बिग बोसको चौथो सस्करणमा ठूलै धमाका मच्चाएकी पाकिस्तानी मोडेल वीना मलिक यौनकर्मी महिला बन्ने भएकी छिन् । बिग बोसमा चुम्बनका कारण विवादित बन्नुका साथै त्यसपछि आइटम डान्सका कारण चर्चित वीनाले यसका लागि केही महिला यौनकर्मीसँग भेटघाट पनि गरिसकेकी छिन् ।
यो खबर सुनेर वीनाका शुभेक्षुकको चित्त दुख्नसक्छ । तर चित्त दुखाउनु पर्दैन । वीना साँच्चीकै यौनकर्मी महिला बन्न लागेकी होइनन् । बलिउडको फिल्म जिन्दगी ५०-५० मा उनले यौनकर्मी महिलाको भूमिका निर्वाह गर्न लागेकी हुन् ।
आफ्नो परिवार पाल्नको लागि वर्षौँदेखि यौनपेशा अँगालेकी माधुरी नामकी यौनकर्मी महिलाको भूमिकामा वीनालाई देख्न पाइनेछ । वीनले यो फिल्ममा आफ्नो भूमिकाले महिला र खासगरी यौनकर्मी महिलाप्रतिको आफ्नो धारणमा परिवर्तन आएको दाबी गरेकी छिन् ।
पाँच जना छोरी र एक छोरा भएको परिवारकी छोरी भएकाले पनि महिलाप्रति गरिने विभेद आफुले राम्ररी बुझेको भन्दै वीनाले पुरुषप्रधान समाजको पीडा बुझेकाले आफु पहिले देखिनै आत्मनिर्भर बन्न कोसिस गर्दै आएको बताइन् ।
फिल्मकी पात्र माधुरी दिउसोमा एक सामान्य मुस्लिम महिला हुन् भने रात परेपछि उनी बुर्का फुकालेर रेड लाइट एरियामा ग्राहक खोज्न जान्छिन् । यौनकर्मी महिलाप्रति पूरै एसियाली दुव्र्यवहार हुने गरेको भन्दै वीनाले यस्ता महिलाको जिवनस्तरमा सुधार आवश्यक रहेको बताउँछिन् ।श्रोत@अनलाइन खबर
No comments:
Post a Comment