लामो समय नेपाली रजतपटबाट ओझेल परेकी नायिका निरुता सिंह चाँडै नेपाली दर्शकमाझ आउने पक्का भएको छ। निरुताले लामो समयपछि अभिनय गरेको चलचित्र 'मलाई मन पर्यो' आगामी मंसिर २ गतेदेखि प्रदर्शन हुने निश्चित भएको छ। निरुताले यसपटक आफूभन्दा कम उमेरका नायक अर्थात जीवन लुइँटेललाई जोडी बनाएकी छिन्। प्राय: रेखा थापा र ऋचा सिंह ठकुरीका नायक बनिरहेका जीवनलाई पनि निरुतासँगको आफ्नो जोडी दर्शकले कत्तिको मन पराउँछन् भन्ने कुरा हेर्नु छ। भद्र भुजेलद्वारा निदेर् शित 'मलाई मन पर्यो' मा निरुताले जीवनसँगै अर्का नायक राजबल्लभ कोइरालासँग पनि रोमान्स गरेकी छिन्।
No comments:
Post a Comment