Showing posts with label क्रिकेट. Show all posts
Showing posts with label क्रिकेट. Show all posts

नेपाली क्रिकेट टोली सार्क T20 कप क्रिकेटमा सहभागि हुन मालदिभ्स जाँदै

   ११ कात्तिक/काठमाडौं, सार्क टि ट्वान्टी कप क्रिकेटमा सहभागि हुन नेपाली टोलीलाई आज मालदिभ्स प्रस्थान गर्दैछ । पारस खड्काको कप्तानीमा रहेको २५ वर्ष मुनिको नेपाली टोली अपराहृन मालदिभ्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ८ ओटा टोली सहभागि रहने प्रतियोगितामा नेपाल कठिन समूहमा परेको छ ।
नेपाल रहेको समुह बी मा भारत, पाकिस्तान र श्रृलंका छन् । भने समूह ए मा आयोजक मालदिभ्ससागै अफगानिस्तान, बंगलादेश र भुटान छन् । नेपालले आफ्नो पहिलो खेल सोमबार श्रीलंका साग खेल्नेछ ।अनलाईन-खबर/नेपाल 

नेपाली खेलाडी उत्साहित

काठमाडौं, असार १६ (नागरिक)
            आगामी विश्वकप क्रिकेट प्रतियोगितामा पुनःचार एसोसिएट राष्ट्रको सहभागिता हुने समाचारले नेपाली खेलाडी उत्साहित भएका छन्।
केही समय अघि भारत, श्रीलंका र बंगलादेशमा सम्पन्न विश्वकपका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०१५ को विश्वकपमा एसोसिएट सदस्य राष्ट्रलाई सहभागी नगराउने निर्णय गरको थियो। 
जसको एसोसिएट राष्ट्रले कडा आलोचना गरेका थिए। हङकङमा सञ्चालन भइ रहेको विश्व क्रिकेटको सर्वोच्च संस्थाको वार्षिक सम्मेलनमा उक्त निर्णय उल्टाइएको क्रिकेटको वेवसाइट क्रिकइन्फोले जनाएकोछ।
'यो हाम्रा लागि ठूलो समाचार हो।' नेपाली क्रिकेट टोलीका अगुवा पारस खडकाले भने,'हाम्रा लागि यो एउटा अवसर हो। हामी अब तैयारी साथ अगाडि बढ्नु पर्छ।'
खडकाले सबै एसोसिएट्स राष्ट्रले अब पुनः विश्वकप सहभागिताका लागि प्रयास गर्ने हुनाले नेपालले पनि त्यही स्तर र गतिमा कोशिश गर्नु पर्ने बताए।
'अब मुलुकमा बढीभन्दा बढी क्रिकेट हुनु पर्‍यो। खेलाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नियमित अनुभव हासिल गर्नु पर्‍यो। त्यति भए मात्र हाम्रो क्रिकेट त्यस स्तरसम्म पुग्न सक्ने छ।' खडकाले भने।
उनले अब प्रशासनको भर नपरेर खेलाडी आफैले मिहिनेत गरेर आफ्नो स्तर उकास्नु पर्ने बताए।
आइसिसीको यस वैठकलाई आफूले 'फलो' गरि रहेको पूर्व कप्तान विनोद दासले बताए।
हाम्रो जस्तो मुलुकका लागि यो निकै खुसीको कुरा हो। यसबाट नेपालले विश्वकप जस्तो प्रतियोगितामा पुनः खेल्न पाउने सम्भावना आएको छ।' उनले भने,'तर हामीले यसका लागि तैयारी पनि त्यही किसिमको गर्नु आवश्यक छ।'
देशमा क्रिकेट गतिविधि विगतका तुलनामा कम भएको बताउदै उनले खेलाडीले खेल्ने र खेलको माध्यमबाट जीविकोपार्जन गर्ने वातावरण पाएपछि नेपाली क्रिकेटको स्तर उकासिने उनले बताए।
नेपाली क्रिकेटलाई अहिलेको स्थितीमा ल्याउनमा संचार जगतको ठूलो हात भएको बताउदै उनले भने,'तर अब संचारसँग अन्य क्षेत्र पनि अगाडि आउनु पर्छ।'
नेपाली क्रिकेटको विकासको जिम्मा लिएर वसेको नेपाल क्रिकेट संघ (क्यान)ले अब वैकल्पिक श्रोत जुटाउदै क्रिकेटलाई अगाडि बढाउनु पर्ने उनले बताए।
उनले राष्ट्रिय खेलकुद परिषदका वर्तमान सदस्य सचिव खेल पृष्टभूमीबाट आएको व्यक्ति भएकोले पनि आफूले ठूलो आशा गरेको बताए।
हुनत यस किसिमका आशा हामीले विगतमा पनि गरेका थियौँ। तर अहिलेका सदस्य सचिव खेलकुद पृष्टभूमिबाट आएकोले उहाँको नेतृत्वमा यस पटक भने नेपाली खेल जगतले फड्को माने आशा मैले लिएको छु।' दासले भने।
आइसिसीको यस निर्णयबाट नेपाली खेलाडीले पनि खेल्ने उद्देस्य पाएका छन्। तर त्यो उद्देस्य प्राप्त गर्न भने त्यति सहज छैन। त्यसका लागि क्यान लगायत सबै क्षेत्रले आआफ्नो स्थानबाट सहयोग गर्नु पर्छ।' उनले अगाडि भने।
क्यानका प्रवक्ता तारकमणी दीक्षितले यो नेपालका लागि निकै उत्साहजनक खबर भएको बताए।
'यो हाम्रा लागि निकै खुसीको खबर हो। यस खबरबाट हामी निकै उत्साहित भएका छौँ।' उनले भने,'यसबाट विश्वकपको ढोका हाम्रा लागि पनि खुल्ला भएको छ, त्यसको तैयारी राम्ररी गर्नु पर्छ।'
यसका लागि क्यान योजनाबद्ध रुपमा अगाडि बढ्ने उनले बताए।
डिभिजन ४ अघि नै नेपाली टोलीका लागि अभ्यासको व्यवस्था मिलाउने उनले बताए।
'हामीले भारत, पाकिस्तान अथवा बंगलादेशमा टिमलाई अभ्यास खेलका लागि नेपाली टोलीलाई पठाउने व्यवस्था मिलाउदै छौँ।' उनले भने।

आइसिसीले विश्वकपमा टिम घटाउने सम्बन्धमा छलफल गर्ने

हङकङ, असार १२
      (एजेन्सी)- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी बैठकमा आउँदो विश्वकपमा सहभागी टोलीलाई १० मात्र सीमित राख्ने सम्बन्धमा छलफल थाल्ने भएको छ। 

यसबीच सन् २०१५ को विश्वकप सहआयोजक न्युजिल्यान्डले भने आगामी विश्वकपमा सहभागी संख्या १० टोलीमा सीमित पार्न दबाब दिने न्युजिल्यान्ड हेराल्डले जनाएको छ। आगामी विश्वकप क्रिकेट प्रतियोगिता चार वर्षपछि अष्ट्रेलिया र न्युजिल्यान्डमा संयुकत रुपमा आयोजना हुने भएको छ।
यस वर्ष उपमहाद्धिपमा भएको विश्वकपमा १४ टिमको सहभागिता रहेको थियो। तर टेष्ट स्तर प्राप्त नभएका राष्ट्रमध्ये इंग्ल्यान्डलाई हराएको आयरल्यान्डले मात्र केही प्रभावशाली प्रदर्शन गरेको थियो। केन्या, क्यानाडा र नदेरल्यान्ड्सले फितलो प्रदर्शन गरेका थिए।

आइसिसीले सुरुमा आगामी विश्वकपमा सहभागितालाई घटाएर १० टिममा झार्ने घोषणा गरेको थियो, जसको विरोध आर्थिक सहयोग नपाउने भएका एसोसिएट राष्ट्रले ब्यापक गरेका थिए।
उता न्युजिल्यान्ड भने वरियताका क्रममा १० टिमलाई सहभागी गराउने पक्षमा कडाइकासाथ लागि परेको छ। उसले नवौँ टिममा बंगलादेश अथवा जिम्बाबे तथा अन्तिम टिमको छनोट एसोसिएट्स राष्ट्रबाट गर्ने सुझाव दिएको छ। 'न्युजिल्यान्ड बोर्ड विश्वकपलाई १० टिमको प्रतियोगिता बनाउन दृढ रुपमा लागेको छ। तर यसले वरियताक्रममा आधारित छनोट प्रकृयालाई समर्थन गर्छ।' प्रमुख कार्यकारी जस्टिन वनले भने।
यदि १२ टिमलाई सहभागी गराउने हो भने दुई पूलमा विभाजित गर्ने आवश्यकता पर्छ। त्यस्तो अवस्थामा सुपर सिक्सको स्थितिमा जानु पर्ने हुन्छ।
'त्यो अवधारणा आयोजकका रुपमा अंगाल्न निकै कठिन हुन्छ। किनभने को कससँग कहाँ खेल्ने भन्ने थाहा हुदैन र टिकट विक्री गरेर प्रतियोगितालाई सफल पार्न निकै कठिन हुने छ। क्रिकेटप्रेमीको चाख पनि उही रुपमा कायम रहन सक्दैन।'
सन् १९७५ पछि पूर्ण राउन्ड रोविन सहितको टेष्ट स्तर प्राप्त टिमको विश्वकप प्रतियोगिता सन् १९९२मा अष्ट्रेलिया र न्युजिल्यान्डमै भएको थियो र त्यसमा सबै टिमले एक अर्का विरुद्ध खेलेका थिए।
क्रिकेट अष्ट्रेलियाले पनि न्युजिल्यान्डको प्रस्तावमा सहमत भएको बताउदै वनले यदि १० टिम नभए १२ टिमभन्दा पहिले जस्तै १४ टिम नै उपयुक्त हुने बताए। त्यसो भएमा क्वार्टरफाइनल, सेमिफाइन र फाइनलसम्मको कार्यक्रम बन्न सक्ने उनको धारणा छ। आइसिसीले आफ्नो क्रिकेट कमिटीबाट आउने प्रस्तावमाथि पनि विचार गर्ने छ। जसको सदस्य वन पनि छन्।

सबैभन्दा बढी छलफल सबै तिन वटा स्वरुपमा लागु गरिने भनिएको अम्पायर निर्णय समिक्षामा हुने भएको छ। दशमध्ये नौ राष्ट्र पूर्ण रुपमा यसको समर्थनमा छन्। भारतले भने पहिले नै आफ्नो असहमति जनाई सकेको छ।
यसलाई खेलको नियममा राख्न बहुमत टेष्ट स्तर प्राप्त राष्ट्रले दबाब दिन सक्ने छन्। तर खेलको आर्थिक महाशक्तिलाई आफ्नो अडानबाट हटाउन सक्ने साहस कसले गर्ला? प्रश्न यसमा छ।
यस वाहेक रनर र बलरले अफ्नै बलमा नन स्ट्राइकरलाई रन आउट गर्ने सम्बन्धी नियमका बारे पनि छलफल हुने भएको छ। वनले भने रन आउट प्रस्तावको विरोध गरेका छन्।
सोझै रन आउट गर्नु पूर्व ब्याट्सम्यानलाई चेतावनी दिनु पर्छ भन्ने मान्यता लामो समय देखि क्रिकेटको भलादमीपनाका रुपमा रहदै आएको छ।
'मेरो विचारमा यो लागु हुने छ।' प्रस्तावलाई समर्थन गर्ने वनले भने,'नन स्ट्राइकरले यसको दुरुपयोग गरेको धारणा बलियो रुपमा अगाडि आएको छ। यो कुनै ठूलो समस्या हो जस्तो मलाई लाग्दैन।
त्यसैगरी एक दिने क्रिकेटमा प्रत्येक इनिङमा दुई वटा बलको प्रयोग प्रयोग गर्ने सम्बन्धमा पनि छलफल हुने भएको छ। ३४ ओभरपछि आवश्यक ठाने नयाँ बल प्रयोग गर्न सकिने प्रस्ताव आएको छ।

थारङ्गा निलम्बित

कोलम्बो, श्रीलं‍का, असार १२
        (एजेन्सी)-डोपिङ परिक्षणमा असफल भएका श्रीलंकाली प्रारम्भिक ब्याट्सम्यान उपुल थारङ्गालाई तिन महिनाका लागि निलम्बन गरिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जनाएको छ। 

यस वर्षको विश्वकप अन्तर्गत २९ मार्चमा कोलम्बोमा भएको न्युजिल्यान्ड विरुद्धको सेमिफाइनलपछि २६ वर्षीय वायाँ हाते खेलाडीको लिइएको मुत्र नमुनामा विश्व एन्टि डोपिङ एजेन्सीले प्रतिबन्धित सूचीमा राखको प्रिड्निसोन र प्रिड्निसोलोन नामक तत्व देखिएको थियो। प्रकृयाको सुरुमै थारङ्गले आफ्नो त्रुटी स्विकारेको आइसिसीले जनाएको छ।
टिम केरको नेतृत्वमा रहेको तीन सदस्यीय छानविन समितिले खेलाडीले लामो समय देखि काँधमा लागेको चोटको औषधिको रुपमा प्रयोग गरेको जडिवुटी युक्त औषधीसँगै उक्त तत्व शरिरमा गएको स्विकार गरेका छ।
'थारङ्गाले प्रदर्शन बढाउने चाहना अनुसार उक्त औषधिको प्रयोग नगरेको कुरा यसले स्विकार गरेको छ। तर त्यसले एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलाडीका रुपमा उनमा निहित उच्च स्तरको व्यक्तिगत जिम्मेवारी डोपिङ विरुद्धको नियममा देखिएको प्रष्ट्याउदैन।'आइसिसीको विज्ञप्तीमा उल्लेख छ। उता थारङ्गाले आफूबाट जानाजान कुनै अपराध नभए पनि यसका लागि क्षमा मागेका छन्।
'म आफ्ना प्रशंसक र श्रीलंका क्रिकेटसँग यसका लागि क्षमा माग्छु।' उनले विज्ञप्तीमा भनेका छन्,'मलाई आशा छ, मेरा समकालिन खेलाडीले मेरो अनुभवबाट सिक्ने छन् र उपचारका लागि औषधीको सेवन गर्दा थप सावधानी अपनाउने छन्।' उनले भने। थारङ्गाले २१ दिन भित्र यस निर्णय विरुद्ध अपिल गर्न सक्ने छन्।
'उपुलले जानाजान त्रुटी नगरेको हामी मान्छौँ त, आइसिसीले डोपिङ विरुद्धको आफ्नो शुन्य सशनशीलतालाई कायम राख्न प्रतिबद्ध छ।' आइसिसीका प्रमुख कार्यकारी हारुन लोरगाटले भने।
'यस किसिमका मुद्धाहरू अन्य खेलाडीका लागि एउटा सम्झनाका रुपमा रहन्छन् र जसले उनीहरूलाई कुनै पनि पदार्थ सेवन गर्दा आफ्नो ब्यक्तिगत जिम्मेवारी तर्फ सजग गराउँछ।'

'छानबिन समितिको निर्णय प्रति म सन्तुष्ट छु र जसरी प्रभावशाली एवं समवेदनशील रुपमा आइसिसीले यस मुद्धाको छानविन र छुङ्गो लगायो त्यसबाट मलाई खुसी लागेको छ।'