न्यू–इयरमा रावण–सीता भिड्ने

काठमाडौं ३० असोज,

raavan_in_400राष्ट्रिय पर्व र चाड पर्‍यो भने बुझे हुन्छ –रेखा फिल्मसको कुनै न कुनै सिनेमा रिलिज हुँदैछ । आफ्ना उत्पादनलाई बिकाउन साइत नै कुर्ने निर्माता छवि ओझाले जसरी ज्योतिषीलाई हेराएर 'रावण' नामाकरण गराएका थिए, लगभग उस्तै शैलीमा नेपाली नयाँ वर्षको छेकोमा होमप्रोडक्सनको 'रावण' रिलिज गर्दैछन् ।

कलियुगे राम र रावणको युद्ध समेटिएको 'रावण' हेर्न दर्शकले चैत २७ नै कुर्नुपर्छ । तर, यो राम र रावणको युद्ध नभएर, रावण र सीताबीचको युद्ध हुनेछ । रेखा थापा एक्सन अभिनेत्रीका रुपमा रावणमा देखिँदैछिन् । डेब्यु हिरो किशोर खतिवडा र सविन श्रेष्ठ को–एक्टर्स छन् । दसटाउके रावण बन्दैछन्, –कमलकृष्ण जो सिनेमाका निर्देशक पनि हुन् । चलचित्रमा कमलकृष्णले संगीत पनि भरेका छन् । एउटा गीत रेखा आफैले लेखेकी हुन् ।

चलचित्रको यतिबेला नारायणगढ र वीरगन्जमा उत्कर्ष फाइट सुटिङ हुँदैछ । रेलमा फाइट गरिएको दृश्य समेट्न फिल्म क्रिउसहित निर्माता छवि ओझा यतिबेला नारायणगढ पुगेका छन् । छविका लागि मोफसल यात्रा जारी प्रोजेक्ट 'अन्दाज'को प्रमोसन र 'रावण'को अनुगमनबारे हुनेछ । 'रावण' लगत्तै रेखा फिल्मस अर्को प्रोजेक्ट 'हकिकत' निर्माणमा जुट्दैछ । जसलाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन् । : मेरोसिनेमा नेपाल 

No comments: