| नायिका:सौजन्य सुब्बा |
नेपाली सिनेमा क्षेत्रमा टेलिसिरीयलवाट नायिकाहरु भित्रने क्रम वढेको छ । यही क्रममा ‘पुरुष’, ‘कसलाई आफ्नो भनु’लगायतका टेलिसिरीयलमा अभिनय गरेर आएकी सौजन्य सुब्बा अहिले नेपाली सिनेजगतमा पनि चर्चामा छिन् । उनले अभिनय गरेको चलचित्र ‘म छु नि तिम्रो’ यही कात्तिक ११ गतेवाट प्रदर्शनमा आउँदैछ । उनै नायिकासँग चलचित्रसँग आधारित रहेर वीजय आवाजले नागरिक न्यूजका लागि गरेको कुराकानीः
म छु नि तिम्रो कस्तो फिल्म हो ?
यो एउटा राम्रो चलचित्र हो । यसको कथावस्तु पनि राम्रो छ । प्राविधिक रुपमा पनि यो चलचित्र स्तरीय वनेको छ । चलचित्रको गाना पनि अहिले चर्चामा रहेको छ भने चलचित्रमा कलाकारको अभिनय पनि राम्रो रहेकाले दर्शकले रुचाउने आशा गरेकी छु ।
तपाईको भूमिका कस्तो रहेको छ ?
यो एउटा प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा म नायकको प्रेमीकाको भूमिकामा छु । चलचित्रले छोराछोरीले पनि आफ्नो परिवारको अवस्था हेर्नुपर्दछ र वावुआमाले पनि छोराछोरीको चाहनालाई वुझ्नुपर्दछ भन्ने कुरा देखाउन खोजेको छ ।
तपाईको नामको अर्थ ?
उपहार
तपाई घमण्डी या स्वार्थी ?
म दुईवटै होईन
तपाईले मिठो पकाउने खानेकुरा ?
पोर्क मम
घुम्न मन लागेको देश ?
मलाई घुम्न मन लागेको देश दुवई हो, जहाँ म पुगिसकेँ
वाहीर हिड्दा नछुट्ने वस्तु ?
मेरो जुत्ता
भेट्न मन लागेको व्यक्ति ?
मेरो त्यस्तो भेट्न नै मन लागको व्यक्ति कोही छैन । तर, मेरा २ जना भाईहरुलाई भने भेटिरहन मन लाग्छ ।
डेट जान मन लागेको व्यक्ति ?
त्यस्तो कोही पनि छैन,
गर्न मन लागेर पनि गर्न नपाएको कुरा ?
मलाई पढ्न मन थियो, तर मैले मेरो पढाई पुरा गर्न पाईन
पुरुषको के कुराले आकर्षण गर्छ ?
मलाई कम वोल्ने पुरुष मनपर्छ । अरुको सम्मान गर्ने पुरुष पनि मेरो रोजाईका छन् ।
देशको महिला मन्त्री भए के गर्नुहुन्छ ?
गाउँ गाउँमा रहेका महिलाहरुको हितको लागि काम गर्थे ।
अन्त्यमा के भन्नुहुन्छ ?
मैले अभिनय गरेको चलचित्र म छु नि तिम्रो भाईटिकाको अवसर पारेर प्रदर्शनमा आउदैछ, सवैलाई हेरिदिनुहुन अनुरोध गर्दछु ।
No comments:
Post a Comment