आफ्नो सिनेमाको पब्लिसिटीमा निरुता आउने भइन भनेर निर्माता बाबुराम दाहाल मख्ख थिए । काठमाडौंली मिडियाले निरुताको कमब्याकलाई फूलबुट्टा भरेर लेखे र बोले । हिरोइन नपाएर रन्थनिएका कतिपय निर्माता र निर्देशक निरुतालाई एप्रोच गर्ने बकुल्लो ध्यानमा थिए । तर, जब आइतबार यस्तो एउटा फोन आयो –सुनेपछि निर्माता दाहाल झस्किए । मुम्बइबाट निरुता आफ्नो परिचित स्वरमा भन्दै थिइन् –'सरी ! म नेपाल आउन सकिन । म बिरामी परेँ ।’
फोनका ती शब्दहरू वास्तविक वा बहाना हुन्, ती निरुतैले जानून तर, निरुता नआउने खबरले 'हाइ एक्सपेट' गरेका निर्माता निराश बने । बल्ल उनलाई थाहा लाग्यो –‘अघिल्लो साता निरुता नेपाल आएको कारण अर्कै रहेछ । उनी मेरो फिल्मको पब्लिसिटीमा आएकै होइन रहेछिन ।’ आगामी शुक्रबार रिलिज हुने चलचित्र 'फर्कि आऊ'को पब्लिसिटीमा सहभागि हुने भनिएकी हिरोइन निरुता नेपाल नआउने भएकी छिन् । निरुताकै भनाईमा उनी अहिले ‘माइग्रेन’ले थलिएर मुम्बइमै छिन् रे ।
निरुताको हालैको एकहप्ते काठमाडौं आगमन फिल्मको प्रचार नभएर व्यक्तिगत कारण रहेछ, जुन कुरा बल्ल पछि थाहा लाग्यो । खासमा उनी आफ्ना सहोदर भाइबुहारीलाई भेट्न काठमाडौं आएकी रहिछिन् । उनका भाई रिक सिँह आफ्नी बेलायती पत्नीलाई लिएर ट्रेकिङका लागि अन्नपूर्ण फेरो घुम्न पोखरा आएका रहेछन् । उनैलाई भेटिसकेपछि निरुता मुम्बइ फर्किएको थाहा भएको छ । निरुताको अनुपस्थितीमा महानायक राजेश हमालले एक्लै फिल्म पब्लिसिटी गर्ने दाहालले बताए । ‘निरुताजी आइदिए राम्रो होला तर, उहाँ नभएर पब्लिसिटीलाई कुनै असर पर्दैन’ दाहालले भने ।:-मेरोसिनेमा/नेपाल

No comments:
Post a Comment