काठमाडौं २९ कात्तिक,
रिलकी प्रेमिका अर्थात चलचित्र 'देवयानी'की लिड एक्ट्रेस तथा हिरोइन बिमला केसी । डेब्यु गर्ल बिमलाको अनुहार काटीकुटी वास्तविक देवयानीको अनुहारसँग मिल्ने भएपछि यसको चर्चा अझै चुलिएको छ । निर्देशक बस्नेतले वास्तविक देवयानीको फेस मिल्ने बिमलालाई खेलाएको भनेर पनि रजतपट वृत्तमा कुरा चल्ने गरेको छ । तर, रिलकी देवयानी उनै बिमला हुन् जो कराँतेकी खेलाडी पनि हुन् ।
चलचित्रमा एक्सन सट्हरू दिनुपर्ने भएपछि विमलालाई खेलाइएको हो । प्रोमो हेर्दा लाग्छ –विमला एक्सनमा जमेकी छिन् । आफ्नो अनुहार देवयानी राणासँग मिल्ने भएपछि बिमलाले मेरोसिनेमासँग भनिन्, ‘देवयानीलाई प्रत्यक्ष भेट्न त सकेको छैन तर धेरैले उहाँको बानी र अनुहार मसँग मिल्छ भन्दा खुसी लागेको छ ।’ सोसल ड्रामा श्रेणीको चलचित्रमा बिमला निखिल उप्रेतीको अपोजिटमा छिन् । उनलाई यतिबेला अन्य प्रोजेक्टबाट अफर पनि आइरहेको छ तर ‘देवयानी’को प्रतिक्रिया पछि मात्र उनी काम अघि बढाउन चाहन्छिन् ।अनलाइन खबर
No comments:
Post a Comment