चलचित्रः मसान र कालापानीको प्रदर्शन सुरु

     काठमाडौं लगायत देशभरका हलमा शुक्रबारदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली सिनेमाहरु शुक्रबार प्रदर्शन हुने परम्परालाई निरन्तरता दिंदै यो हप्ता पनि दुई सिनेमा प्रदर्शनमा आएका हुन् ।

१. चलचित्रः मसान

निर्देशकः निर शाह
निर्माताः अरुण रिमाल
कलाकारः राजवल्लभ कोईराला, केकी अधिकारी, निता ढुङ्गाना, सुभद्रा अधिकारी आदि
कथाः साहित्यकार स्वर्गीय गोपाल प्रसाद रिमालको वहुचर्चित कृति मसानलाई आधार बनाएर तयार पारिएको यो चलचित्र शुक्रवारबाट देशभरका हलमा विना प्रचारप्रसार नै प्रदर्शनमा आएको छ । एउटा खानदानी युवक र उसका दुई श्रीमतीको कथा हो, मसान । पुरुषले महिलालाई शारिरीक आवश्यकता पूरा गर्नका लागि मात्र प्रयोग गर्छ भन्ने विषयलाई यो चलचित्रले उठान गरेको छ ।

चलचित्रः कालापानी
निर्देशकः उद्धव अविजित
कलाकारः निखिल उप्रेती, झरना थापा, संचिता लुईटेल, ऋचा घिमिरे आदि ।
कथाः चलचित्र कालापानी राष्ट्रियताको विषयलाई उठान गरिएको चलचित्र हो । नेपाल र भारतबीचको सिमाना र कालापानीको मुद्दालाई उठान गरिएको यो चलचित्र काठमाडौंका मुख्य मुख्य हलमा प्रदर्शनमा आएको हो । यो चलचित्र विश्वज्योति, गंगा, कलंकी, पुष्पाञ्जली लगायतका डेढ दर्जन हलमा प्रदर्शनमा आएको हो । बिना प्रचारप्रसार प्रदर्शनमा आएको यो चलचित्रले पनि व्यापार राम्रो गर्नेमा शंका व्यक्त गर्न सकिन्छ । नेपालमा राष्ट्रियताको विषयमा आधारित अधिकांश सिनेमा असफल भएका छन् ।अनलाइन खबर/नेपाल 

No comments: