'मसान'लाई चलचित्र विकास बोर्डले विशेष सिनेमा घोषणा गरेको छ । विशेष सिनेमा छनौटका लागि सिफारिस गरिएका ६ सिनेमालाई पछि पार्दै 'मसान'ले मान्यता जितेको हो । विशेष सिनेमा सिफारिस समिति संयोजक तथा वोर्ड प्रवक्ता विजय बस्नेतले ऐतिहासिक कृतिलाई जीवन्त राख्न र विशुद्ध नेपाली अलगधारको सिनेमा बनेकाले 'मसान' उत्कृष्ट ठहरिएको बताए ।
बोर्ड अध्यक्ष गणेश भण्डारीले देशभक्ति, राष्ट्रियता, कलात्मकता र प्रविधिको शिल्पबाट राम्रो बनेकाले 'मसान'लाई विशेष सिनेमाको रुपमा घोषणा गरिएको बताए । संयोजक बस्नेतका अनुसार सिफारिस गरिएका अन्य सिनेमाहरू कतिपय विवादित रहेको र ती चलचित्रको नाम भने सार्वजनिक गरिने छैन । नीर शाह निर्देशित चलचित्रलाई रिलिजको एकदिनअघि सरकारी मान्यता दिइएको हो । 'मसान' शुक्रबारदेखि उपत्यकामा रिलिज हुँदैछ ।
अंकको आधारमा भने मसान ‘जस्ट पास’ भएको हो । संयोजक बस्नेतका अनुसार 'मसान'ले जाँचकीमा ५१ अंक हासिल गरेको थियो । विशेष सिनेमाको सरकारी मान्यता पाउने सिनेमालाई प्रदर्शनमा अग्राधिकार हुन्छ । बोर्डले विशेष सिनेमा घोषणा नगरेपनि निर्देशक तथा निर्मातामध्येका एक नीर शाहले 'मसान'लाई विशेष सिनेमा बताउँदै आएका थिए । नाटककार गोपालप्रसाद रिमालको कृति 'मसान'मा सिनेमा आधारित छ । :-मेरो सिनेमा/नेपाल

No comments:
Post a Comment