सुटिङबाटै निखिल र संचिताबीचको प्रेम सुरु


  • युनिटी लाइफको सिनेमालाई कैंची

        प्रतिबन्धित नेटवर्क कम्पनी युनिटी लाइफले निर्माण गरेको सिनेमा ‘विजयपथ’मा सेन्सर बोर्डले ब्यापक कैंची चलाएको छ । युनिटी लाइफमा लागे जीवन समृद्ध हुन्छ भन्ने उद्देश्यले निर्माण गरिएको सिनेमामा युनिटी सम्बद्ध सम्पूर्ण दृश्य र संवादहरू काटिएको छ । पिरामिड ढाँचाको ब्यापार संचालन गरेको आरोपमा यसका संचालकहरू नै फरार भएपछि सेन्सर बोर्डले सिनेमालाई पीजी सर्टिफिकेट दिँदै युनिटी लाइफको गुन्जायस नरहने गरि छाँटकाँट गरेको हो । 

तीनवर्ष अगाडि निर्माण गरिएको सिनेमाको रिलिज र सम्पादन युनिटी लाइफलाई सरकारले प्रतिबन्ध घोषणा गरेलगत्तै रोकिएको थियो । अब यो सिनेमालाई माघ १४ गते रिलिज गरिदँैछ । बसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा सुशिल क्षेत्री, निखिल उप्रेती, संचिता लुइँटेल, बबिता निरौला, सरोज केसी, मिथिला शर्मालगायतले अभिनय गरेका छन् । भनिन्छ –यही सिनेमाको सुटिङबाटै निखिल र संचिताबीचको प्रेम सुरु भएको थियो । 

चलचित्र बालक अपहरणबारे बनेको छ । सुटिङ समाप्ती लगत्तै निर्देशक निरौला र अभिनेत्री बबिताले विहे गरेका थिए । यी दुवैजनाको दैनिक आय युनिटी लाइफबाटै चलिरहेको थियो । यतिसम्मकी चलचित्रमा अभिनय गर्ने सबैजनालाई युनिटी लाइफको सदस्य बनाइएको थियो । शिव ढकालले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ । स्रोत:मेरो सिनेमा/नेपाल 

No comments: