मायाको वारीमा लुगा फेर्दाको हैरान

नयाँ-नयाँ हुँदा सवैलाई जोश त आउँछ नै । प्राय मानिष त्यस समयमा पैसाको पछाडी भन्दा पनि आफ्नो करिअरको पछाडी दौडिन्छ । नव नायक यशराजलाई पनि यस्तै भएको हुनसक्छ । सुरुवातमै राम्रो सिनेमा पाउनु त्यसमा पनि राम्रो व्यानरको कसलाई पो जोश नआउला र ? उनलाई पनि यस्तै भएको हुनसक्छ ।
गोपीकृष्ण मुभिजको व्यानरमा तयार भएको चलचित्र ‘मायाको वारीमा’ नायक छन् यशराज । उनले यसअघि स्वर नामक सिनेमामा अभिनय गरिसकेका छन् । स्वरले खासै कमालको आवाज निकाल्न नसकेपछि यशराजको करिअर अगाडी वढ्न सकेको छैन । केकी अधिकारीसँग चलचित्रको पर्दामा रोमान्स गरेका यशराजले यो चलचित्रका लागि चलचित्रको निर्माणपक्षले दिएको रकम त सकाए सकाए आफ्नै गोजीवाट पनि सकाएका छन् ।
यो चलचित्रको ५० दिन छायांकन भएको थियो । ५० दिनको अन्तरालमा यशराजले ५० जोर लुगा लगाएका रहेछन् । ५० जोर लुगाका लागि उनले केही निर्माणपक्षवाट सहयोग लिएको त केही आफ्नो गोजीवाट खर्चेको वुझिएको छ । ५० जोर लुगा चलचित्रमा नलगाएको भए पनि केही हुदैनथ्यो, तर यि नव नायकले आफुलाई राम्रो देखाउनका लागि यस्तो गरेका रहेछन् । उनले प्रत्येक दिन एउटा लुगा चलचित्रको छायांकनमा लगाएका छन् । चलचित्रमा उनले लगाएका सवै लुगा हेर्न पाईनेछ । यसरी ५० दिनको छायांकनमा ५० थरीका लुगा लगाउने यशराजको चाहना पनि अचम्मकै रहेछ । हेरौं यी नायकको यस्तो रहरलाई चलचित्र हेर्ने दर्शकले रुचाउँ छन् या रुचाउँदैनन् ।अनलाइन खबर

No comments: