेमा क्षेत्रमा युवतीहरुको आकर्षण वढ्न सकेको छैन । यसमा पनि उदाउदै गरेका यि दुई नायिकाको सन्यासले राम्रो सन्देश पक्कै पनि दिदैन ।:-अनलाइन खबर 

'फेसबुक' सिनेमाको वेभसाइट प्रिमियर

facebook_in_400

काठमाडौं/३० कात्तिक,इन्टरनेटको सामाजिक संजाल फेसबुकबारे बन्न लागेको सिनेमा ‘फेसुबक’ले बुधबार मेरोसिनेमा डटकममार्फत वेभसाइट प्रिमियर गरेको छ । यससँगै चलचित्रले आफ्नो कास्ट, क्रिउ, फोटोसहित अन्य जानकारी पनि सार्वजनिक गरेको छ । लामो समयदेखिको रहस्य तोड्दै ‘फेसबुक’ले डेब्यु गर्न लागेका हिरोलाई पनि प्रकाशमा ल्याएको छ । 


चलचित्र ‘फेसबुक’को इन्टरनेट ठेगाना ‘डब्लुडब्लुडब्लु डट फेसबुकनेपालीमूभि डटकम’ रहेको छ । सोसल साइट फेसबुक र ट्वीटरमा पनि चलचित्र ‘फेसबुक’सँग सम्पर्क स्थापित गर्न सकिन्छ । सुनिलकुमार थापाले निर्माण गर्ने चलचित्रलाई सुरज सुब्बा नाल्बोले लेखन र निर्देशन गरेका छन् । निर्मात्री तथा अभिनेत्री झरना थापा, डेब्यु हिरो स्वतन्त्रप्रताप शाह, संयम पुरीको मुख्य अभिनय हुनेछ । महानायक राजेश हमाल प्रहरी अधिकृतको केमियोमा छन् ।

छायांकन संजय लामा, सहायक निर्देशनमा अराज केशव र योगेन्द्र प्रसाइँ, सम्पादन बनिश शाह, कोरियोग्राफर कविराज गहतराज, एक्सन रोशन श्रेष्ठ, ब्याकग्राउन्ड स्कोर मोहित मुनाल छन् । नेपाली समाजमा फेसबुकले पारेको सकरात्मक र नकरात्मक प्रभावलाई चित्रण गरेको छ । चलचित्र सुटिङका लागि 'फेसबुक' युनिट विहिबार सिंगापुर उड्दैछ । मेरोसिनेमा डटकमले सुटिङ रिपोर्टहरू सिंगापुरबाट दिइरहनेछ
।  श्रोत:मेरो सिनेमा 

ट्वीन अनुहारमा देवयानी कुन् ?

काठमाडौं २९ कात्तिक,

devyani_home_400दायाँका दुई फरक तस्विरहरू हेर्दा तपाईँ झुक्किन सक्नुहुन्छ । यी ट्वीन अनुहारलाई लिएर धेरैजना कन्फ्युज पनि बनिरहेका छन् । तर, कन्फ्युज धेरै दिन टिक्नेछैन । एकसातापछि रिलिज हुने सिनेमा 'देवयानी'ले धेरैको जिज्ञासा मेटाइदिनेछ । तस्विरमा एउटी हुन् रिएल देवयानी र अर्की हुन् रिलकी देवयानी । रिएलकी देवयानी अर्थात दरबार हत्याकान्डमा मारिएका तत्कालिन राजा दीपेन्द्रकी प्रेमिका ।

रिलकी प्रेमिका अर्थात चलचित्र 'देवयानी'की लिड एक्ट्रेस तथा हिरोइन बिमला केसी । डेब्यु गर्ल बिमलाको अनुहार काटीकुटी वास्तविक देवयानीको अनुहारसँग मिल्ने भएपछि यसको चर्चा अझै चुलिएको छ । निर्देशक बस्नेतले वास्तविक देवयानीको फेस मिल्ने बिमलालाई खेलाएको भनेर पनि रजतपट वृत्तमा कुरा चल्ने गरेको छ । तर, रिलकी देवयानी उनै बिमला हुन् जो कराँतेकी खेलाडी पनि हुन् ।

चलचित्रमा एक्सन सट्हरू दिनुपर्ने भएपछि विमलालाई खेलाइएको हो । प्रोमो हेर्दा लाग्छ –विमला एक्सनमा जमेकी छिन् । आफ्नो अनुहार देवयानी राणासँग मिल्ने भएपछि बिमलाले मेरोसिनेमासँग भनिन्, ‘देवयानीलाई प्रत्यक्ष भेट्न त सकेको छैन तर धेरैले उहाँको बानी र अनुहार मसँग मिल्छ भन्दा खुसी लागेको छ ।’ सोसल ड्रामा श्रेणीको चलचित्रमा बिमला निखिल उप्रेतीको अपोजिटमा छिन् । उनलाई यतिबेला अन्य प्रोजेक्टबाट अफर पनि आइरहेको छ तर ‘देवयानी’को प्रतिक्रिया पछि मात्र उनी काम अघि बढाउन चाहन्छिन् ।अनलाइन खबर

मायाको वारीमा लुगा फेर्दाको हैरान

नयाँ-नयाँ हुँदा सवैलाई जोश त आउँछ नै । प्राय मानिष त्यस समयमा पैसाको पछाडी भन्दा पनि आफ्नो करिअरको पछाडी दौडिन्छ । नव नायक यशराजलाई पनि यस्तै भएको हुनसक्छ । सुरुवातमै राम्रो सिनेमा पाउनु त्यसमा पनि राम्रो व्यानरको कसलाई पो जोश नआउला र ? उनलाई पनि यस्तै भएको हुनसक्छ ।
गोपीकृष्ण मुभिजको व्यानरमा तयार भएको चलचित्र ‘मायाको वारीमा’ नायक छन् यशराज । उनले यसअघि स्वर नामक सिनेमामा अभिनय गरिसकेका छन् । स्वरले खासै कमालको आवाज निकाल्न नसकेपछि यशराजको करिअर अगाडी वढ्न सकेको छैन । केकी अधिकारीसँग चलचित्रको पर्दामा रोमान्स गरेका यशराजले यो चलचित्रका लागि चलचित्रको निर्माणपक्षले दिएको रकम त सकाए सकाए आफ्नै गोजीवाट पनि सकाएका छन् ।
यो चलचित्रको ५० दिन छायांकन भएको थियो । ५० दिनको अन्तरालमा यशराजले ५० जोर लुगा लगाएका रहेछन् । ५० जोर लुगाका लागि उनले केही निर्माणपक्षवाट सहयोग लिएको त केही आफ्नो गोजीवाट खर्चेको वुझिएको छ । ५० जोर लुगा चलचित्रमा नलगाएको भए पनि केही हुदैनथ्यो, तर यि नव नायकले आफुलाई राम्रो देखाउनका लागि यस्तो गरेका रहेछन् । उनले प्रत्येक दिन एउटा लुगा चलचित्रको छायांकनमा लगाएका छन् । चलचित्रमा उनले लगाएका सवै लुगा हेर्न पाईनेछ । यसरी ५० दिनको छायांकनमा ५० थरीका लुगा लगाउने यशराजको चाहना पनि अचम्मकै रहेछ । हेरौं यी नायकको यस्तो रहरलाई चलचित्र हेर्ने दर्शकले रुचाउँ छन् या रुचाउँदैनन् ।अनलाइन खबर

मनीषाले बाँड्नि न्याना लुगा

काठमाडौं २८ कात्तिक,
    सिनेमा अभिनयलाई थाँती राखेकी हिरोइन मनीषा कोइराला पछिल्लो समय सामाजिक कामहरूमा सक्रिय छिन् । सोमबार उनले दुईदर्जन सडक बालबालिकालाई न्याना ज्याकेट र स्लिपिङ ब्यागहरू वितरण गरिन् । हट्विट नामक बालकल्याण फाउन्डेसनले आश्रय दिएका ती बालबालिका लुगा पाएपछि खुशि देखिन्थे । मनीषा सामु उनीहरू दिल खोलेर नाचे, गाए अनि बी–बोइङमा रमाए ।

‘काठमाण्डूमा स्ट्रिट चिल्ड्रेन नहोस भनेर अभियान थालेकी हुँ’ मेरोसिनेमासँग उनले भनिन्, ‘लागुऔषधले बिग्रिएको स्वास्थ्य र शिक्षा नहुँदा अपराधमा समेत संलग्न भएको देखेपछि सहयोग गर्नुपर्छ भन्ने लागेको हो ।’ तीमध्ये १२ बालबालिकालाई आफ्नो सहयोगमा पठनपाठनको व्यवस्था समेत गर्ने उनले बताइन् । फाउन्डेसन संस्थापक जुजुकाजी महर्जनले मनीषाको कामलाई सह्रानिय भने । फाउन्डेसनले २००६ देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
तत्काल सिनेमा खेल्दिँन
आफू सिनेमा प्रोडक्सन हाउस स्थापनाको तयारीमा रहेको मनीषाले बताइन् । ‘तत्काल सिनेमा भने खेल्दिँन । बलिउडबाट पनि तीनवटा अफर आएका छन् । सबैलाई होल्डमा राखेकी छु’ मनीषा भन्छिन्, ‘अब नेपालमै रहेर कलाको क्षेत्रमा केही काम गर्न चाहन्छु ।’ अब आफूलाई एक्टिङ भन्दापनि सिनेमा बनाउने रहर जागेको उनले सुनाइन् । वैवाहिक सम्बन्धबारेको जिज्ञासामा उनले नो कमेन्ट भनिन् ।स्रोत;मेरो सिनेमा

निरुता नेपाल आएको कारण अर्कै !

      आफ्नो सिनेमाको पब्लिसिटीमा निरुता आउने भइन भनेर निर्माता बाबुराम दाहाल मख्ख थिए । काठमाडौंली मिडियाले निरुताको कमब्याकलाई फूलबुट्टा भरेर लेखे र बोले । हिरोइन नपाएर रन्थनिएका कतिपय निर्माता र निर्देशक निरुतालाई एप्रोच गर्ने बकुल्लो ध्यानमा थिए । तर, जब आइतबार यस्तो एउटा फोन आयो –सुनेपछि निर्माता दाहाल झस्किए । मुम्बइबाट निरुता आफ्नो परिचित स्वरमा भन्दै थिइन् –'सरी ! म नेपाल आउन सकिन । म बिरामी परेँ ।’

फोनका ती शब्दहरू वास्तविक वा बहाना हुन्, ती निरुतैले जानून तर, निरुता नआउने खबरले 'हाइ एक्सपेट' गरेका निर्माता निराश बने । बल्ल उनलाई थाहा लाग्यो –‘अघिल्लो साता निरुता नेपाल आएको कारण अर्कै रहेछ । उनी मेरो फिल्मको पब्लिसिटीमा आएकै होइन रहेछिन ।’ आगामी शुक्रबार रिलिज हुने चलचित्र 'फर्कि आऊ'को पब्लिसिटीमा सहभागि हुने भनिएकी हिरोइन निरुता नेपाल नआउने भएकी छिन् । निरुताकै भनाईमा उनी अहिले ‘माइग्रेन’ले थलिएर मुम्बइमै छिन् रे । 

निरुताको हालैको एकहप्ते काठमाडौं आगमन फिल्मको प्रचार नभएर व्यक्तिगत कारण रहेछ, जुन कुरा बल्ल पछि थाहा लाग्यो । खासमा उनी आफ्ना सहोदर भाइबुहारीलाई भेट्न काठमाडौं आएकी रहिछिन् । उनका भाई रिक सिँह आफ्नी बेलायती पत्नीलाई लिएर ट्रेकिङका लागि अन्नपूर्ण फेरो घुम्न पोखरा आएका रहेछन् । उनैलाई भेटिसकेपछि निरुता मुम्बइ फर्किएको थाहा भएको छ । निरुताको अनुपस्थितीमा महानायक राजेश हमालले एक्लै फिल्म पब्लिसिटी गर्ने दाहालले बताए । ‘निरुताजी आइदिए राम्रो होला तर, उहाँ नभएर पब्लिसिटीलाई कुनै असर पर्दैन’ दाहालले भने ।
:-मेरोसिनेमा/नेपाल 

कता पुग्यो राजेश हमालको विहे काण्ड ?

  प्रहरी हवल्दारसमेत रहेकी तीन सन्तानकी आमा बालकुमारी अधिकारीले राजेश हमाललाई आफ्नो पति दावी गर्दै मुद्दा दर्ता गर्न पुगेपछि सिनेबजारमा अनेकथरि चर्चा सुरु भए । सोमबार धेरैजसो संचारमाध्यमले दावीकर्ता महिलाको तस्वीरसहित समाचर पनि प्रकाशन गरे ।
तर हमाललाई पति दावी गर्दै मुद्दा दायर गर्न हिडेकी बालकुमारी भने सोमबार अचानक गायब भइन् । उनले मुद्दा दर्ता गर्ने भनिएपनि सोमबार सार्वजनिक बिदा पर्‍यो । यसैवीच बिश्वस्त स्रोतले उनलाई परिवारका सदस्यहरुले चितवन लगेको जानकारी गराएको छ । हमाललाई आफ्ना तीन सन्तानको पिता दावी गर्ने बालकुमारी कसरी गलिन एकाएक ? उनले किन यस्तो दावी गरिन ?
  राजेश हमाललाई आफ्नो श्रीमान् वताउने चितवनकी वालकुमारी अधिकारीका श्रीमान् असई पदमा मुस्ताङमा कार्यरत भएको वुझिएको छ । वालकुमारीले उजुरी दिएको खवर पाएपछि श्रीमान् चितवन आएको श्रोतको भनाइ छ ।
राजेशका सहयोगी चिरञ्जिवी आचार्यले वालकुमारीको परिवारले फोन गरेर अनौपचारीक माफी मागेको वताएका छन् । उनले भने-’चितवनको नम्वरवाट फोन गरी उहाँहरुले माफी माग्नु भएको छ । वालकुमारी केही हदसम्म मानसिक रुपमा कमजोर रहेकी महिला भएको हुनसक्ने देखिन्छ ।’
   आफुलाई पति दावी गर्दै अधवैंशे महिला हनुमान ढोका पुगेपछि नै हमाल तनावमा परेका थिए । उनले तत्कालै आफ्नो सहयोगीलाई घटनाबारे बुझ्न त्यहाँ पठाएका थिए । हमालका सहयोगी आचार्यका अनुसार यो घटनालाई महत्व दिएर खण्डन गरिहाल्ने पक्षमा हमाल देखिन्नन् । घटनामा कुनै सत्यता, ती महिलासँगको चिनजान वा सम्बन्ध नभएकाले त्यसबारे खण्डन गरिरहनुको औचित्य नभएको हमालको ठम्माई छ ।
 मंगलबार पनि बालकुमारीले मुद्दा दर्ता गरिनन भने उनको चर्चा आउने यो चालबाजी पानीको फोका झैं हराउने निश्चीत छ ।स्रोत:अनलाइन खबर

'मसान' विशेष सिनेमा घोषित

     'मसान'लाई चलचित्र विकास बोर्डले विशेष सिनेमा घोषणा गरेको छ । विशेष सिनेमा छनौटका लागि सिफारिस गरिएका ६ सिनेमालाई पछि पार्दै 'मसान'ले मान्यता जितेको हो । विशेष सिनेमा सिफारिस समिति संयोजक तथा वोर्ड प्रवक्ता विजय बस्नेतले ऐतिहासिक कृतिलाई जीवन्त राख्न र विशुद्ध नेपाली अलगधारको सिनेमा बनेकाले 'मसान' उत्कृष्ट ठहरिएको बताए । 

बोर्ड अध्यक्ष गणेश भण्डारीले देशभक्ति, राष्ट्रियता, कलात्मकता र प्रविधिको शिल्पबाट राम्रो बनेकाले 'मसान'लाई विशेष सिनेमाको रुपमा घोषणा गरिएको बताए । संयोजक बस्नेतका अनुसार सिफारिस गरिएका अन्य सिनेमाहरू कतिपय विवादित रहेको र ती चलचित्रको नाम भने सार्वजनिक गरिने छैन । नीर शाह निर्देशित चलचित्रलाई रिलिजको एकदिनअघि सरकारी मान्यता दिइएको हो । 'मसान' शुक्रबारदेखि उपत्यकामा रिलिज हुँदैछ । 

अंकको आधारमा भने मसान ‘जस्ट पास’ भएको हो । संयोजक बस्नेतका अनुसार 'मसान'ले जाँचकीमा ५१ अंक हासिल गरेको थियो । विशेष सिनेमाको सरकारी मान्यता पाउने सिनेमालाई प्रदर्शनमा अग्राधिकार हुन्छ । बोर्डले विशेष सिनेमा घोषणा नगरेपनि निर्देशक तथा निर्मातामध्येका एक नीर शाहले 'मसान'लाई विशेष सिनेमा बताउँदै आएका थिए । नाटककार गोपालप्रसाद रिमालको कृति 'मसान'मा सिनेमा आधारित छ । :-मेरो सिनेमा/नेपाल

चलचित्रः मसान र कालापानीको प्रदर्शन सुरु

     काठमाडौं लगायत देशभरका हलमा शुक्रबारदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली सिनेमाहरु शुक्रबार प्रदर्शन हुने परम्परालाई निरन्तरता दिंदै यो हप्ता पनि दुई सिनेमा प्रदर्शनमा आएका हुन् ।

१. चलचित्रः मसान

निर्देशकः निर शाह
निर्माताः अरुण रिमाल
कलाकारः राजवल्लभ कोईराला, केकी अधिकारी, निता ढुङ्गाना, सुभद्रा अधिकारी आदि
कथाः साहित्यकार स्वर्गीय गोपाल प्रसाद रिमालको वहुचर्चित कृति मसानलाई आधार बनाएर तयार पारिएको यो चलचित्र शुक्रवारबाट देशभरका हलमा विना प्रचारप्रसार नै प्रदर्शनमा आएको छ । एउटा खानदानी युवक र उसका दुई श्रीमतीको कथा हो, मसान । पुरुषले महिलालाई शारिरीक आवश्यकता पूरा गर्नका लागि मात्र प्रयोग गर्छ भन्ने विषयलाई यो चलचित्रले उठान गरेको छ ।

चलचित्रः कालापानी
निर्देशकः उद्धव अविजित
कलाकारः निखिल उप्रेती, झरना थापा, संचिता लुईटेल, ऋचा घिमिरे आदि ।
कथाः चलचित्र कालापानी राष्ट्रियताको विषयलाई उठान गरिएको चलचित्र हो । नेपाल र भारतबीचको सिमाना र कालापानीको मुद्दालाई उठान गरिएको यो चलचित्र काठमाडौंका मुख्य मुख्य हलमा प्रदर्शनमा आएको हो । यो चलचित्र विश्वज्योति, गंगा, कलंकी, पुष्पाञ्जली लगायतका डेढ दर्जन हलमा प्रदर्शनमा आएको हो । बिना प्रचारप्रसार प्रदर्शनमा आएको यो चलचित्रले पनि व्यापार राम्रो गर्नेमा शंका व्यक्त गर्न सकिन्छ । नेपालमा राष्ट्रियताको विषयमा आधारित अधिकांश सिनेमा असफल भएका छन् ।अनलाइन खबर/नेपाल 

सुटिङबाटै निखिल र संचिताबीचको प्रेम सुरु


  • युनिटी लाइफको सिनेमालाई कैंची

        प्रतिबन्धित नेटवर्क कम्पनी युनिटी लाइफले निर्माण गरेको सिनेमा ‘विजयपथ’मा सेन्सर बोर्डले ब्यापक कैंची चलाएको छ । युनिटी लाइफमा लागे जीवन समृद्ध हुन्छ भन्ने उद्देश्यले निर्माण गरिएको सिनेमामा युनिटी सम्बद्ध सम्पूर्ण दृश्य र संवादहरू काटिएको छ । पिरामिड ढाँचाको ब्यापार संचालन गरेको आरोपमा यसका संचालकहरू नै फरार भएपछि सेन्सर बोर्डले सिनेमालाई पीजी सर्टिफिकेट दिँदै युनिटी लाइफको गुन्जायस नरहने गरि छाँटकाँट गरेको हो । 

तीनवर्ष अगाडि निर्माण गरिएको सिनेमाको रिलिज र सम्पादन युनिटी लाइफलाई सरकारले प्रतिबन्ध घोषणा गरेलगत्तै रोकिएको थियो । अब यो सिनेमालाई माघ १४ गते रिलिज गरिदँैछ । बसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा सुशिल क्षेत्री, निखिल उप्रेती, संचिता लुइँटेल, बबिता निरौला, सरोज केसी, मिथिला शर्मालगायतले अभिनय गरेका छन् । भनिन्छ –यही सिनेमाको सुटिङबाटै निखिल र संचिताबीचको प्रेम सुरु भएको थियो । 

चलचित्र बालक अपहरणबारे बनेको छ । सुटिङ समाप्ती लगत्तै निर्देशक निरौला र अभिनेत्री बबिताले विहे गरेका थिए । यी दुवैजनाको दैनिक आय युनिटी लाइफबाटै चलिरहेको थियो । यतिसम्मकी चलचित्रमा अभिनय गर्ने सबैजनालाई युनिटी लाइफको सदस्य बनाइएको थियो । शिव ढकालले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ । स्रोत:मेरो सिनेमा/नेपाल 

सरकारी टेलिभिजनमा नेपाली सिनेमा प्रसारण सुरु -NTV अध्यक्ष तिमल्सिना

काठमाडौं १३ कात्तिक,

        नेपाली सिनेमाको लागि खुसिको खबर –सरकार मातहतको नेपाल टेलिभिजनले नेपाली सिनेमाको प्रसारण सुरु गरेको छ । एनटिभी अध्यक्ष बलराम तिमल्सिनाले नेपाली सिनेमाको विकासका लागि आफूले कार्यसमितिबाट विरोध हुँदाहुँदै यस्तो निर्णय लिएको बताए । ‘यो निर्णय नेपाली सिनेमाका लागि अवसर र चुनौति दुवै हो’ मेरोसिनेमासँग कुरा गर्दै तिमल्सिनाले भने, ‘निर्णयलाई उल्टाउने खतरा त रहन्छ तर, हामीले प्रयत्न गरेका हौं ।’

अध्यक्ष तिमल्सिनाले नीतिगत प्रस्ताव संचालक समितिको बोर्ड बैठकसामु राखेका थिए । प्रस्तावउपर कतिपय सदस्यहरूले नेपाली सिनेमा चलाउँदा टेलिभिजनको ब्यापारमा असर पुग्ने भन्दै विरोध जनाएका थिए । तीनसातादेखि एनिटीभीले नेपाली सिनेमा प्रसारण गर्दै आएको छ । तीनवर्ष अगाडि पनि एनटिभीमा नेपाली सिनेमा प्रसारणको प्रयास गरिएको थियो तर नयाँ कार्यसमितिले पुनः हिन्दी सिनेमा प्रसारण गरेको थियो ।

‘नेपाली फिल्मले समय किन्न सक्दैनन् भनेर विरोध भैरहेको छ । ब्यापार बढाउन हिन्दी चलाउनुपर्छ भन्ने माग अधिकांश साथीहरूको छ’ तिमल्सिनाले भने, ‘यसअघि पनि समय त किनियो तर टिकाउन सकिएन । यसपटक पनि त्यो खतरा छ ।’ नेपाली सिनेमा चलाउन सस्तो मूल्यमा टेन्डर आह्वान गर्ने तयारी भैरहेको उनले जानकारी दिए । स्वदेशी फिल्म चलाउने एनटिभीको कार्यको चलचित्र विकास बोर्डले स्वागत गरेको छ । ‘यो भन्दा पोजेटिभ अरु केही हुनैसक्दैन’ बोर्ड प्रवक्ता विजय बस्नेतले भने । स्रोत:मेरो सिनेमा/नेपाल

‘मलाई कम वोल्ने पुरुष मनपर्छ

 नायिका:सौजन्य सुब्बा 
       नेपाली सिनेमा क्षेत्रमा टेलिसिरीयलवाट नायिकाहरु भित्रने क्रम वढेको छ । यही क्रममा ‘पुरुष’, ‘कसलाई आफ्नो भनु’लगायतका टेलिसिरीयलमा अभिनय गरेर आएकी सौजन्य सुब्बा अहिले नेपाली सिनेजगतमा पनि चर्चामा छिन् । उनले अभिनय गरेको चलचित्र ‘म छु नि तिम्रो’ यही कात्तिक ११ गतेवाट प्रदर्शनमा आउँदैछ । उनै नायिकासँग चलचित्रसँग आधारित रहेर वीजय आवाजले नागरिक न्यूजका लागि गरेको कुराकानीः
म छु नि तिम्रो कस्तो फिल्म हो ?
यो एउटा राम्रो चलचित्र हो । यसको कथावस्तु पनि राम्रो छ । प्राविधिक रुपमा पनि यो चलचित्र स्तरीय वनेको छ । चलचित्रको गाना पनि अहिले चर्चामा रहेको छ भने चलचित्रमा कलाकारको अभिनय पनि राम्रो रहेकाले दर्शकले रुचाउने आशा गरेकी छु ।
तपाईको भूमिका कस्तो रहेको छ ?
यो एउटा प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा म नायकको प्रेमीकाको भूमिकामा छु । चलचित्रले छोराछोरीले पनि आफ्नो परिवारको अवस्था हेर्नुपर्दछ र वावुआमाले पनि छोराछोरीको चाहनालाई वुझ्नुपर्दछ भन्ने कुरा देखाउन खोजेको छ ।
तपाईको नामको अर्थ ?
उपहार
तपाई घमण्डी या स्वार्थी ?
म दुईवटै होईन
तपाईले मिठो पकाउने खानेकुरा ?
पोर्क मम
घुम्न मन लागेको देश ?
मलाई घुम्न मन लागेको देश दुवई हो, जहाँ म पुगिसकेँ
वाहीर हिड्दा नछुट्ने वस्तु ?
मेरो जुत्ता
भेट्न मन लागेको व्यक्ति ?
मेरो त्यस्तो भेट्न नै मन लागको व्यक्ति कोही छैन । तर, मेरा २ जना भाईहरुलाई भने भेटिरहन मन लाग्छ ।
डेट जान मन लागेको व्यक्ति ?
त्यस्तो कोही पनि छैन,
गर्न मन लागेर पनि गर्न नपाएको कुरा ?
मलाई पढ्न मन थियो, तर मैले मेरो पढाई पुरा गर्न पाईन
पुरुषको के कुराले आकर्षण गर्छ ?
मलाई कम वोल्ने पुरुष मनपर्छ । अरुको सम्मान गर्ने पुरुष पनि मेरो रोजाईका छन् ।
देशको महिला मन्त्री भए के गर्नुहुन्छ ?
गाउँ गाउँमा रहेका महिलाहरुको हितको लागि काम गर्थे ।
अन्त्यमा के भन्नुहुन्छ ?
मैले अभिनय गरेको चलचित्र म छु नि तिम्रो भाईटिकाको अवसर पारेर प्रदर्शनमा आउदैछ, सवैलाई हेरिदिनुहुन अनुरोध गर्दछु ।

मंसिरमा मेरो माया तिमीलाई


         पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'मेरो माया तिमीलाई' आगामी मंसिर ८ गते राजधानी बाहिरका हलबाट सार्वजनिक हुने भएको छ । सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको सो चलचित्र राजधानीमा भने मंसिर ९ गते लाग्ने छ ।

डिक खड्काको प्रस्तुतीमा योगेश घिमिरेले निर्देशन गरेको सो चलचित्रमा नवप्रस्तुतीको रूपमा अनुप बिक्रम शाहले अभिनय गरेका छन् । यसैगरी सो चलचित्रमा शुशिल क्षेत्री, जेशिका खड्का, रबिन्द्र खड्का, बालदिप राई लगायतले अभिनय गरेका छन् । प्रसिद्वि सिनेमेकर्सको व्यानरमा निर्माण भएको सो चलचित्रमा सूर्य लामा र मेघराज पौडेलको पनि लगानी रहेको छ ।

प्रकाश बस्नेत, मनोज सिं, सूर्य कार्की, कोशिश क्षेत्री र दिपक ओलीको संगीत रहेको चलचित्रमा सूर्य लामाको कथा, जिबी रूवालीको पटकथा तथा संवाद, हिमाल केसीको द्वन्द र गणेश श्रेष्ठको छायाँकन रहेको छ । निर्माता तथा छायाँकार डिक खड्काले यस अघि निर्माण गरेको चलचित्र 'मजबुर' पनि प्रदर्शनको क्रममा रहेको छ । सो चलचित्रलाई दिपक श्रेष्ठले निर्देशन गरेका हुन् । निर्माता खड्का छायाँकार समेत हुन । उनले दर्जनौं सिनेमाको छायाँकन गरिसकेका छन् ।स्रोत: फिल्मीखबर, काठमाण्डौ

आफ्नै फिल्मको एल्वम विमोचनमा आईनन् नीरुता

सवैलाई थाहा छ, नायिका निरुता सिंह यतिवेला नेपालमा छिन् । उनी नेपाल आएको पनि थुप्रै दिन भैसकेको छ । निरुता नेपाल आएपछि चलचित्र ‘मलाई मन पर्‍यो’का निर्माता रमेशजंग रायमाझी र निर्देशक भद्र भुजेल खुशी भएका थिए । तर उनीहरुको खुशी धेरै दिन टिकेन । कारण थियो- नीरुताले देखाएको व्यवहार ।
आईतवार काठमाण्डौ आयोजना गरिएको यो चलचित्रको एल्वम विमोचन कार्यक्रममा नायिका निरुता सिंह आईनन् । उनी नआउनुको कारणवारे यसका निर्माता रमेशजंग रायमाझीले भने- मैले पनि दुई दिन लगातार फोन गरें, निर्देशकले पनि फोन गरेका थिए । हामीले त केही गरेको छैनौं । खै, किन रिसाउनु भयो थाहा भएन ।’
रमेशले नीरुता दुई दिन यता सम्पर्कमा नआएको पनि वताए । यसवारेमा हामीले नायिका निरुता सिंसग वुझ्न खोज्दा उनको मोवाईल स्विच अफ थियो । यहि मंसिर २ गतेवाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रको आईतवार एल्वम विमोचन गरिएको हो । एल्वम विमोचन कार्यक्रममा चलचित्रका नायकद्धय राजवल्लभ कोईराला र जीवन लुईटेल भने उपस्थित थिए ।
एल्वम विमोचन कार्यक्रममा वोल्दै यसका चलचित्रका निर्माता रमेशजंग रायमाझीले, चलचित्र हेरेर मात्र किनेर आलोचना गर्न आग्रह गरे । चलचित्र ‘मलाई मन पर्‍यो’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । नायिका नीरुता सिंले काठमाण्डौ आउने वित्तिकै चलचित्र ‘फर्की आउ’को प्रमोशनका लागी नेपाल आएको वताएकी थिईन् । यदि, निरुता अव चलचित्र फर्की आउको प्रमोशनका लागी लागी परिन् भने उनी र मलाई मन पर्‍यो युनिट विच चिसोपन रहेको स्पष्ट वुझ्न सकिन्छ ।स्रोत:अनलाइन खबर-नेपाल 

यौनकर्मी बन्दै वीना मलिक


बिग बोसको चौथो सस्करणमा ठूलै धमाका मच्चाएकी पाकिस्तानी मोडेल वीना मलिक यौनकर्मी महिला बन्ने भएकी छिन् । बिग बोसमा चुम्बनका कारण विवादित बन्नुका साथै त्यसपछि आइटम डान्सका कारण चर्चित वीनाले यसका लागि केही महिला यौनकर्मीसँग भेटघाट पनि गरिसकेकी छिन् ।
यो खबर सुनेर वीनाका शुभेक्षुकको चित्त दुख्नसक्छ । तर चित्त दुखाउनु पर्दैन । वीना साँच्चीकै यौनकर्मी महिला बन्न लागेकी होइनन् । बलिउडको फिल्म जिन्दगी ५०-५० मा उनले यौनकर्मी महिलाको भूमिका निर्वाह गर्न लागेकी हुन् ।
आफ्नो परिवार पाल्नको लागि वर्षौँदेखि यौनपेशा अँगालेकी माधुरी नामकी यौनकर्मी महिलाको भूमिकामा वीनालाई देख्न पाइनेछ । वीनले यो फिल्ममा आफ्नो भूमिकाले महिला र खासगरी यौनकर्मी महिलाप्रतिको आफ्नो धारणमा परिवर्तन आएको दाबी गरेकी छिन् ।
पाँच जना छोरी र एक छोरा भएको परिवारकी छोरी भएकाले पनि महिलाप्रति गरिने विभेद आफुले राम्ररी बुझेको भन्दै वीनाले पुरुषप्रधान समाजको पीडा बुझेकाले आफु पहिले देखिनै आत्मनिर्भर बन्न कोसिस गर्दै आएको बताइन् ।
फिल्मकी पात्र माधुरी दिउसोमा एक सामान्य मुस्लिम महिला हुन् भने रात परेपछि उनी बुर्का फुकालेर रेड लाइट एरियामा ग्राहक खोज्न जान्छिन् । यौनकर्मी महिलाप्रति पूरै एसियाली दुव्र्यवहार हुने गरेको भन्दै वीनाले यस्ता महिलाको जिवनस्तरमा सुधार आवश्यक रहेको बताउँछिन् ।श्रोत@अनलाइन खबर

नम्रता रंगमंचकी कलाकार


काठमाडौं ४ कात्तिक,

namrata_shrestha_home_400'गर्जियस लेडी' नम्रता श्रेष्ठ पहिलेजस्तो खुल्न छाडेकी छिन् । जस्तो, उनी यतिबेला एउटा प्रोजेक्टमा व्यस्त छिन्, गुमनाम सुटिङ भैरहेको सिनेमाका लागि नम्रता यतिबेला मोफसलमा छ्नि भन्ने सुनिएको छ । मोडलिङ र चलचित्र अभिनेत्रीको पहिचान बनाइसकेपछि उनी अब भने रंगमंचमा आफूलाई प्रस्तुत गर्न चाहन्छिन् ।

डिसेम्वर दुईदेखि सुरु हुने अंग्रेजी नाटक 'ओलियाना'मार्फत नम्रताले अब थिएटरमा डेब्यु गर्नेछिन् । विदेशी महिला नाट्य निर्देशक डेव्राले निर्देशन गर्ने उक्त नाटकको यतिबेला रिहर्सल भैरहेको छ । अभिनेता अनुप बराल, अभिनेत्री दिया मास्के, शान्ति गिरीलाई पनि 'ओलियाना'मा देख्न सकिनेछ । डेव्राले नेपालमा वान वर्ल्ड थिएटर खोलेर नाटक निर्देशन गर्न थालेकी हुन् ।

प्रोफेसर र तीन युवती विद्यार्थीबारे 'ओलियाना' आधारित छ । सम्बन्धको जटिलतालाई दर्शाइने नाटकमा नम्रता, दिया र शान्तिले तीन विद्यार्थीको भूमिका निर्वाह गर्नेछन् । पछिल्लो समय अन्तर्मुखी बनिरहेकी नम्रताले अभिनय गरिरहेको भनिएको पछिल्लो सिनेमाबारे केही बताइएको छैन । मेरो एउटा साथी छ यता नम्रताले अभिनय गरेका कुनै सिनेमा रिलिज भएका छैनन् ।@मेरो सिनेमा:नेपाल

मौसमीका छोरा पनि हिरो


काठमाडौं ४ कात्तिक,

mausami_malla_son_home_400आफ्नै जीवनमाथि बन्न लागेको सिनेमामा अभिनेत्री मौसमी मल्लले छोरा बिकीलाई हिरोका रुपमा प्रस्तुत गर्ने भएकी छिन् । माघदेखि फ्लोरमा जाने अनटाइटल प्रोजेक्टलाई दायाराम दाहालले निर्देशन गर्नेछन् । मौसमी र सन्देशमान श्रेष्ठले मिलेर सिनेमा बनाउन लागेका हुन् । आफ्नै जीवनमाथि बन्न लागेको सिनेमामा अभिनेत्री मौसमी मल्लले छोरा बिकीलाई हिरोका रुपमा प्रस्तुत गर्ने भएकी छिन् । माघदेखि फ्लोरमा जाने अनटाइटल प्रोजेक्टलाई दायाराम दाहालले निर्देशन गर्नेछन् ।
अभीभावकको पेशालाई पछ्याउँदै धमाधम चलचित्रकर्मीका सन्तान हिरोहिरोइन बनिरहँदा प्लस टु पुस्ताका विकी आमाको चाहनामा हिरोका रुपमा देखिन लागेका हुन् । हिरो बन्नका लागि यतिबेला विकीले दयाहाङ राईसँग एक्टिङ र एक्सनको क्लास लिइरहेका छन् । मौसमीका अनुसार उनको आफ्नै जीवनकथामा यतिबेला यथार्थ बनेको जेनेरेसन ग्याप (पुस्तान्तर)को मिश्रण गरेर ब्रजेश खनालले कथा लेखेका छन् । आफ्ना छोराको अपोजिटमा देखिने हिरोइन खोज्दै केही दिनमा मौसमी चितवन जाँदैछिन् । चलचित्रलाई चितवनमा पनि सुटिङ गरिनेछ । विकीबाहेक चलचित्रमा महानायक राजेश हमाल पनि हिरो हुनेछन् । तर, यसअघि प्रचार गरिएजस्तो धिरेन भने नहुने मौसमीले जनाइन् ।

‘यसमा मेरो जीवनको घटना पन्चको रुपमा हुन्छ’ चलचित्रबारे मौसमीले अथ्र्याइन्, ‘यसमा म हिरोइन मौसमी मल्लभन्दा पनि सिम्पल लेडीको रुपमा देखापर्ने छु ।’ संगीत लक्ष्मण शेष, छायांकन विष्णु कल्पित र नृत्य गोविन्द राईले निर्देशन गर्नेछन् । अघिल्लो प्रोजेक्ट गिरफ्तारपछि मौसमी निर्मात्रीका रुपमा रजतपट कमब्याक गरेकी हुन् ।  @मेरो सिनेमा:नेपाल

नायिका निरुता सिंहको चलचित्र 'मलाई मन पर्‍यो'

लामो समय नेपाली रजतपटबाट ओझेल परेकी नायिका निरुता सिंह चाँडै नेपाली दर्शकमाझ आउने पक्का भएको छ। निरुताले लामो समयपछि अभिनय गरेको चलचित्र 'मलाई मन पर्‍यो' आगामी मंसिर २ गतेदेखि प्रदर्शन हुने निश्चित भएको छ। निरुताले  यसपटक आफूभन्दा कम उमेरका नायक अर्थात जीवन लुइँटेललाई जोडी बनाएकी छिन्। प्राय: रेखा थापा र ऋचा सिंह ठकुरीका नायक बनिरहेका जीवनलाई पनि निरुतासँगको आफ्नो जोडी दर्शकले कत्तिको मन पराउँछन् भन्ने कुरा हेर्नु छ। भद्र भुजेलद्वारा निदेर् शित 'मलाई मन पर्‍यो' मा निरुताले जीवनसँगै अर्का नायक राजबल्लभ कोइरालासँग पनि रोमान्स गरेकी छिन्। 


न्यू–इयरमा रावण–सीता भिड्ने

काठमाडौं ३० असोज,

raavan_in_400राष्ट्रिय पर्व र चाड पर्‍यो भने बुझे हुन्छ –रेखा फिल्मसको कुनै न कुनै सिनेमा रिलिज हुँदैछ । आफ्ना उत्पादनलाई बिकाउन साइत नै कुर्ने निर्माता छवि ओझाले जसरी ज्योतिषीलाई हेराएर 'रावण' नामाकरण गराएका थिए, लगभग उस्तै शैलीमा नेपाली नयाँ वर्षको छेकोमा होमप्रोडक्सनको 'रावण' रिलिज गर्दैछन् ।

कलियुगे राम र रावणको युद्ध समेटिएको 'रावण' हेर्न दर्शकले चैत २७ नै कुर्नुपर्छ । तर, यो राम र रावणको युद्ध नभएर, रावण र सीताबीचको युद्ध हुनेछ । रेखा थापा एक्सन अभिनेत्रीका रुपमा रावणमा देखिँदैछिन् । डेब्यु हिरो किशोर खतिवडा र सविन श्रेष्ठ को–एक्टर्स छन् । दसटाउके रावण बन्दैछन्, –कमलकृष्ण जो सिनेमाका निर्देशक पनि हुन् । चलचित्रमा कमलकृष्णले संगीत पनि भरेका छन् । एउटा गीत रेखा आफैले लेखेकी हुन् ।

चलचित्रको यतिबेला नारायणगढ र वीरगन्जमा उत्कर्ष फाइट सुटिङ हुँदैछ । रेलमा फाइट गरिएको दृश्य समेट्न फिल्म क्रिउसहित निर्माता छवि ओझा यतिबेला नारायणगढ पुगेका छन् । छविका लागि मोफसल यात्रा जारी प्रोजेक्ट 'अन्दाज'को प्रमोसन र 'रावण'को अनुगमनबारे हुनेछ । 'रावण' लगत्तै रेखा फिल्मस अर्को प्रोजेक्ट 'हकिकत' निर्माणमा जुट्दैछ । जसलाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन् । : मेरोसिनेमा नेपाल