काठमाडौं २८ कात्तिक,
सिनेमा अभिनयलाई थाँती राखेकी हिरोइन मनीषा कोइराला पछिल्लो समय सामाजिक कामहरूमा सक्रिय छिन् । सोमबार उनले दुईदर्जन सडक बालबालिकालाई न्याना ज्याकेट र स्लिपिङ ब्यागहरू वितरण गरिन् । हट्विट नामक बालकल्याण फाउन्डेसनले आश्रय दिएका ती बालबालिका लुगा पाएपछि खुशि देखिन्थे । मनीषा सामु उनीहरू दिल खोलेर नाचे, गाए अनि बी–बोइङमा रमाए ।
‘काठमाण्डूमा स्ट्रिट चिल्ड्रेन नहोस भनेर अभियान थालेकी हुँ’ मेरोसिनेमासँग उनले भनिन्, ‘लागुऔषधले बिग्रिएको स्वास्थ्य र शिक्षा नहुँदा अपराधमा समेत संलग्न भएको देखेपछि सहयोग गर्नुपर्छ भन्ने लागेको हो ।’ तीमध्ये १२ बालबालिकालाई आफ्नो सहयोगमा पठनपाठनको व्यवस्था समेत गर्ने उनले बताइन् । फाउन्डेसन संस्थापक जुजुकाजी महर्जनले मनीषाको कामलाई सह्रानिय भने । फाउन्डेसनले २००६ देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
तत्काल सिनेमा खेल्दिँन
आफू सिनेमा प्रोडक्सन हाउस स्थापनाको तयारीमा रहेको मनीषाले बताइन् । ‘तत्काल सिनेमा भने खेल्दिँन । बलिउडबाट पनि तीनवटा अफर आएका छन् । सबैलाई होल्डमा राखेकी छु’ मनीषा भन्छिन्, ‘अब नेपालमै रहेर कलाको क्षेत्रमा केही काम गर्न चाहन्छु ।’ अब आफूलाई एक्टिङ भन्दापनि सिनेमा बनाउने रहर जागेको उनले सुनाइन् । वैवाहिक सम्बन्धबारेको जिज्ञासामा उनले नो कमेन्ट भनिन् ।स्रोत;मेरो सिनेमा

No comments:
Post a Comment