Showing posts with label news-ent/hindi-cinema. Show all posts
Showing posts with label news-ent/hindi-cinema. Show all posts

सलमानकी बहिनीले उडाइन शाहरुखको मजाक

    बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म रा.वन रिलिज भएको पाँच दिनमै झण्डै ३ अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ । यसबाट रा.वनले ठूलै फाइदा गर्ने पक्का भएको छ । तर शाहरुखका आलोचकहरु भने उनको सफलताबाट यतिसम्म जलेका छन् की विभिन्न विषय निकालेर शाहरुखको मजाक उडाउन पछि परेका छैनन् । शाहरुखको मजाक उडाउने र उनको अवमुल्यन गर्नेमा अरु कोही नभएर सलमान खानकी बहिनी अगाडि देखिएकी छिन् ।
शाहरुख र सलमान बीच ठूलै दुस्मनी छ जसका कारण उनीहरुबीच बोलचाल छैन । त्यसैले एकले अर्कोको भलो देख्न चाहन्नन् भन्ने कुरा सबैले सहज अनुमान गर्न सकिन्छ । त्यहीँ भएर होला आफ्नो दाइको प्रतिद्वन्दीलाई तल्लोछेउँ पार्न सलमानकी बहिनी अलबीरा लागेकी छिन् ।
अलविराले रा.वन मात्र होइन शाहरुख पनि हिट हुन नसकेको भाव झल्काउने हिसाबले ब्लाकबेरी सामाजिक सञ्जालमार्फत साथीहरुलाई सन्देश पठाउँदै शाहरुखलाई आफ्ना दाइ सलमानको साथ आवश्यक रहेको दाबी गरेकी छिन् ।
यद्यपि अलबिराले आफुले शाहरुखको अवमुल्यन गर्न यसो गरेको नभइ केबल मजाकका लागि गरेकेा बताएकी छिन् । तर यो मामिलालाई शाहरुखले आफ्नो प्रतिष्ठामाथिकै धक्का ठानेर गम्भिरतापूर्वक लिने सम्भावना छ । यसले सलमान-शाहरुख सम्बन्ध झनै चिसिने खतरा रहेको विश्लेषकहरु बताउँछन् ।-अनलाइन खबर 

गर्भवती ऐश्वर्याले सुटिङ रोकिन्

एजेन्सी,       बलिउड स्टार तथा पूर्व मिस वर्ल्ड ऐश्वर्या रायले गर्भवती भएपछि काम गर्दै गरेको फिल्मको सुटिङ रोकेको निर्माताहरुले बताएका छन्। उनी हाल 'हिरोइन' फिल्ममा काम गर्दै थिइन्। 
फिल्मको निर्माण कम्पनी युटिभी मोसन पिक्चर्सले इमेल वक्तव्यमा लेखेको छ- 'यो बिन्दुमा ऐश्वर्याको सुस्वास्थ्यबाहेक अरु कुनै कुरा महत्त्वपूर्ण हुन सक्दैन। यसै सन्दर्भमा हामीले सुटिङ रोक्ने निर्णय गरेका हौँ।'

३७ वर्षीया ऐश्वर्या गर्भवती भएको खबर गत साता उनका ससुरा अमिताभ बच्चनले ट्विटर र ब्लगमार्फत् सार्वजनिक गरेका थिए।

उनका पति ३५ वर्षीय अभिषेक बच्चन हुन्।