Showing posts with label प्रवासी-समाचार. Show all posts
Showing posts with label प्रवासी-समाचार. Show all posts

संन्ध्या ग्रुप द्धारा साहित्याकार दिलीप अविरललाई सम्मान ।

भोला थापा क्षेत्री/अल्खोर (कतार)
            संन्ध्या ग्रुप कतारले हालै मात्र भएको (अनेसास) कतारका नवनिर्वाचित सह-सचिव साहित्यकार दिलीप अविरल लाई सन्ध्या ग्रुप कतारले एक कार्यक्रमका विच बधाई तथा सम्मान कार्यक्रम गरेको छ । प्रवासमा प्रवासीको बास्ताविक यर्थाथहरुलाई उजागर गर्ने हेतुले सन् २००२ मा सन्ध्या गु्रपको स्थापना भएको थियो ।
डिस्कोन इन्जिनरिङ कम्पनी का कअबाायमिष्लन इन्र्चाज देबेन्द्र बहादुर राउतको प्रमुख आतिथ्य तथा संन्ध्या ग्रुप कतारका अध्यक्ष थर्च लामाको सभापतित्वमा भएको कार्यक्रममा गत २१ अक्टुबरमा सन्ध्या गु्रपले अविरललाई आफ्नै कार्यकक्षमा बधाई तथा सम्मान गरेको थियो ।

कार्यक्रमसंचालक संस्थाका सचिव राजेन्द्र खनालले संचालन गर्नुभएको कार्यक्रममा सोही कम्पनीका सुपरभाइजर काजीराम राउतले विशेष अतिथिको भुमिका निभाउनु भएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार विरेन्द्र कु याक्थुक्वा, प्रथम उपअध्यक्ष हरि चन्द्र श्रेष्ठ, द्धतिया उपअध्यक्ष चिन्ता मणि बिक , महा सचिव चन्द्र कु थापा, नित्य निदेर्शक उमेश बस्नेत , मु सौ ब्यावस्थापक भोला थापा क्षेत्री लगायतकाकोे उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले शुभकामना आदान प्रदानको साथै आ–आफ्नो तर्फबाट मन्तव्य समेत राखेका थिए । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति थर्च लाम लगायतकाले साहित्यकार अविरललाई खादाओढाई सम्मान गरेका थिए ।

साहित्यकार अविरल मुग्लानी सौगात द्धैमासिक प्रत्रिकाका विषेश प्रतिनीधी पनि हुन । विगत २००८ देखि उहा कतारमा रहदै आउनु भएको छ । यस संस्थाले आफुप्रति गरेको सम्मान ले आगामी दिनमा साहित्यलाई अझ निरन्तरता दिने र आफूमा हौसला समेत बढेको उहाँले जानकारी दिनु भयो ।
कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको थियो । नवनिर्वाचित अनेसास कतार का सम्पुर्ण साहित्या अनुरागीलाई कार्यक्रमका प्रमुख अतिथि साथै अध्याक्ष लामाले शुभकामना सहित कार्यकाल भविष्यको कामना सम्मेत गर्नु भएको थियो 

एनआरएनए, बहराइनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न

सन्तोष दाहाल/ बहराइन
          गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बहराइनको तेस्रो राष्ट्रिय महाधिवेशन २३ सेप्टेम्वरका दिन नेपाली क्बल, बहराइनको सभा हलमा सम्पन्न भयो । यस संघका निवर्तमान अध्यक्ष श्याम तामाङ्गको सभापतित्वमा सम्पन्न उक्त महाधिवेशनको प्रमुख अतिथि नेपाली क्बल, बहराइनका अध्यक्ष दुर्गा बहादुर गिरी हुनु हुन्थ्यो । भने अतिथिहरुमा बहराइनमा रहेका संघ संस्थाका प्रतिनिधिहरु हुनुहुन्थ्यो । उक्त कार्यक्रम निवर्तमान महासचिव सन्तोष दाहालले सञ्चालन गर्नु भएको थियो । भने स्वागत मनतव्य यसै संघका निवर्तमान उपाध्यक्ष छवीलाल बिकले गर्नु भएको थियो ।  महासचिव सन्तोष दाहालले २ वर्षो कार्य विवरण पेश गर्नु भएको थियो । कोषाध्यक्ष पुरुशोतम चौलागाईले आर्थिक आय व्याय पेश गर्नु भएको थियो । साथै जनकल्याणकारी कोषका संयोजक काजी बहादुर थापा मगरले यस कोषको आयव्याय पेश गर्नु भएको थियो । निवर्तमान अध्यक्ष श्याम तामाङ्गले पुरानो समिति बिघटन गर्नु भएको थियो । साथै निवर्तमान अध्यक्षले एनआरएनको बारेमा र नेपालमा तथा बिदेशमा एनआरएनले के कस्ता कामहरु गरीरहेका छन् भन्ने कुराको बारे सहभागी सबैलाई जानकारी दिनु भएको थियो । यस नयाँ कार्यसमिति र्सवसहमतीले चयन भएको हुँदा निर्वाचन समितिका सदस्य जयन्द्र घिसीङ्गले नयाँ कार्य समिति घोषण गर्नु भयो । नयाँ कार्य समितिलाई अध्यक्ष श्याम तामाङ्गले सपथ गराउनु भएको थियो । कार्यक्रम समापन गर्ने क्रममा यस कार्यक्रमका सभापती श्याम तामाङ्गले बहराइनमा कार्यरत सबै नेपालीहरुलाई यस संघमा आवद्धहुन आग्रह गर्दै र आगामी कार्यकालको कार्य योजना प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।
नयाँ कार्य समिति=>
१। अध्यक्ष :- श्री श्याम तामाङ्ग
२। उपाध्यक्ष :- श्री छवीलाल बिक
३। उपाध्यक्ष :- श्री सन्तोष दाहाल
४। महासचिव :- श्री झम्क प्रसाद साप्कोटा
५। सचिव    :- श्री चन्द्र कुमार क्षेत्री
६। कोषाध्यक्ष :- श्री पुरुशोतम चौलागाई
७। सह(कोषाध्यक्ष) :- श्री जयन्द्र घिसीङ्ग
८। सदस्य :- श्री प्रताप श्रेष्ठ
९। सदस्य :- श्री काजी बहादुर थापा मगर
१०। सदस्य :- श्री कमल श्रेष्ठ
११। सदस्य :- श्री पुरण क्षेत्री 
१२। सदस्य :- श्री शंकर बस्नेत
१३। सदस्य :- श्री असीम मोक्तान
१४। सदस्य :- श्री लाल प्रसाद पुन
१५। सदस्य :- श्री लाल बहादुर कटवाल
१६। सदस्य :- श्री तीर्थ बहादुर चन्द
१७। सदस्य :- श्री टेक बहादुर महत (असीम) 
१८। सदस्य :- श्री ध्रुर्ब कार्की
१९। सदस्य :- श्रीमती सरीता चेम्जुङ्ग
२०। युवा प्रतिनिधि :- श्री चन्द्र मणी सुबेदी
२१। महिला प्रतितिधि :- श्रीमती लीला देवी राना (सापकोटा)
२२। आईसीसी सदस्य :- श्री दुर्गा बहादुर गिरी
सल्लाहकारहरु =>
प्रमुख सल्लाहकार :- श्री पुरण राई
सल्लाहकार :- श्री गोरख रामजाली
सल्लाहकार :- श्री श्याम राई
सल्लाहकार :- श्री टंक बस्नेत 

नेपाली चेली कतार स्थित दुतावासको शरणमा

प्रेम लामा / दोहा
        वैदेशिक रोजगारीको सिलसिलामा तीन महिना अघि कतारस्थित एक क्लिनिङ्ग कम्पनीमा आएकी सिन्धुली जिल्ला मरिन– १ की दुर्गा मगर गत ४ सेप्टेम्वरमा नेपाली नियोगको शरणमा आइपुगेकी छिन् । नेपालमा रहेका श्रीमानको मोटरसाइकल दुर्घटनावाट करङ्गको हड्डी भाँचिएकोले बच्चाहरुको विचल्ली भएर घर जानको लागि वारम्वार अनुरोध गर्दा पनि घर जान नदिएपछि भागेर नियोगमा आएको उनले बताएकी छन् ।
उनका श्रीमानले किड्नीको अप्रेशन गरेर अहिले ठिक भएपछि केही सानो तिनो ब्यापार ब्यवसायी गरेर नेपालमै वसेका थिए । ‘तर एक्कासी दुर्घटना भएछ । म इमर्जेन्सी नेपाल घर जान्छु भन्दा घर जान पटक्कै नदिने बतायो’ उनले भनिन् ।
काभ्रेपलाञ्चोकको वनेपास्थित चण्डीका ट्राभल्सका वालकृष्ण कार्की (विवेक)ले ६० हजार रुपैयाँ शुल्क लिएर ‘राम्रो काम र दाम कमाइन्छ’ भन्ने प्रलोभनमा पारेर आफुलाई दोहा पठाएको पनि उनले बताएकी छन् । ‘आएको तीन महिना भयो । महिनाको ८ सय तलव खाना वस्न र ओभरटाईम हुने वताए पनि दुई महिनाको एक हजार रियाल मात्र तलव पाएँ’ उनले भनिन्– ‘यहाँ आएपछि भनेको वेलामा तलव नपाउने र काम पनि अति चर्को भएकोले साह्ै समस्यामा परें ।’
विवेक भन्ने एजेन्टले नै टिकट पठाईदिन्छु भनेको र टिकटको प्रतिक्षामा रहेको पिडीतले बताएकी छन् । उनी कार्यरत क्लिनिङ्ग कम्पनीमा अरु पाँच जना नेपाली चेलीहरु पनि कार्यरत रहेका उनले जनाइन् । उनी दोहा आउनु अघि कुवेतमा ११ महिना घरेलु कामदारको रुपमा काम गरेर फर्केकी थिइन् ।