'फेसबुक' सिनेमाको वेभसाइट प्रिमियर

facebook_in_400

काठमाडौं/३० कात्तिक,इन्टरनेटको सामाजिक संजाल फेसबुकबारे बन्न लागेको सिनेमा ‘फेसुबक’ले बुधबार मेरोसिनेमा डटकममार्फत वेभसाइट प्रिमियर गरेको छ । यससँगै चलचित्रले आफ्नो कास्ट, क्रिउ, फोटोसहित अन्य जानकारी पनि सार्वजनिक गरेको छ । लामो समयदेखिको रहस्य तोड्दै ‘फेसबुक’ले डेब्यु गर्न लागेका हिरोलाई पनि प्रकाशमा ल्याएको छ । 


चलचित्र ‘फेसबुक’को इन्टरनेट ठेगाना ‘डब्लुडब्लुडब्लु डट फेसबुकनेपालीमूभि डटकम’ रहेको छ । सोसल साइट फेसबुक र ट्वीटरमा पनि चलचित्र ‘फेसबुक’सँग सम्पर्क स्थापित गर्न सकिन्छ । सुनिलकुमार थापाले निर्माण गर्ने चलचित्रलाई सुरज सुब्बा नाल्बोले लेखन र निर्देशन गरेका छन् । निर्मात्री तथा अभिनेत्री झरना थापा, डेब्यु हिरो स्वतन्त्रप्रताप शाह, संयम पुरीको मुख्य अभिनय हुनेछ । महानायक राजेश हमाल प्रहरी अधिकृतको केमियोमा छन् ।

छायांकन संजय लामा, सहायक निर्देशनमा अराज केशव र योगेन्द्र प्रसाइँ, सम्पादन बनिश शाह, कोरियोग्राफर कविराज गहतराज, एक्सन रोशन श्रेष्ठ, ब्याकग्राउन्ड स्कोर मोहित मुनाल छन् । नेपाली समाजमा फेसबुकले पारेको सकरात्मक र नकरात्मक प्रभावलाई चित्रण गरेको छ । चलचित्र सुटिङका लागि 'फेसबुक' युनिट विहिबार सिंगापुर उड्दैछ । मेरोसिनेमा डटकमले सुटिङ रिपोर्टहरू सिंगापुरबाट दिइरहनेछ
।  श्रोत:मेरो सिनेमा 

No comments: