Showing posts with label news/movie. Show all posts
Showing posts with label news/movie. Show all posts

दुई नायिकाले गरे सन्यास

चलचित्र क्षेत्रमा आएको लामो समयम्म काम गरेपछि र लोकपि्रयताका हासील गरेपछि कलाकारहरु सन्यास लिने गर्दछन् । तर, पछिल्ला दुई दिनमा दुई नायिकाले एकसाथ सन्यास लिने घोषणा गरेपछि यसले धेरै प्रश्न उब्जाएको छ । नायिका सुमिना घिमीरेले आफ्नो पछिल्लो चलचित्र रङमा अभिनय गरेसगै चलचित्र नखेल्ने भन्दै सन्यास लिने घोषणा गरीन् । चलचित्र क्षेत्रमा हुने विभीन्न विकृती र विसंगीतले गर्दा पारिवारीक दवाव आएपछि सुमिनाले सन्यास लिएको वुझिएको छ ।
केही दिन अघि मात्र एक साप्ताहीक पत्रीकामा सुमिना र एक निर्देशकको विषयमा समाचार आएको थियो । यसले, सुमिनालाई तनावमा समेत पारेको वुझिएको छ । सुमिनाको केही महिना अघि पनि विवाह भैसकेका समाचार आएका थिए । यि समाचारले आफुलाई दुखित वनाएको भन्दै सुमिनाले परिवारसगको सल्लाहले सन्यास लिने घोषणा गरेकी थिईन् । चलचित्र दुलहीवाट नेपाली सिनेमा क्षेत्रमा देखिएकी सुमिनाले सिनेमा प्रदर्शन हुनु भन्दा अघि नै आधादर्जन सिनेमा खेलीसकेकी थिईन् । सुमिनाले सन्यास लिएको भोलीपल्टै अर्की नायिका अनुष्का ढकालले पनि सन्यासको घोषणा गरेकी छिन् । चलचित्र मजवुरवाट नेपाली सिनेमा क्षेत्रमा आएकी अनुष्काले सन्त्रास र प्लानमा अभिनय गरेकी थिईन् ।
वुधवार काठमाण्डौको एक स्टुडियोमा प्लानको डविङ सकीएपछि अनुष्काले अव आफुले कुनै पनि चलचित्र र म्युजिक भिडियो नखेल्ने घोषणा गरेकी छिन् । सन्यास लिनुको कारण खोल्दै अनुष्काले भनिन्, चलचित्रमा भविष्य देखिन मैले । अभिनय गर्यो पारीश्रमीक पाईदैन, सिनेमामा काम गर्दा धेरै कुरामा संझौता गनुपर्छ । चलचित्रमा निशुल्क काम गरीदिनुपर्ने जस्ता कारणले मलाई यो क्षेत्रवाट नै टाढा जान मन लागेको हो, उनले निराशा मुद्रामा प्रतिक्रिया दिईन् । उनी अव आफ्नो पढाईलाई नै अगाडि वढाएर व्यवसाय गर्ने सोचमा छिन् ।

अनुष्काले केही महिना अघि मात्र काठमाण्डौको जोरपाटीमा व्यृटि पार्लर खोलेकी थिईन् । अव व्युटि पार्लर र पढाईमा सक्रिय हुन्छु, अनुष्काले वताईन् । अनुष्का हाल स्नातक पहिलो वर्षमा व्यवस्थापन संकायमा अध्ययनरत छिन् । यसरी, निरन्तर नायिकाहरुले सन्यास लिनुलाई अर्थपुर्ण तरीकावाट हेर्न सकिन्छ । किनकी, नायिकाहरुको विषयमा आउने विभीन्न किसीमका समाचारले पनि नेपाली सिनेमा क्षेत्रमा युवतीहरुको आकर्षण वढ्न सकेको छैन । यसमा पनि उदाउदै गरेका यि दुई नायिकाको सन्यासले राम्रो सन्देश पक्कै पनि दिदैन ।:-अनलाइन खबर 

'फेसबुक' सिनेमाको वेभसाइट प्रिमियर

facebook_in_400

काठमाडौं/३० कात्तिक,इन्टरनेटको सामाजिक संजाल फेसबुकबारे बन्न लागेको सिनेमा ‘फेसुबक’ले बुधबार मेरोसिनेमा डटकममार्फत वेभसाइट प्रिमियर गरेको छ । यससँगै चलचित्रले आफ्नो कास्ट, क्रिउ, फोटोसहित अन्य जानकारी पनि सार्वजनिक गरेको छ । लामो समयदेखिको रहस्य तोड्दै ‘फेसबुक’ले डेब्यु गर्न लागेका हिरोलाई पनि प्रकाशमा ल्याएको छ । 


चलचित्र ‘फेसबुक’को इन्टरनेट ठेगाना ‘डब्लुडब्लुडब्लु डट फेसबुकनेपालीमूभि डटकम’ रहेको छ । सोसल साइट फेसबुक र ट्वीटरमा पनि चलचित्र ‘फेसबुक’सँग सम्पर्क स्थापित गर्न सकिन्छ । सुनिलकुमार थापाले निर्माण गर्ने चलचित्रलाई सुरज सुब्बा नाल्बोले लेखन र निर्देशन गरेका छन् । निर्मात्री तथा अभिनेत्री झरना थापा, डेब्यु हिरो स्वतन्त्रप्रताप शाह, संयम पुरीको मुख्य अभिनय हुनेछ । महानायक राजेश हमाल प्रहरी अधिकृतको केमियोमा छन् ।

छायांकन संजय लामा, सहायक निर्देशनमा अराज केशव र योगेन्द्र प्रसाइँ, सम्पादन बनिश शाह, कोरियोग्राफर कविराज गहतराज, एक्सन रोशन श्रेष्ठ, ब्याकग्राउन्ड स्कोर मोहित मुनाल छन् । नेपाली समाजमा फेसबुकले पारेको सकरात्मक र नकरात्मक प्रभावलाई चित्रण गरेको छ । चलचित्र सुटिङका लागि 'फेसबुक' युनिट विहिबार सिंगापुर उड्दैछ । मेरोसिनेमा डटकमले सुटिङ रिपोर्टहरू सिंगापुरबाट दिइरहनेछ
।  श्रोत:मेरो सिनेमा 

मायाको वारीमा लुगा फेर्दाको हैरान

नयाँ-नयाँ हुँदा सवैलाई जोश त आउँछ नै । प्राय मानिष त्यस समयमा पैसाको पछाडी भन्दा पनि आफ्नो करिअरको पछाडी दौडिन्छ । नव नायक यशराजलाई पनि यस्तै भएको हुनसक्छ । सुरुवातमै राम्रो सिनेमा पाउनु त्यसमा पनि राम्रो व्यानरको कसलाई पो जोश नआउला र ? उनलाई पनि यस्तै भएको हुनसक्छ ।
गोपीकृष्ण मुभिजको व्यानरमा तयार भएको चलचित्र ‘मायाको वारीमा’ नायक छन् यशराज । उनले यसअघि स्वर नामक सिनेमामा अभिनय गरिसकेका छन् । स्वरले खासै कमालको आवाज निकाल्न नसकेपछि यशराजको करिअर अगाडी वढ्न सकेको छैन । केकी अधिकारीसँग चलचित्रको पर्दामा रोमान्स गरेका यशराजले यो चलचित्रका लागि चलचित्रको निर्माणपक्षले दिएको रकम त सकाए सकाए आफ्नै गोजीवाट पनि सकाएका छन् ।
यो चलचित्रको ५० दिन छायांकन भएको थियो । ५० दिनको अन्तरालमा यशराजले ५० जोर लुगा लगाएका रहेछन् । ५० जोर लुगाका लागि उनले केही निर्माणपक्षवाट सहयोग लिएको त केही आफ्नो गोजीवाट खर्चेको वुझिएको छ । ५० जोर लुगा चलचित्रमा नलगाएको भए पनि केही हुदैनथ्यो, तर यि नव नायकले आफुलाई राम्रो देखाउनका लागि यस्तो गरेका रहेछन् । उनले प्रत्येक दिन एउटा लुगा चलचित्रको छायांकनमा लगाएका छन् । चलचित्रमा उनले लगाएका सवै लुगा हेर्न पाईनेछ । यसरी ५० दिनको छायांकनमा ५० थरीका लुगा लगाउने यशराजको चाहना पनि अचम्मकै रहेछ । हेरौं यी नायकको यस्तो रहरलाई चलचित्र हेर्ने दर्शकले रुचाउँ छन् या रुचाउँदैनन् ।अनलाइन खबर

मनीषाले बाँड्नि न्याना लुगा

काठमाडौं २८ कात्तिक,
    सिनेमा अभिनयलाई थाँती राखेकी हिरोइन मनीषा कोइराला पछिल्लो समय सामाजिक कामहरूमा सक्रिय छिन् । सोमबार उनले दुईदर्जन सडक बालबालिकालाई न्याना ज्याकेट र स्लिपिङ ब्यागहरू वितरण गरिन् । हट्विट नामक बालकल्याण फाउन्डेसनले आश्रय दिएका ती बालबालिका लुगा पाएपछि खुशि देखिन्थे । मनीषा सामु उनीहरू दिल खोलेर नाचे, गाए अनि बी–बोइङमा रमाए ।

‘काठमाण्डूमा स्ट्रिट चिल्ड्रेन नहोस भनेर अभियान थालेकी हुँ’ मेरोसिनेमासँग उनले भनिन्, ‘लागुऔषधले बिग्रिएको स्वास्थ्य र शिक्षा नहुँदा अपराधमा समेत संलग्न भएको देखेपछि सहयोग गर्नुपर्छ भन्ने लागेको हो ।’ तीमध्ये १२ बालबालिकालाई आफ्नो सहयोगमा पठनपाठनको व्यवस्था समेत गर्ने उनले बताइन् । फाउन्डेसन संस्थापक जुजुकाजी महर्जनले मनीषाको कामलाई सह्रानिय भने । फाउन्डेसनले २००६ देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
तत्काल सिनेमा खेल्दिँन
आफू सिनेमा प्रोडक्सन हाउस स्थापनाको तयारीमा रहेको मनीषाले बताइन् । ‘तत्काल सिनेमा भने खेल्दिँन । बलिउडबाट पनि तीनवटा अफर आएका छन् । सबैलाई होल्डमा राखेकी छु’ मनीषा भन्छिन्, ‘अब नेपालमै रहेर कलाको क्षेत्रमा केही काम गर्न चाहन्छु ।’ अब आफूलाई एक्टिङ भन्दापनि सिनेमा बनाउने रहर जागेको उनले सुनाइन् । वैवाहिक सम्बन्धबारेको जिज्ञासामा उनले नो कमेन्ट भनिन् ।स्रोत;मेरो सिनेमा

सलमानकी बहिनीले उडाइन शाहरुखको मजाक

    बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म रा.वन रिलिज भएको पाँच दिनमै झण्डै ३ अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ । यसबाट रा.वनले ठूलै फाइदा गर्ने पक्का भएको छ । तर शाहरुखका आलोचकहरु भने उनको सफलताबाट यतिसम्म जलेका छन् की विभिन्न विषय निकालेर शाहरुखको मजाक उडाउन पछि परेका छैनन् । शाहरुखको मजाक उडाउने र उनको अवमुल्यन गर्नेमा अरु कोही नभएर सलमान खानकी बहिनी अगाडि देखिएकी छिन् ।
शाहरुख र सलमान बीच ठूलै दुस्मनी छ जसका कारण उनीहरुबीच बोलचाल छैन । त्यसैले एकले अर्कोको भलो देख्न चाहन्नन् भन्ने कुरा सबैले सहज अनुमान गर्न सकिन्छ । त्यहीँ भएर होला आफ्नो दाइको प्रतिद्वन्दीलाई तल्लोछेउँ पार्न सलमानकी बहिनी अलबीरा लागेकी छिन् ।
अलविराले रा.वन मात्र होइन शाहरुख पनि हिट हुन नसकेको भाव झल्काउने हिसाबले ब्लाकबेरी सामाजिक सञ्जालमार्फत साथीहरुलाई सन्देश पठाउँदै शाहरुखलाई आफ्ना दाइ सलमानको साथ आवश्यक रहेको दाबी गरेकी छिन् ।
यद्यपि अलबिराले आफुले शाहरुखको अवमुल्यन गर्न यसो गरेको नभइ केबल मजाकका लागि गरेकेा बताएकी छिन् । तर यो मामिलालाई शाहरुखले आफ्नो प्रतिष्ठामाथिकै धक्का ठानेर गम्भिरतापूर्वक लिने सम्भावना छ । यसले सलमान-शाहरुख सम्बन्ध झनै चिसिने खतरा रहेको विश्लेषकहरु बताउँछन् ।-अनलाइन खबर 

'मसान' विशेष सिनेमा घोषित

     'मसान'लाई चलचित्र विकास बोर्डले विशेष सिनेमा घोषणा गरेको छ । विशेष सिनेमा छनौटका लागि सिफारिस गरिएका ६ सिनेमालाई पछि पार्दै 'मसान'ले मान्यता जितेको हो । विशेष सिनेमा सिफारिस समिति संयोजक तथा वोर्ड प्रवक्ता विजय बस्नेतले ऐतिहासिक कृतिलाई जीवन्त राख्न र विशुद्ध नेपाली अलगधारको सिनेमा बनेकाले 'मसान' उत्कृष्ट ठहरिएको बताए । 

बोर्ड अध्यक्ष गणेश भण्डारीले देशभक्ति, राष्ट्रियता, कलात्मकता र प्रविधिको शिल्पबाट राम्रो बनेकाले 'मसान'लाई विशेष सिनेमाको रुपमा घोषणा गरिएको बताए । संयोजक बस्नेतका अनुसार सिफारिस गरिएका अन्य सिनेमाहरू कतिपय विवादित रहेको र ती चलचित्रको नाम भने सार्वजनिक गरिने छैन । नीर शाह निर्देशित चलचित्रलाई रिलिजको एकदिनअघि सरकारी मान्यता दिइएको हो । 'मसान' शुक्रबारदेखि उपत्यकामा रिलिज हुँदैछ । 

अंकको आधारमा भने मसान ‘जस्ट पास’ भएको हो । संयोजक बस्नेतका अनुसार 'मसान'ले जाँचकीमा ५१ अंक हासिल गरेको थियो । विशेष सिनेमाको सरकारी मान्यता पाउने सिनेमालाई प्रदर्शनमा अग्राधिकार हुन्छ । बोर्डले विशेष सिनेमा घोषणा नगरेपनि निर्देशक तथा निर्मातामध्येका एक नीर शाहले 'मसान'लाई विशेष सिनेमा बताउँदै आएका थिए । नाटककार गोपालप्रसाद रिमालको कृति 'मसान'मा सिनेमा आधारित छ । :-मेरो सिनेमा/नेपाल

चलचित्रः मसान र कालापानीको प्रदर्शन सुरु

     काठमाडौं लगायत देशभरका हलमा शुक्रबारदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली सिनेमाहरु शुक्रबार प्रदर्शन हुने परम्परालाई निरन्तरता दिंदै यो हप्ता पनि दुई सिनेमा प्रदर्शनमा आएका हुन् ।

१. चलचित्रः मसान

निर्देशकः निर शाह
निर्माताः अरुण रिमाल
कलाकारः राजवल्लभ कोईराला, केकी अधिकारी, निता ढुङ्गाना, सुभद्रा अधिकारी आदि
कथाः साहित्यकार स्वर्गीय गोपाल प्रसाद रिमालको वहुचर्चित कृति मसानलाई आधार बनाएर तयार पारिएको यो चलचित्र शुक्रवारबाट देशभरका हलमा विना प्रचारप्रसार नै प्रदर्शनमा आएको छ । एउटा खानदानी युवक र उसका दुई श्रीमतीको कथा हो, मसान । पुरुषले महिलालाई शारिरीक आवश्यकता पूरा गर्नका लागि मात्र प्रयोग गर्छ भन्ने विषयलाई यो चलचित्रले उठान गरेको छ ।

चलचित्रः कालापानी
निर्देशकः उद्धव अविजित
कलाकारः निखिल उप्रेती, झरना थापा, संचिता लुईटेल, ऋचा घिमिरे आदि ।
कथाः चलचित्र कालापानी राष्ट्रियताको विषयलाई उठान गरिएको चलचित्र हो । नेपाल र भारतबीचको सिमाना र कालापानीको मुद्दालाई उठान गरिएको यो चलचित्र काठमाडौंका मुख्य मुख्य हलमा प्रदर्शनमा आएको हो । यो चलचित्र विश्वज्योति, गंगा, कलंकी, पुष्पाञ्जली लगायतका डेढ दर्जन हलमा प्रदर्शनमा आएको हो । बिना प्रचारप्रसार प्रदर्शनमा आएको यो चलचित्रले पनि व्यापार राम्रो गर्नेमा शंका व्यक्त गर्न सकिन्छ । नेपालमा राष्ट्रियताको विषयमा आधारित अधिकांश सिनेमा असफल भएका छन् ।अनलाइन खबर/नेपाल 

सरकारी टेलिभिजनमा नेपाली सिनेमा प्रसारण सुरु -NTV अध्यक्ष तिमल्सिना

काठमाडौं १३ कात्तिक,

        नेपाली सिनेमाको लागि खुसिको खबर –सरकार मातहतको नेपाल टेलिभिजनले नेपाली सिनेमाको प्रसारण सुरु गरेको छ । एनटिभी अध्यक्ष बलराम तिमल्सिनाले नेपाली सिनेमाको विकासका लागि आफूले कार्यसमितिबाट विरोध हुँदाहुँदै यस्तो निर्णय लिएको बताए । ‘यो निर्णय नेपाली सिनेमाका लागि अवसर र चुनौति दुवै हो’ मेरोसिनेमासँग कुरा गर्दै तिमल्सिनाले भने, ‘निर्णयलाई उल्टाउने खतरा त रहन्छ तर, हामीले प्रयत्न गरेका हौं ।’

अध्यक्ष तिमल्सिनाले नीतिगत प्रस्ताव संचालक समितिको बोर्ड बैठकसामु राखेका थिए । प्रस्तावउपर कतिपय सदस्यहरूले नेपाली सिनेमा चलाउँदा टेलिभिजनको ब्यापारमा असर पुग्ने भन्दै विरोध जनाएका थिए । तीनसातादेखि एनिटीभीले नेपाली सिनेमा प्रसारण गर्दै आएको छ । तीनवर्ष अगाडि पनि एनटिभीमा नेपाली सिनेमा प्रसारणको प्रयास गरिएको थियो तर नयाँ कार्यसमितिले पुनः हिन्दी सिनेमा प्रसारण गरेको थियो ।

‘नेपाली फिल्मले समय किन्न सक्दैनन् भनेर विरोध भैरहेको छ । ब्यापार बढाउन हिन्दी चलाउनुपर्छ भन्ने माग अधिकांश साथीहरूको छ’ तिमल्सिनाले भने, ‘यसअघि पनि समय त किनियो तर टिकाउन सकिएन । यसपटक पनि त्यो खतरा छ ।’ नेपाली सिनेमा चलाउन सस्तो मूल्यमा टेन्डर आह्वान गर्ने तयारी भैरहेको उनले जानकारी दिए । स्वदेशी फिल्म चलाउने एनटिभीको कार्यको चलचित्र विकास बोर्डले स्वागत गरेको छ । ‘यो भन्दा पोजेटिभ अरु केही हुनैसक्दैन’ बोर्ड प्रवक्ता विजय बस्नेतले भने । स्रोत:मेरो सिनेमा/नेपाल

आफ्नै फिल्मको एल्वम विमोचनमा आईनन् नीरुता

सवैलाई थाहा छ, नायिका निरुता सिंह यतिवेला नेपालमा छिन् । उनी नेपाल आएको पनि थुप्रै दिन भैसकेको छ । निरुता नेपाल आएपछि चलचित्र ‘मलाई मन पर्‍यो’का निर्माता रमेशजंग रायमाझी र निर्देशक भद्र भुजेल खुशी भएका थिए । तर उनीहरुको खुशी धेरै दिन टिकेन । कारण थियो- नीरुताले देखाएको व्यवहार ।
आईतवार काठमाण्डौ आयोजना गरिएको यो चलचित्रको एल्वम विमोचन कार्यक्रममा नायिका निरुता सिंह आईनन् । उनी नआउनुको कारणवारे यसका निर्माता रमेशजंग रायमाझीले भने- मैले पनि दुई दिन लगातार फोन गरें, निर्देशकले पनि फोन गरेका थिए । हामीले त केही गरेको छैनौं । खै, किन रिसाउनु भयो थाहा भएन ।’
रमेशले नीरुता दुई दिन यता सम्पर्कमा नआएको पनि वताए । यसवारेमा हामीले नायिका निरुता सिंसग वुझ्न खोज्दा उनको मोवाईल स्विच अफ थियो । यहि मंसिर २ गतेवाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रको आईतवार एल्वम विमोचन गरिएको हो । एल्वम विमोचन कार्यक्रममा चलचित्रका नायकद्धय राजवल्लभ कोईराला र जीवन लुईटेल भने उपस्थित थिए ।
एल्वम विमोचन कार्यक्रममा वोल्दै यसका चलचित्रका निर्माता रमेशजंग रायमाझीले, चलचित्र हेरेर मात्र किनेर आलोचना गर्न आग्रह गरे । चलचित्र ‘मलाई मन पर्‍यो’ त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । नायिका नीरुता सिंले काठमाण्डौ आउने वित्तिकै चलचित्र ‘फर्की आउ’को प्रमोशनका लागी नेपाल आएको वताएकी थिईन् । यदि, निरुता अव चलचित्र फर्की आउको प्रमोशनका लागी लागी परिन् भने उनी र मलाई मन पर्‍यो युनिट विच चिसोपन रहेको स्पष्ट वुझ्न सकिन्छ ।स्रोत:अनलाइन खबर-नेपाल 

यौनकर्मी बन्दै वीना मलिक


बिग बोसको चौथो सस्करणमा ठूलै धमाका मच्चाएकी पाकिस्तानी मोडेल वीना मलिक यौनकर्मी महिला बन्ने भएकी छिन् । बिग बोसमा चुम्बनका कारण विवादित बन्नुका साथै त्यसपछि आइटम डान्सका कारण चर्चित वीनाले यसका लागि केही महिला यौनकर्मीसँग भेटघाट पनि गरिसकेकी छिन् ।
यो खबर सुनेर वीनाका शुभेक्षुकको चित्त दुख्नसक्छ । तर चित्त दुखाउनु पर्दैन । वीना साँच्चीकै यौनकर्मी महिला बन्न लागेकी होइनन् । बलिउडको फिल्म जिन्दगी ५०-५० मा उनले यौनकर्मी महिलाको भूमिका निर्वाह गर्न लागेकी हुन् ।
आफ्नो परिवार पाल्नको लागि वर्षौँदेखि यौनपेशा अँगालेकी माधुरी नामकी यौनकर्मी महिलाको भूमिकामा वीनालाई देख्न पाइनेछ । वीनले यो फिल्ममा आफ्नो भूमिकाले महिला र खासगरी यौनकर्मी महिलाप्रतिको आफ्नो धारणमा परिवर्तन आएको दाबी गरेकी छिन् ।
पाँच जना छोरी र एक छोरा भएको परिवारकी छोरी भएकाले पनि महिलाप्रति गरिने विभेद आफुले राम्ररी बुझेको भन्दै वीनाले पुरुषप्रधान समाजको पीडा बुझेकाले आफु पहिले देखिनै आत्मनिर्भर बन्न कोसिस गर्दै आएको बताइन् ।
फिल्मकी पात्र माधुरी दिउसोमा एक सामान्य मुस्लिम महिला हुन् भने रात परेपछि उनी बुर्का फुकालेर रेड लाइट एरियामा ग्राहक खोज्न जान्छिन् । यौनकर्मी महिलाप्रति पूरै एसियाली दुव्र्यवहार हुने गरेको भन्दै वीनाले यस्ता महिलाको जिवनस्तरमा सुधार आवश्यक रहेको बताउँछिन् ।श्रोत@अनलाइन खबर

नम्रता रंगमंचकी कलाकार


काठमाडौं ४ कात्तिक,

namrata_shrestha_home_400'गर्जियस लेडी' नम्रता श्रेष्ठ पहिलेजस्तो खुल्न छाडेकी छिन् । जस्तो, उनी यतिबेला एउटा प्रोजेक्टमा व्यस्त छिन्, गुमनाम सुटिङ भैरहेको सिनेमाका लागि नम्रता यतिबेला मोफसलमा छ्नि भन्ने सुनिएको छ । मोडलिङ र चलचित्र अभिनेत्रीको पहिचान बनाइसकेपछि उनी अब भने रंगमंचमा आफूलाई प्रस्तुत गर्न चाहन्छिन् ।

डिसेम्वर दुईदेखि सुरु हुने अंग्रेजी नाटक 'ओलियाना'मार्फत नम्रताले अब थिएटरमा डेब्यु गर्नेछिन् । विदेशी महिला नाट्य निर्देशक डेव्राले निर्देशन गर्ने उक्त नाटकको यतिबेला रिहर्सल भैरहेको छ । अभिनेता अनुप बराल, अभिनेत्री दिया मास्के, शान्ति गिरीलाई पनि 'ओलियाना'मा देख्न सकिनेछ । डेव्राले नेपालमा वान वर्ल्ड थिएटर खोलेर नाटक निर्देशन गर्न थालेकी हुन् ।

प्रोफेसर र तीन युवती विद्यार्थीबारे 'ओलियाना' आधारित छ । सम्बन्धको जटिलतालाई दर्शाइने नाटकमा नम्रता, दिया र शान्तिले तीन विद्यार्थीको भूमिका निर्वाह गर्नेछन् । पछिल्लो समय अन्तर्मुखी बनिरहेकी नम्रताले अभिनय गरिरहेको भनिएको पछिल्लो सिनेमाबारे केही बताइएको छैन । मेरो एउटा साथी छ यता नम्रताले अभिनय गरेका कुनै सिनेमा रिलिज भएका छैनन् ।@मेरो सिनेमा:नेपाल

मौसमीका छोरा पनि हिरो


काठमाडौं ४ कात्तिक,

mausami_malla_son_home_400आफ्नै जीवनमाथि बन्न लागेको सिनेमामा अभिनेत्री मौसमी मल्लले छोरा बिकीलाई हिरोका रुपमा प्रस्तुत गर्ने भएकी छिन् । माघदेखि फ्लोरमा जाने अनटाइटल प्रोजेक्टलाई दायाराम दाहालले निर्देशन गर्नेछन् । मौसमी र सन्देशमान श्रेष्ठले मिलेर सिनेमा बनाउन लागेका हुन् । आफ्नै जीवनमाथि बन्न लागेको सिनेमामा अभिनेत्री मौसमी मल्लले छोरा बिकीलाई हिरोका रुपमा प्रस्तुत गर्ने भएकी छिन् । माघदेखि फ्लोरमा जाने अनटाइटल प्रोजेक्टलाई दायाराम दाहालले निर्देशन गर्नेछन् ।
अभीभावकको पेशालाई पछ्याउँदै धमाधम चलचित्रकर्मीका सन्तान हिरोहिरोइन बनिरहँदा प्लस टु पुस्ताका विकी आमाको चाहनामा हिरोका रुपमा देखिन लागेका हुन् । हिरो बन्नका लागि यतिबेला विकीले दयाहाङ राईसँग एक्टिङ र एक्सनको क्लास लिइरहेका छन् । मौसमीका अनुसार उनको आफ्नै जीवनकथामा यतिबेला यथार्थ बनेको जेनेरेसन ग्याप (पुस्तान्तर)को मिश्रण गरेर ब्रजेश खनालले कथा लेखेका छन् । आफ्ना छोराको अपोजिटमा देखिने हिरोइन खोज्दै केही दिनमा मौसमी चितवन जाँदैछिन् । चलचित्रलाई चितवनमा पनि सुटिङ गरिनेछ । विकीबाहेक चलचित्रमा महानायक राजेश हमाल पनि हिरो हुनेछन् । तर, यसअघि प्रचार गरिएजस्तो धिरेन भने नहुने मौसमीले जनाइन् ।

‘यसमा मेरो जीवनको घटना पन्चको रुपमा हुन्छ’ चलचित्रबारे मौसमीले अथ्र्याइन्, ‘यसमा म हिरोइन मौसमी मल्लभन्दा पनि सिम्पल लेडीको रुपमा देखापर्ने छु ।’ संगीत लक्ष्मण शेष, छायांकन विष्णु कल्पित र नृत्य गोविन्द राईले निर्देशन गर्नेछन् । अघिल्लो प्रोजेक्ट गिरफ्तारपछि मौसमी निर्मात्रीका रुपमा रजतपट कमब्याक गरेकी हुन् ।  @मेरो सिनेमा:नेपाल

नायिका निरुता सिंहको चलचित्र 'मलाई मन पर्‍यो'

लामो समय नेपाली रजतपटबाट ओझेल परेकी नायिका निरुता सिंह चाँडै नेपाली दर्शकमाझ आउने पक्का भएको छ। निरुताले लामो समयपछि अभिनय गरेको चलचित्र 'मलाई मन पर्‍यो' आगामी मंसिर २ गतेदेखि प्रदर्शन हुने निश्चित भएको छ। निरुताले  यसपटक आफूभन्दा कम उमेरका नायक अर्थात जीवन लुइँटेललाई जोडी बनाएकी छिन्। प्राय: रेखा थापा र ऋचा सिंह ठकुरीका नायक बनिरहेका जीवनलाई पनि निरुतासँगको आफ्नो जोडी दर्शकले कत्तिको मन पराउँछन् भन्ने कुरा हेर्नु छ। भद्र भुजेलद्वारा निदेर् शित 'मलाई मन पर्‍यो' मा निरुताले जीवनसँगै अर्का नायक राजबल्लभ कोइरालासँग पनि रोमान्स गरेकी छिन्। 


न्यू–इयरमा रावण–सीता भिड्ने

काठमाडौं ३० असोज,

raavan_in_400राष्ट्रिय पर्व र चाड पर्‍यो भने बुझे हुन्छ –रेखा फिल्मसको कुनै न कुनै सिनेमा रिलिज हुँदैछ । आफ्ना उत्पादनलाई बिकाउन साइत नै कुर्ने निर्माता छवि ओझाले जसरी ज्योतिषीलाई हेराएर 'रावण' नामाकरण गराएका थिए, लगभग उस्तै शैलीमा नेपाली नयाँ वर्षको छेकोमा होमप्रोडक्सनको 'रावण' रिलिज गर्दैछन् ।

कलियुगे राम र रावणको युद्ध समेटिएको 'रावण' हेर्न दर्शकले चैत २७ नै कुर्नुपर्छ । तर, यो राम र रावणको युद्ध नभएर, रावण र सीताबीचको युद्ध हुनेछ । रेखा थापा एक्सन अभिनेत्रीका रुपमा रावणमा देखिँदैछिन् । डेब्यु हिरो किशोर खतिवडा र सविन श्रेष्ठ को–एक्टर्स छन् । दसटाउके रावण बन्दैछन्, –कमलकृष्ण जो सिनेमाका निर्देशक पनि हुन् । चलचित्रमा कमलकृष्णले संगीत पनि भरेका छन् । एउटा गीत रेखा आफैले लेखेकी हुन् ।

चलचित्रको यतिबेला नारायणगढ र वीरगन्जमा उत्कर्ष फाइट सुटिङ हुँदैछ । रेलमा फाइट गरिएको दृश्य समेट्न फिल्म क्रिउसहित निर्माता छवि ओझा यतिबेला नारायणगढ पुगेका छन् । छविका लागि मोफसल यात्रा जारी प्रोजेक्ट 'अन्दाज'को प्रमोसन र 'रावण'को अनुगमनबारे हुनेछ । 'रावण' लगत्तै रेखा फिल्मस अर्को प्रोजेक्ट 'हकिकत' निर्माणमा जुट्दैछ । जसलाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन् । : मेरोसिनेमा नेपाल 

न्यूड सिन दिनेको रहस्य खुल्यो !

काठमाडौं, २९ असोज,

arunima_lama_in_400चलचित्र 'किन किन'मा न्यूड सिन दिने अभिनेत्रीको रहस्य खुलेको छ । निर्देशक उकेश दाहालले मिडियासामु काल्पनिक ठाउँ र नामको हवाला दिँदै ती अभिनेत्रीको नाम बताउँदै आएका थिए । निर्देशक दाहालको रहस्य यतिबेला झूठ ठहरियो जतिबेला, न्यूड सिन दिने अभिनेत्रीले नै एउटा क्याफेमा मेरोसिनेमासँग विस्तृत कुरा खुलाइन् । न्यूड सिन दिने ती मोडल मुस्ताङकी दिलकुमारी वाइवा हुन् भन्ने लाग्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । ती हुन् –अरुणिमा लामा ।

मिडियासामु अरुणिमाको छदम नाम दिलकुमारी बताएर उकेशले रहस्य लुकाउँदै आएका थिए । पहिलोपटक मेरोसिनेमाले अरुणिमाले किन किनमा न्यूड सिन दिने समाचार लेखेपछि उकेशले अरुणिमालाई निकालेको बताएका थिए । लगत्तै अरुणिमाले आफू निकालिएको भन्ने भनाईको खण्डन गरेकी थिइन् । अरुणिमालाई लिएर नै 'किन किन'को अधिकांश सुटिङ भैसकेको छ भने पाँच प्रतिशत सुटिङमात्र बाँकी छ । यतिसम्मकी फिल्म क्रिउलाई नै उकेशले अरुणिमा फिल्मकी भिलियनका रुपमा परिचय गराउँदै आएका थिए ।

न्यूड सिनको पहिलो छायांकन धोवीघाटको सिद्धार्थ कटेजमा र दास्रो न्यूड सिन सुटिङ नूतन स्टुडियोमा भैसकेको छ । बाँकी तेस्रो न्यूड सिनको सुटिङ भने सोल्टि क्राउन प्लाजामा गरिने तय भएपनि विनाकारण स्थगित गरियो । नूतन स्टुडियोमा न्यूड सिन खिच्न एकदिन लागेको थियो । क्यामेराम्यान र अरुणिमाले मात्र सिक्वेन्स फेस गरेका थिए ।  राजेश हमाल अमेरिका जानुलाई कारण बताइएपनि अरुणिमाले भने पैसाको संकटले सुटिङ रोकिएको बताइन् । ‘राजेश दाईलाई दोष दिनु आवश्यक छैन’ अरुणिमाले भनिन्, ‘पैसाका कारण रोकिएको हो । मैले खेल्ने भनेर ३ लाख ५० हजारमा कुरा भएको हो तर एमाउन्ट दिने अत्तोपत्तो छैन ।’

सुटिङ स्पटमा समेत उकेशले आफूलाई अनु नामले चिनाउने गरेको अरुणिमाको भनाई छ । 'किन किन'को मुहूर्तमा समेत अरुणिमाले निम्तो पाएकी थिइनन् । होटल वैशालीमा भएको सुटिङमा पनि झगडा भएको उनको कथन छ ।
समस्या कहिलेबाट ?
उकेश र अरुणिमा फिल्म लाइनमा लाग्नुअघिदेखिकै साथी हुन् । उनीहरूबीच नजिकको मित्रता छ । तर, समस्या भने चलचित्र 'किन किन'बाट होइन, उकेशको अघिल्लो चलचित्र 'पलपलमा' देखि नै सुरु भएको हो । 'पलपलमा'मा उकेश सुजाता सिटौलाको ठाउँमा अरुणिमालाई खेलाउन चाहन्थे, अरुणिमाले गर्ने पक्का पनि थियो तर, बीचमै असमझदारी उत्पन्न भएपछि अरुणिमाले प्रोजेक्ट छाडिन् । ‘पलपलमा गर्ने कन्फर्म त थियो तर सुटिङ ढिला हुनेभएपछि छाडेकी हुँ’ अरुणिमा बताउँछिन् ।
के हो न्यूड सिन ?
अरुणिमाका अनुसार सुटिङका क्रममा उकेशले अलि बोल्डरुपमा प्रस्तुत हुन भनेपछि अरुणिमा यसो भन्दै झोक्किएकी थिइन् –के तपाईँले पोर्न मूभि गराउन लाग्नुभएको हो ? के नाङ्गै भइदिऔं ?’ यो घटनापछि अरुणिमा नआएपछि फिल्मको सुटिङ १५ दिन रोकिएको थियो । स्वयम राजेश हमाल पनि रोकिएका थिए । उनका अनुसार क्यामेराम्यान र आफू दुवैजनाले मात्र सिक्वेन्स फेस गरेर दृश्य खिचेका थिए । अरुणिमाका अनुसार यहाँ न्यूड सिनको अर्थ 'बडिपार्ट' (गोपनिय अंग) कपाल, हात खुट्टा आदिले लुकाएर सुटिङ गर्नु हो ।

नेपालमा समाज बुझिने न्यूड सिन भने नभएको उनले स्पष्ट पारिन् । उनका अनुसार ९५ प्रतिशत भैसकेको सुटिङको बाँकी काम सक्न तत्कालै कठिन छ । केही महिनाका लागि अरुणिमा भारत, मलेसिया, दुबई लगायतका देशमा जाँदैछिन् । राजेश हमाल पनि अमेरिकामा छन् । आफू बिना सुटिङ नहुने भएकाले पैसा नदिइकन सुटिङ नगर्ने अरुणिमाले स्पष्ट पारिन् । ‘कि निर्देशकले अर्की कुनै लिएर रिसुट गर्नुप¥यो, होइन भने पैसा दिएर सर्तसहित सुटिङ गर्नुप¥यो ।’ चलचित्रलाई उकेश र विश्व बन्जाराले मिलेर बनाउन लागेको बुझिएको छ । : मेरोसिनेमा नेपाल 

गर्भवती ऐश्वर्याले सुटिङ रोकिन्

एजेन्सी,       बलिउड स्टार तथा पूर्व मिस वर्ल्ड ऐश्वर्या रायले गर्भवती भएपछि काम गर्दै गरेको फिल्मको सुटिङ रोकेको निर्माताहरुले बताएका छन्। उनी हाल 'हिरोइन' फिल्ममा काम गर्दै थिइन्। 
फिल्मको निर्माण कम्पनी युटिभी मोसन पिक्चर्सले इमेल वक्तव्यमा लेखेको छ- 'यो बिन्दुमा ऐश्वर्याको सुस्वास्थ्यबाहेक अरु कुनै कुरा महत्त्वपूर्ण हुन सक्दैन। यसै सन्दर्भमा हामीले सुटिङ रोक्ने निर्णय गरेका हौँ।'

३७ वर्षीया ऐश्वर्या गर्भवती भएको खबर गत साता उनका ससुरा अमिताभ बच्चनले ट्विटर र ब्लगमार्फत् सार्वजनिक गरेका थिए।

उनका पति ३५ वर्षीय अभिषेक बच्चन हुन्।