प्रहरी हवल्दारसमेत रहेकी तीन सन्तानकी आमा बालकुमारी अधिकारीले राजेश हमाललाई आफ्नो पति दावी गर्दै मुद्दा दर्ता गर्न पुगेपछि सिनेबजारमा अनेकथरि चर्चा सुरु भए । सोमबार धेरैजसो संचारमाध्यमले दावीकर्ता महिलाको तस्वीरसहित समाचर पनि प्रकाशन गरे ।
राजेश हमाललाई आफ्नो श्रीमान् वताउने चितवनकी वालकुमारी अधिकारीका श्रीमान् असई पदमा मुस्ताङमा कार्यरत भएको वुझिएको छ । वालकुमारीले उजुरी दिएको खवर पाएपछि श्रीमान् चितवन आएको श्रोतको भनाइ छ ।
राजेशका सहयोगी चिरञ्जिवी आचार्यले वालकुमारीको परिवारले फोन गरेर अनौपचारीक माफी मागेको वताएका छन् । उनले भने-’चितवनको नम्वरवाट फोन गरी उहाँहरुले माफी माग्नु भएको छ । वालकुमारी केही हदसम्म मानसिक रुपमा कमजोर रहेकी महिला भएको हुनसक्ने देखिन्छ ।’
आफुलाई पति दावी गर्दै अधवैंशे महिला हनुमान ढोका पुगेपछि नै हमाल तनावमा परेका थिए । उनले तत्कालै आफ्नो सहयोगीलाई घटनाबारे बुझ्न त्यहाँ पठाएका थिए । हमालका सहयोगी आचार्यका अनुसार यो घटनालाई महत्व दिएर खण्डन गरिहाल्ने पक्षमा हमाल देखिन्नन् । घटनामा कुनै सत्यता, ती महिलासँगको चिनजान वा सम्बन्ध नभएकाले त्यसबारे खण्डन गरिरहनुको औचित्य नभएको हमालको ठम्माई छ ।
मंगलबार पनि बालकुमारीले मुद्दा दर्ता गरिनन भने उनको चर्चा आउने यो चालबाजी पानीको फोका झैं हराउने निश्चीत छ ।स्रोत:अनलाइन खबर
No comments:
Post a Comment