आफ्नै फिल्मको एल्वम विमोचनमा आईनन् नीरुता

सवैलाई थाहा छ, नायिका निरुता सिंह यतिवेला नेपालमा छिन् । उनी नेपाल आएको पनि थुप्रै दिन भैसकेको छ । निरुता नेपाल आएपछि चलचित्र ‘मलाई मन पर्‍यो’का निर्माता रमेशजंग रायमाझी र निर्देशक भद्र भुजेल खुशी भएका थिए । तर उनीहरुको खुशी धेरै दिन टिकेन । कारण थियो- नीरुताले देखाएको व्यवहार ।
आईतवार काठमाण्डौ आयोजना गरिएको यो चलचित्रको एल्वम विमोचन कार्यक्रममा नायिका निरुता सिंह आईनन् । उनी नआउनुको कारणवारे यसका निर्माता रमेशजंग रायमाझीले भने- मैले पनि दुई दिन लगातार फोन गरें, निर्देशकले पनि फोन गरेका थिए । हामीले त केही गरेको छैनौं । खै, किन रिसाउनु भयो थाहा भएन ।’
रमेशले नीरुता दुई दिन यता सम्पर्कमा नआएको पनि वताए । यसवारेमा हामीले नायिका निरुता सिंसग वुझ्न खोज्दा उनको मोवाईल स्विच अफ थियो । यहि मंसिर २ गतेवाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रको आईतवार एल्वम विमोचन गरिएको हो । एल्वम विमोचन कार्यक्रममा चलचित्रका नायकद्धय राजवल्लभ कोईराला र जीवन लुईटेल भने उपस्थित थिए ।
एल्वम विमोचन कार्यक्रममा वोल्दै यसका चलचित्रका निर्माता रमेशजंग रायमाझीले, चलचित्र हेरेर मात्र किनेर आलोचना गर्न आग्रह गरे । चलचित्र ‘मलाई मन पर्‍यो’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । नायिका नीरुता सिंले काठमाण्डौ आउने वित्तिकै चलचित्र ‘फर्की आउ’को प्रमोशनका लागी नेपाल आएको वताएकी थिईन् । यदि, निरुता अव चलचित्र फर्की आउको प्रमोशनका लागी लागी परिन् भने उनी र मलाई मन पर्‍यो युनिट विच चिसोपन रहेको स्पष्ट वुझ्न सकिन्छ ।स्रोत:अनलाइन खबर-नेपाल 

No comments: