नम्रता रंगमंचकी कलाकार
काठमाडौं ४ कात्तिक,
'गर्जियस लेडी' नम्रता श्रेष्ठ पहिलेजस्तो खुल्न छाडेकी छिन् । जस्तो, उनी यतिबेला एउटा प्रोजेक्टमा व्यस्त छिन्, गुमनाम सुटिङ भैरहेको सिनेमाका लागि नम्रता यतिबेला मोफसलमा छ्नि भन्ने सुनिएको छ । मोडलिङ र चलचित्र अभिनेत्रीको पहिचान बनाइसकेपछि उनी अब भने रंगमंचमा आफूलाई प्रस्तुत गर्न चाहन्छिन् ।
डिसेम्वर दुईदेखि सुरु हुने अंग्रेजी नाटक 'ओलियाना'मार्फत नम्रताले अब थिएटरमा डेब्यु गर्नेछिन् । विदेशी महिला नाट्य निर्देशक डेव्राले निर्देशन गर्ने उक्त नाटकको यतिबेला रिहर्सल भैरहेको छ । अभिनेता अनुप बराल, अभिनेत्री दिया मास्के, शान्ति गिरीलाई पनि 'ओलियाना'मा देख्न सकिनेछ । डेव्राले नेपालमा वान वर्ल्ड थिएटर खोलेर नाटक निर्देशन गर्न थालेकी हुन् ।
प्रोफेसर र तीन युवती विद्यार्थीबारे 'ओलियाना' आधारित छ । सम्बन्धको जटिलतालाई दर्शाइने नाटकमा नम्रता, दिया र शान्तिले तीन विद्यार्थीको भूमिका निर्वाह गर्नेछन् । पछिल्लो समय अन्तर्मुखी बनिरहेकी नम्रताले अभिनय गरिरहेको भनिएको पछिल्लो सिनेमाबारे केही बताइएको छैन । मेरो एउटा साथी छ यता नम्रताले अभिनय गरेका कुनै सिनेमा रिलिज भएका छैनन् ।@मेरो सिनेमा:नेपाल
No comments:
Post a Comment