काठमाडौं १३ कात्तिक,
नेपाली सिनेमाको लागि खुसिको खबर –सरकार मातहतको नेपाल टेलिभिजनले नेपाली सिनेमाको प्रसारण सुरु गरेको छ । एनटिभी अध्यक्ष बलराम तिमल्सिनाले नेपाली सिनेमाको विकासका लागि आफूले कार्यसमितिबाट विरोध हुँदाहुँदै यस्तो निर्णय लिएको बताए । ‘यो निर्णय नेपाली सिनेमाका लागि अवसर र चुनौति दुवै हो’ मेरोसिनेमासँग कुरा गर्दै तिमल्सिनाले भने, ‘निर्णयलाई उल्टाउने खतरा त रहन्छ तर, हामीले प्रयत्न गरेका हौं ।’
अध्यक्ष तिमल्सिनाले नीतिगत प्रस्ताव संचालक समितिको बोर्ड बैठकसामु राखेका थिए । प्रस्तावउपर कतिपय सदस्यहरूले नेपाली सिनेमा चलाउँदा टेलिभिजनको ब्यापारमा असर पुग्ने भन्दै विरोध जनाएका थिए । तीनसातादेखि एनिटीभीले नेपाली सिनेमा प्रसारण गर्दै आएको छ । तीनवर्ष अगाडि पनि एनटिभीमा नेपाली सिनेमा प्रसारणको प्रयास गरिएको थियो तर नयाँ कार्यसमितिले पुनः हिन्दी सिनेमा प्रसारण गरेको थियो ।
‘नेपाली फिल्मले समय किन्न सक्दैनन् भनेर विरोध भैरहेको छ । ब्यापार बढाउन हिन्दी चलाउनुपर्छ भन्ने माग अधिकांश साथीहरूको छ’ तिमल्सिनाले भने, ‘यसअघि पनि समय त किनियो तर टिकाउन सकिएन । यसपटक पनि त्यो खतरा छ ।’ नेपाली सिनेमा चलाउन सस्तो मूल्यमा टेन्डर आह्वान गर्ने तयारी भैरहेको उनले जानकारी दिए । स्वदेशी फिल्म चलाउने एनटिभीको कार्यको चलचित्र विकास बोर्डले स्वागत गरेको छ । ‘यो भन्दा पोजेटिभ अरु केही हुनैसक्दैन’ बोर्ड प्रवक्ता विजय बस्नेतले भने । स्रोत:मेरो सिनेमा/नेपाल

No comments:
Post a Comment