मौसमीका छोरा पनि हिरो


काठमाडौं ४ कात्तिक,

mausami_malla_son_home_400आफ्नै जीवनमाथि बन्न लागेको सिनेमामा अभिनेत्री मौसमी मल्लले छोरा बिकीलाई हिरोका रुपमा प्रस्तुत गर्ने भएकी छिन् । माघदेखि फ्लोरमा जाने अनटाइटल प्रोजेक्टलाई दायाराम दाहालले निर्देशन गर्नेछन् । मौसमी र सन्देशमान श्रेष्ठले मिलेर सिनेमा बनाउन लागेका हुन् । आफ्नै जीवनमाथि बन्न लागेको सिनेमामा अभिनेत्री मौसमी मल्लले छोरा बिकीलाई हिरोका रुपमा प्रस्तुत गर्ने भएकी छिन् । माघदेखि फ्लोरमा जाने अनटाइटल प्रोजेक्टलाई दायाराम दाहालले निर्देशन गर्नेछन् ।
अभीभावकको पेशालाई पछ्याउँदै धमाधम चलचित्रकर्मीका सन्तान हिरोहिरोइन बनिरहँदा प्लस टु पुस्ताका विकी आमाको चाहनामा हिरोका रुपमा देखिन लागेका हुन् । हिरो बन्नका लागि यतिबेला विकीले दयाहाङ राईसँग एक्टिङ र एक्सनको क्लास लिइरहेका छन् । मौसमीका अनुसार उनको आफ्नै जीवनकथामा यतिबेला यथार्थ बनेको जेनेरेसन ग्याप (पुस्तान्तर)को मिश्रण गरेर ब्रजेश खनालले कथा लेखेका छन् । आफ्ना छोराको अपोजिटमा देखिने हिरोइन खोज्दै केही दिनमा मौसमी चितवन जाँदैछिन् । चलचित्रलाई चितवनमा पनि सुटिङ गरिनेछ । विकीबाहेक चलचित्रमा महानायक राजेश हमाल पनि हिरो हुनेछन् । तर, यसअघि प्रचार गरिएजस्तो धिरेन भने नहुने मौसमीले जनाइन् ।

‘यसमा मेरो जीवनको घटना पन्चको रुपमा हुन्छ’ चलचित्रबारे मौसमीले अथ्र्याइन्, ‘यसमा म हिरोइन मौसमी मल्लभन्दा पनि सिम्पल लेडीको रुपमा देखापर्ने छु ।’ संगीत लक्ष्मण शेष, छायांकन विष्णु कल्पित र नृत्य गोविन्द राईले निर्देशन गर्नेछन् । अघिल्लो प्रोजेक्ट गिरफ्तारपछि मौसमी निर्मात्रीका रुपमा रजतपट कमब्याक गरेकी हुन् ।  @मेरो सिनेमा:नेपाल

No comments: