Showing posts with label opinion. Show all posts
Showing posts with label opinion. Show all posts

शान्ति प्रक्रिया आश्चर्यजनक रुपमा टुंगिदैछ

नागरिक/Share
       अजित तिवारी, विराटनगर, कात्तिक १०- उप-प्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले शान्ति प्रक्रिया ‘आश्चर्यजनक'रुपमा टुंगिने दाबी गरेका छन्। उनले दलहरुबीच शान्ति प्रक्रिया टुंग्याउने सहमती अन्तिम चरणमा पुगेको समेत जानकारी दिए।
‘संविधानसभाको म्याद सकिनुअघि नै शान्ति प्रकृया आश्चर्य रुप पुरा हुन्छ'-विराटनगर विमानस्थलमा बिहीवार संवाददाताहरुसित कुरागर्दै गृहमन्त्री गच्छदारले भने,‘शान्ति प्रकृया टुग्याउन सबैपक्ष(दलहरु) लचक छन्।' उनले मंसिर १४ अघि शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउने आधार तय भइसक्ने बताए।
‘शान्ति प्रकृयाका लगभग धेरै कुरा मिलि सकेको छ'-उनले भने,‘सबै कुरामा सहमति भएपछि माओवादी लडाकुको रि-गु्पिङ थालिन्छ।' मन्त्री गच्छदारले लडाकुको संख्या, समायोजनमा नजानेको राहत प्याकेजको रकम र दर्जा निर्धारणमा मात्र कुरा अड्किएको जानकारी दिए। ‘कठिन कुरामा मेहनत बढी लाग्छ, ग्राह्रो काम ग्राहै तरिकाले टुगिन्छ'-गच्छदारले शान्ति प्रकृयाका बारेमा भने,‘कसैले पनि बाधा-अड्चन खडा गर्ने स्थिति अब छैन।'
माओवादी-मधेशी मोर्चाबीच शान्ति प्रकृया र संविधान निर्माणकै लागि गठबन्धन भई सरकार गठन भएको जानकारी दिदै गच्छदारले निर्धारित समयमै दुबै प्रकृया पुरा हुने विश्वा व्यक्त गरे।

‘‘धवलागिरि अञ्चलमा प्रचलित बाललोकगीत’’ माथि समाजशास्त्रीय टिप्पणी

राजेन्द्र पहाडी/कुश्मा, पर्वत
        नेपाल प्रज्ञा प्रतिष्ठान बालसाहित्य विभागद्वारा रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङको संयोजकत्वमा धवलागिरि अञ्चलको सदरमुकाम बागलुङ बजारमा सम्बत् २०६७ साल जेठ २८ र २९ गते आयोजित दुई दिवसीय बालसाहित्य सङ्गोष्ठीमा लोक साहित्यका अध्येता तथा पृथ्वीनारायण क्याम्पस पोखराका सह–प्राध्यापक डा. कुसुमाकर न्यौपानेले प्रस्तुत गर्नुभएको ‘‘धवलागिरि अञ्चलमा प्रचलित बाललोकगीत’’ विषयक कार्यपत्रमाथि समाजशास्त्रीय दृष्टिबिन्दूबाट यो संक्षिप्त टिप्पणी गरिएको छ ।
पर्वत जिल्लाको दक्षिणवर्ति पैंयुखोला क्षेत्रमा जन्मे, हुर्केर उच्च शिक्षा हासिल गरी नेपाली लोक साहित्य, संस्कृति र भाषाको सोधखोज र अनुसन्धानमा तल्लीन संस्कृतिविद् डा. कुसुमाकर न्यौपानेको नेपाली लोक संस्कृतिको अन्वेषण, प्रवद्र्धन र सम्बद्र्धन गर्ने काममा अतुलनीय योगदान रहेको छ । यिनी नेपाली ग्रामीण लोक संस्कृतिका चर्चित अध्येता हुन् । यिनले धवलागिरि क्षेत्रको मात्र होइन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तरमा हिमालयदेखि दक्षिणमा तराईसम्मको लोक संस्कृतिको अध्ययन गर्न भ्याएकाछन् । आफूले गरेको खोज अनुसन्धानको श्रव्य÷दृश्य प्रमाण प्रस्तुत गर्न सक्ने डा. न्यौपानेको नूतनशैली अनुकरणीय छ । यिनै सांस्कृतिक स्रष्टा डा. कुसुमाकर न्यौपानेको कार्यपत्र ‘‘धवलागिरि अञ्चलमा प्रचलित बाललोकगीत’’ माथि समाजशास्त्रीय कोणबाट समीक्षात्मक टिप्पणी गर्दै यो लघुआलेख तयार गरिएको छ । 

पृष्ठभूमि
       डा. न्यौपानेलिखित प्रस्तुत कार्यपत्र डिमाइ साइजमा सन्दर्भ सामग्रीसहित कूल मिलाएर २० पृष्ठमा संयोजित छ । कार्यपत्रमा प्रमुखरुपमा नेपालको पश्चिमाञ्चल क्षेत्र अन्तरगत पर्ने धवलागिरि अञ्चलभित्र नेपाली भाषामा गाइने बाललोकगीतहरुलाई अध्ययनको विषय बनाइएको देखिन्छ । मूलतः पत्रमा बाललोकगीतको परिभाषा दिंदै यस अञ्चलभित्र प्रचलनमा रहेका बाललोकगीतको अध्ययन परम्परा, यहा“ प्रयोगमा रहेका बाललोकगीतको वर्गीकरणका आधार र तिनका प्रकार अनि विशेषतालाई उजिल्याउने काम गरिएको छ । बाललोकगीतका क्षेत्रमा देखापरेका सबै प्रवृत्ति, स्वभाव र विविधतालाई अटाउन नसकिएको यस कार्यपत्रमा कूल ३५ वटा नेपाली भाषामा गुन्गुनाइने बाललोकगीतका टुक्राङ्शलाई समावेश गरेको देखिन्छ ।
वास्तवमा बाललोकगीतहरु भनेका तत्समाजका अमूल्य निधि र परिचायक हुन् । समाजलाई जस्ताको तस्तै चिन्न, खोतल्न, छिमल्न र अन्वेषण गर्न यिनले सघाउ“छन् । भनिन्छ– बालकको बोलीमा भगवानको आवाज हुन्छ । उनीहरु सधैं र जुनसुकै अवस्थामा पनि सत्य बोल्छन् । तसर्थ बालबालिकास“ग सम्बन्धित भएर रचना गरिएका तथा प्रयोग गरिएका बाललोकगीतहरुले पनि यो वा अर्को कोणबाट मौजुदा समाजको सत्य चित्रण गर्न सहयोग गर्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । यस भनाईमा समर्थन जनाईरह“दा के तथ्य पनि भूल्न मिल्दैन भने बालबालिकाको अबोधपनलाई हतियार बनाएर तिनैको मर्म–मर्ममा प्रहार गर्न खोज्नु हु“दैन । अर्थात बाललोकगीतहरु तिनका लागि जीवनदायिनी ऊर्जा बन्नु पर्दछ । गीतबाट तिनले जीवन र जगत सिक्ने, बुझ्ने र जस्ताको तस्तै ठम्याउने अवसर पाउनु पर्दछ । अझ सकिन्छ भने बाल साहित्यका माध्यमबाट बालबालिकाले सामाजिक विज्ञानका बारेमा थाहा पाउने अवसर प्राप्त गर्नुपर्दछ ।
भविश्यका कर्णधार भनिएका आजका बालबालिकाले जे जस्तो सिक्दछन् त्यसको प्रभाव तिनको आगतमा अवश्य पर्नेछ । तसर्थ हामीले तिनलाई कज्याउनका लागि मात्र पृष्ठभूमि तयार ग¥यौं भने त्यो बेइमानी मात्र हुनेछ । तिनलाई तागत, जोश र जा“गर प्रदान गर्न सक्ने बाललोकगीतको सिर्जना, प्रयोग र निरन्तरताले मात्र हाम्रो लोकसंस्कृतिको स्व–पहिचानलाई जोगाइराख्न मद्दत पुग्ने स्थिति बन्न सक्छ । यसैसन्दर्भमा डा. न्यौपानेले तयार गरेको कार्यपत्रको धरातलमा उभिएर आम नेपाली बालबालिकाको बालसुलभ मनोभावनालाई प्रगेल्ने आधार प्रसस्त भएको छ ।

कार्यपत्रको अन्तरवस्तु
            डा. न्यौपानेले धवलागिरि अञ्चललाई र यस अञ्चलभित्र बसोबास गर्ने नेपालीभाषी समुदायलाई केन्द्रमा राखी यो अनुसन्धान पत्र तयार गरेका हुन् । यसभित्र धवलागिरि अञ्चलभित्र लोकगीतको अध्ययन गर्ने क्रममा पूर्व अध्येताहरुले यहा“का बाललोकगीतका विविध पक्षका बारेमा दिएको सूचनाहरुलाई समावेश गरेको देखिन्छ भने यस क्षेत्रमा प्रचलनमा रहेका बाललोकगीतलाई आकार, गायक, विषय, उद्देश्य, अर्थ र शैली गरी छवटा आधारमा वर्गीकरण गरेर तिनका प्रकार पर्गेल्ने प्रयत्न गरिएको छ । यसबाहेक बाललोकगीतका आधारभूत विशेषताहरुलाई सामान्य व्याख्या सहित पस्किएको देखिन्छ ।
कार्यपत्रमा बाललोकगीतका विशेषताहरुलाई मौखिक परम्परा, अकृत्रिमता, सरलता, संक्षिप्तता, शैलीगत र लयगत विविधता, अन्तराको प्रधानता, बालसुलभ विषयवस्तु र भाव, बालसुलभ भाषा, बालबालिकाका निम्ति गाइनु, मनोरञ्जनात्मकता आदि भनि उल्लेख गरिएको छ । कार्यपत्रले धवलागिरि अञ्चलमा प्रयोगमा रहेका कतिपय बाललोकगीतहरु आधुनिकताको प्रवेशस“गै लोपहुने अवस्थामा रहेको कुरालाई स्वीकार गरेको छ भने यस क्षेत्रका बाललोकगीतलाई वैज्ञानिक ढङ्गले सङ्कलन गरी तिनलाई यथोचित संरक्ष्ँण गर्न आवश्यक देखिएको छ भनी सुझाव प्रस्तुत गरेको छ ।

बाललोकगीतको समाजशास्त्र
       प्रस्तुत कार्यपत्रको रुपरेखा र यसभित्र अटाएका बाललोकगीतको शैली, संरचना, उद्धेश्य र रुपलाई अनुशीलन गर्दा के देखिन्छ भने मूलतः बाललोकगीतहरुले नेपाली ग्रामीण समाजको दैनन्दिन क्रियाकलापहरुको सेरोफेरो समातेका हु“दा रहेछन् । हाम्रो सामाजिक–आर्थिक सम्बन्ध र उत्पादन पद्धति एवं शक्ति सम्बन्धका आधारमा सोही बमोजिमका बाललोकगीतहरु सिर्जना हु“दा रहेछन् । विकसित देशका बालबालिकाले ‘मिक्की माउस’का कुरा गर्दा हाम्रा बालबालिकाले ‘‘चि...मुसी, चि...मुसी’’ गाएको कुराले यहि सन्दर्भलाई पुष्टी गर्दछ । धनी देशका कलिला हातहरुले कम्प्यूटरको स्क्रिनमा विश्व सयर गर्दैगर्दा हाम्रा भूराभूरीहरु भोकभोकै भाइबैनी स्याहार्न र भेडाबाख्रा चराउन बाध्य थिए । त्यसैले भोकले आकुल ब्याकुल भएर निकै सताएपछि तिनले अन्तरहृदयको सत्य ओकले र गीत गाए– ‘‘ताराबाजी लैलै...मामा आए घोडा, माइजु आइन् डोली’’ । समृद्ध देशका बच्चाका हातले ल्यापटप खेलाउने अवसर पाइसक्दा हाम्राले धुलेपाटी पनि नपाएको अवस्थामा सोही खालका बाललोकगीत बनेहोलान् भनेर अड्कल काट्न कठिन छैन । ‘‘दुकुर दुकुर कुइरा’’ भन्दै डा“डामाथिको कुइरो लखेट्ने नियति हाम्रा सबै बालबालिकाले भोगेको तितो यथार्थ हो ।
कार्यपत्रमा प्रयुक्त धवलागिरि क्षेत्रका नेपालीभाषी बालबालिकाहरुले प्रयोग गर्ने र तिनका लागि प्रयोग गरिने बाललोकगीतहरुको उठानको जग हाम्रै समाज व्यवस्था हो, जुन समाज अतिशय विभेद, अन्याय, अज्ञानता, असमानता र अचाडूपनमा आधारित छ । यस भेकमा गाइने बाललोकगीतले समग्र नेपाली ग्रामीण गाउ“वस्तीहरुको प्रतिनिधित्व गर्न सक्दछन् भन्ने देखिन्छ । धेरैजसो बाललोकगीतहरु बालबालिकालाई सुताउ“दा, खुवाउ“दा, नचाउ“दा, कुनै काम गराउ“दा, झैझगडा गरेको समयमा फुल्याउ“दा गुन्गुनाउने÷गाइने परम्परा रहेको छ । डा. न्यौपानेको कार्यपत्रमा पनि यिनै प्रयोजनका लागि रचना गरिएका बाललोकगीतहरुलाई प्राथमिकताका साथ उठाइएको पाइन्छ । उनको पत्रमा उद्धरण गरिएका केही बाललोकगीतहरु यस्ता रहेकाछन्– ‘‘नाई बूढी नाईनाई’’, ‘‘कुक्कु, देखें’’, ‘‘काने काने कुर्र, चरी उड्यो भुर्र’’, ‘‘ का बूढी आयो, भा“डाकु“डा लुकायो’’, ‘‘को खाई बाबु को खाई’’, ‘‘थिरथिर लौरी कुवा जा’’, ‘‘ऐया आमा घैया पाक्यो’’, ‘‘नाच न नानी नाचन’’, ‘‘ए लहरे है पहरे’’, ‘‘ताराबाजी लैलै’’, ‘‘कुखुरी का“’’, ‘‘हुटिट्याउ“ले फुल पा¥यो’’, ‘‘टपटप टिपी’’, ‘‘हा बाबु हा’’, ‘‘चुनु बाबु चुनु’’, ‘‘तु तु तु नु नु नु’’, ‘‘चिमुसी चि’’, ‘‘यति यति पानी’’, ‘‘बब बा“, बुबु दे’’, ‘‘ढुकुमुकु ढुकुमुकु कसको हात ?’’, ‘‘हरहर महादेउ पानी देऊ देऊ’’, ‘‘लुतो लैजा, लुतो लैजा’’, ‘‘दशैं आयो खाम्लापिम्ला’’, ‘‘घामपानी घामपानी’’, ‘‘जाडो भयो जडेनी’’, ‘‘दुकुर दुकुर कुइरा’’, ‘‘उड्कुसीमुड्कुसी’’, ‘‘धैया बाबु धैया’’, ‘‘चचहुई सररररररर’’, ‘‘हुतुतुतु पन्जा बाघपन्जा’’, ‘‘उम्मोडुम्मो खैराखोर’’, ओरोडोरो काठे कोरो’’, ‘‘कोक्कलडोक्कल कौने मारी’’, ‘‘गोठे लौरी गोठै जा’’ र ‘‘चहै बाबु चहै’’ ।
वस्तुतः डा. न्यौपानेको कार्यपत्रमा उल्लिखित बाललोकगीतहरु आलिसान महलमा जन्मेकाहरुका उपज होइनन् । यि हुनेखानेहरुका भन्दा पनि भएखाने वर्गका बालबालिका र तिनका अभिभावकका सिर्जनाहरु हुन् । पुगीसरी खाने र पु¥याएर खानेबीचको खाडल यि बाललोकगीतले यो वा अर्को ढंगले उजागर गरेकाछन् । ‘कोही त भने जहाजमा सरर...कोही त भने पसिना धरर...’ को वस्तुतथ्यलाई पत्रमा समाविष्ठ बाललोकगीतले राम्रैस“ग उद्बोधन गरेकाछन् । वास्तवमा शहरी क्षेत्रका ठूला–ठूला महलमा बस्ने र चरम सुखसुविधामा हुर्केका बालबच्चाहरुलाई दूध के बाट आउ“छ भन्यो भने तिनको सहज उत्तर हुन्छ दुध ट्रकले या दूधबोक्ने गाडीले ल्याउ“छ । त्यसैले तिनका लागि ‘‘बब बा“ बुबु दे’’ भन्ने बालगीतको कुनै उपादेयता रहन्न । तिनका घरमा कहिल्यै अन्न–पानीको अभाव हुन्न । तिनलाई जेठ–असार कुरेर खेतीपाती लगाउनु छैन । यसोभएकाले तिनलाई आकासबाट पानी पर्नु र नपर्नुले तात्विक अर्थ राख्दैन । खेतीपाती र पानीको सम्बन्धलाई खुट्टाउने हैषियत नराख्ने सम्भ्रान्त बालबालिकालाई ‘‘हरहर महादेव पानी देऊ देऊ’’ भन्ने बालगीतले कुनै आकर्षण पैदा गर्न सक्दैन । तिनले चोखो, मिठो–मसिनो खान कुनै चाड्बाड् कुर्नु पर्दैन भने ‘‘दशैं आयो खाम्ला पिम्ला’’ भन्ने गीत गाउनुको खासै अर्थ तिनका लागि रह“दैन, फगत रङ्गरमाइलो बाहेक ।
ग्रामीण बस्तीमा रहेबसेका हाम्रा बाबुआमालाई सधैं कामको चटारो । दशनङ्ग्रा खियाएर काम गर्दा पनि दुई–तीन महिनाका लागि अन्न जुटाउन हम्मेहम्मे । तिनीहरुले कहिल्यै सुखका सास फेर्न पाएनन् र पाइरहेका छैनन् । बिहान उठेदेखि राती अबेरसम्म कुनै न कुनै काममा जोतिनु पर्ने अभिभावकका लागि कलिला उमेरका सन्तानलाई काखमा राखेर लाडप्यार दि“दै हुर्काउने रहर हु“दाहु“दै पनि त्यो सम्भव थिएन र छैन । त्यसैले ति अभिभावकले करै गरेर भएपनि बच्चालाई नसुताई काममा जान मिलेन । परिणामतः रमाइलो बाललोकगीत जन्म्यो– ‘‘चुनु बाबु चुनु’’ । यस्ता प्रकृतिमा थुप्रै बाललोकगीतहरुको धनी छ हामी रहेबसेको समाज । यहा“ विविध बान्कीका गेयात्मक र लयात्मक टुक्राटाक्रीले बालगीतको स्वरुप धारण गरेकाछन् । ‘‘सुरी.....आ’’, ‘‘म्याउ–म्याउ बिरालो’’ र ‘‘छुपुछुपु तेल–बाबु जर्नेल’’ पनि यस्तै बालबालिकास“ग सम्बन्धित लोकगीतहरु हुन् ।
बालबालिकालाई कुन प्रयोजनका लागि गीत गाइनुपर्ने हो सोही आधारमा बाललोकगीतहरु बनेको देखिन्छ । खुवाउ“दा, पियाउ“दा, सुताउ“दा, डर देखाउ“दा, हसाउ“दा आदि विभिन्न उद्देश्यका लागि पृथक–पृथक लोकगीतहरु सिर्जना भएकाछन् । बालबालिकाका बाबुआमाले, दाजुदिदीले, काकाकाकीले र छरछिमेकी लगायतकाले गाउने तथा बालबालिका स्वयंमले गाउने गीतहरु छुट्टाछुट्टै भएको देखिन्छ । यसबाट के थाहापाउन सकिन्छ भने हाम्रो समाजमा आवश्यकता र औचित्यताका आधारमा बाललोकगीतहरु स्वतःस्फूर्त तयार हु“दै र प्रयोग गरि“दै आएका छन् ।

कार्यपत्रमा सम्लग्न बाललोकगीतका समाजशास्त्रीय प्रकारहरु
         व्यक्ति, समाज र संस्कृतिको परिचय स्थापित गर्न मद्दत पु¥याउने बाललोकगीतहरु
भोलीका कर्णधार भनिएका बालबालिकालाई संस्कार सिकाउने प्रकृतिका बाललोकगीतहरु
बालबालिकालाई सामाजिकीकरण गर्न सहयोग पुर्याउने बालबालोकगीतहरु
बालबालितकालाई आफ्नो समाजको अन्तरक्षेदन(एभलभतचबतष्यल) मा सघाउ पुर्याउने बाललोकगीतहरु
बालबालिकाको पारिवारिक तथा सामाजिक बैधता (क्यअष्ब िीभनष्तष्mबअथ) स्थापित गर्न सघाउने
बाललोकगीतहरु
बालबालिका तथा पाका–पुराना पुस्ताका व्यक्तिहरुको मनो–सामाजिक प्रवृत्तिलाई उजागर गर्ने बाललोकगीतहरु
डा. न्यौपानेको लोक सभ्यता र संस्कृति अध्ययनको पृष्ठभूमि ग्रामीण परिवेश नै हो । तसर्थ सामन्ती सम्बन्धले बा“धिएको नेपाली समाजको वस्तुयथार्थ प्रकटीकरण गर्न उनको पत्रमा समेटिएका बालगीतहरु केहीहदसम्म सफल छन् । त्यसो त विगत र वर्तमानमा अस्तित्वमा रहेको समाज र संस्कृतिको रौंचिरा विश्लेषण गर्न बाललोकगीतहरु सहयोगी हुने कुरामा कुनै शंका गर्न सकिंदैन । बालबालिकाहरुका लागि तयार गरिएका यि लोकगीतहरुले नेपाली समाजको अधिसंरचना (क्तचगअतगचभ) र त्यसको जगमा उभिएको उपरी संरचना (क्गउभच क्तचगअतगचभ) लाई राम्रैस“ग उधिन्न सहयोग पुग्छ । बालमनोविज्ञानमा आधारित भएर प्रचलनमा आएका यस्ता गीतहरुले समकालीन समाजको छिन्द्रान्वेशण गर्न मनग्गे मद्दत गरेको भेटिन्छ पनि ।
प्रस्तुत कार्यपत्रमा समावेश गरिएका केही बालगीतहरुलाई मात्र आधार बनाएर विश्लेषण गर्ने हो भने पनि के देखिन्छ भने हाम्रा बाललोकगीतहरु पनि सामाजिक, सांस्कृतिक र लैङ्गिक विभेदमा आधारित भएर बनेका रहेछन् । समाजमा आजसम्म अस्तित्वमा रहेको छोरा र छोरीबीचको असमान शक्ति सम्बन्धलाई केही बाललोकगीतहरुमा पनि समावेश गरिएको पाइन्छ । जसका कारणले अबोध बालबालिकाले नचाहेरै पनि केटा र केटीका बीचको विभेदलाई आत्मसाथ गरिरहेका हुन्छन् । ‘‘नाई बूढी नाई’’, ‘‘का बूढी आयो’’, ‘‘नाच न नानी नाचन’’ र ‘‘जाडो भयो जडेनी’’ जस्ता गीतले महिला (छोरी) लाई गीतको पात्रको रुपमा प्रस्तुत गरेको देखिन्छ भने ‘‘को खाई बाबु को खाई’’, ‘‘हा बाबु हा’’, ‘‘चुनु बाबु चुनु’’ र ‘‘धैया बाबु धैया’’ जस्ता गीतले पुरुष (छोरा) लाई पात्रको रुपमा चयन गरेकाछन् । त्यसो त बालउमेरका नानीबाबुहरु छोरा–छोरी जे भएपनि ‘बाबु’ या ‘नानी’ भनेर सम्बोधन गर्ने चलन आज पनि अस्तित्वमा रहेकै छ । यसका अलवा अन्य कैयन बाललोकगीतहरु छन् जसले जातीय रुपमा रहेको सामाजिक विभेदलाई कायम राख्न वा कलिला बालबालिकाहरुलाई सोही खालको सामाजिकीकरण प्रक्रियामा लैजान सहयोगी भूमिका खेलेका हुन्छन् । ‘‘चंखे डुम–राते डुम’’ र ‘‘गोतामे गोतामे–तीन ताउले’’ जस्ता गीतले कुनै खास जाती विशेषको उछितो काड्ने र तिनको अपमान गर्ने कुरालाई जोड दिएको देखिन्छ । यसैगरी ‘‘बिराली सुरसुर–बिरालो ङ्यार्र’’ जस्ता गीतले महिला या पोथीजाती अलिक कमजोर, लजालु, नरम हुने र पुरुष या भालेजाती केही आक्रामक, हिंस्रक र कडा स्वभावको हुने कुरालाई देखाउन खोजिएको भेटिन्छ । यस्ता प्रसङ्गबाट बाल मस्तिष्कले पनि त्यहि खालको स्वभाव र दृष्टिकोण बनाउन सक्ने सम्भावनालाई मलजल गर्छ ।
यसरी कतिपय अवस्थामा हाम्रा बाललोकगीतहरुले पारस्परिक सद्भाव, भाइचारा, बन्धुत्व र सहिष्णुतामा अडिएको नेपाली समाजलाई तिक्ततातर्फ लैजान सहयोग पु¥याउने त हैनन् भन्ने प्रश्न उब्जिनु स्वाभाविक लाग्दछ । जे होस् जे जती बाललोकगीतहरु धवलागिरि क्षेत्रमा र खासगरी यहा“का नेपालीभाषी समुदायमा प्रचलनमा रहेकाछन्, तिनले सिङ्गो धवलागिरि क्षेत्रको प्रतिनिधित्व गर्न सहयोगी भूमिका खेल्न सक्लान् भन्ने विश्वास गर्न सकिन्छ । परन्तु, जातीय, भाषिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक बहुलतामा आधारित समाजमा खास भाषिक समुदाय (नेपाली भाषी) को मात्र अध्ययन गरिएकाले यसबाट आएको निश्कर्ष सबैका लागि लागू नहुन सक्दछ । धवलागिरि क्षेत्रमा बसोबास गर्ने अन्य थुप्रै भाषिक, धार्मिक तथा जातीय समुदायलाई पनि यस्तो प्राज्ञिक महत्वको अध्ययनमा समावेश गर्न सकिएका भए ‘फूलमा सुगन्ध’ झैं हुने थियो नै ।
टुङ्ग्याउनी
         कार्यपत्रमा समेटिएका सबैजसो बाललोकगीतहरु सदियौंदेखि नेपाली समाजमा प्रचलनमा रह“दै आएका बालगीतहरु हुन् । यि बाललोकगीतहरु धवलागिरि क्षेत्रका नेपालीभाषी समुदायले मात्र नभई नेपालका विभिन्न भू–भागमा बसोवास गर्ने जातजातीहरुमा प्रयोग हु“दै आएको पाइन्छ । पछिल्लो समयमा नेपाली समाजमा उदाएको चेतना, जागरण, बाह्य सम्पर्क र सम्बन्धका कारणले समाजको संस्कार, चालचलन, रीतिरिवाज, प्रथा, परम्परा, शैली, विश्वास, आचार विचार आदिमा ठूलो परिवर्तन आएको छ । यिनै परिवर्तनको भेलमा हाम्रा पुरातन मान्यता र प्रचलनहरु पनि दिन दुईगुणा र रात चारगुणाको दरले फेरिन अटेसमटेस गरिरहेको देखिन्छ । बालबालिकाको क्ष्ँेत्रमा पनि ठूला परिवर्तनहरु आएकाछन् । बालअधिकारका कुरा उठिरहेकाछन् । बालबालिकालाई डर, त्रास देखाई तर्साउनु, धम्काउनु हु“दैन भन्ने अवधारणाले ठाउ“ लिइरहेको अवस्था छ । हरेक क्षेत्रमा बालबालिका प्राथमिकतामा राखिनुपर्छ भन्ने आवाज सघन ढंगले मुखरित भैरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै बालहिंसाका विरुद्धमा वातावरण निर्माण भैरहेको छ ।
आधुनिक शिक्षा पद्धतिले नया“–नया“ शैलीका बालशुलभ कथा, गीत, लघुनाटक र खेलहरुको विकास गरिरहेको छ । यस्तो परिवर्तनबाट धवलागिरि क्ष्ँेत्र पनि अछुतो छैन र हुनु पनि हु“दैन । पछिल्लो समयमा बाललोकगीतको क्षेत्रमा पनि समसामयिक परिवर्तनहरु आउन थालेको छ । विद्यालयहरुमा गुरु–गुरुआमाहरुले बालबालिकालाई नया“ रुप र शैलीमा जीवनोपयोगी बालगीतहरु सिकाइरहेकाछन् । नाकको सिंगान पुछ्न नजान्ने नानीबाबुहरुलाई विद्यालयमा शिक्षक–शिक्षिकाहरुले बालगीतकै माध्यमबाट कखरा र ब्द्यऋम् सिकाइ रहेकाछन् । यस्ता कुराहरु पनि कार्यपत्रमा समेट्न सकिएको भए कार्यपत्र थप ओझपूर्ण हुने कुरामा ऊर्जा मिल्ने थियो । तथापि, एउटै पत्रमा सबैकुरा, सबैक्षेत्र र सबै सवाललाई समेट्नु निकै चुनौतिको विषय हो । तैपनि अचेल चलेको समावेशीकरणको औचित्यतालाई नजरअन्दाज गर्न नमिल्ने भएकाले सबै जात, लिङ्क, वर्ण, सम्प्रदाय, भाषाभाषी र वर्गलाई अध्ययनको दायरामा राख्नु समिचीन नै हुने देखिन्छ । यस क्षेत्रमा बसोवास गर्ने मगर, गुरुङ, बोटे, भोटे, थकाली, कुमाल आदि जनजाति समुदायमा प्रचलनमा रहेका तत्तत् भाषाका बाललोकगीतहरुलाई पनि कार्यपत्रमा प्रस्तुत गर्न सकिएको भए यसको महत्ता र गरिमा उचाईमा पुग्ने कुरालाई नजरअन्दान गर्न सकिंदैन ।
कार्यपत्र प्रस्तोता डा. न्यौपानेले स्वीकार गरेजस्तै अहिले विस्तारै विस्तारै हाम्रो लोक संस्कार, संस्कृति र सामाजिक मूल्यहरु खस्कि“दो अवस्थामा रहेकाछन् । यिनको संरक्षण, सम्बद्र्धन र सदुपयोगमा यथोचित ध्यान नदिने हो भने अबको केही समयपछि बाललोकगीतहरु पनि एकादेशको कथामा सीमित हुन सक्ने अवस्था नआउला भन्न सकिंदैन । तसर्थ राज्यको तर्फबाट पनि बालबालिकास“ग सम्बन्धित यस्ता लोकगीतहरुलाई खोज अनुसन्धान गर्ने, रेकर्ड गर्ने, छायाङ्कन गर्ने, पाठ्यक्रममा राख्ने, सार्वजनिक प्रयोगका लागि उत्साहित गर्ने आदि कार्यक्रमहरु ल्याउन जरुरी छ । यसैगरी सम्बन्धित समुदायको तर्फबाट पनि आफ्नो सांस्कृतिक परिचय र गरिमालाई जोगाउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ । स्थानीयस्तरमा जिल्ला विकास समिति, नगरपालिका र गाउ“ विकास समितिहरुले आ–आफ्नो क्षेत्रको लोक संस्कृतिलाई संरक्षण गर्न अध्ययन अनुसन्धानलाई व्यवस्थित गर्ने, अनुसन्धानबाट आएको निश्कर्षलाई सुरक्षित राख्ने, लोक संस्कृतिको प्रचारप्रसार गर्ने, लोक साहित्य र संस्कृतिका बारेमा अध्ययन गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने आदि काममा सघाउन सक्दछन् । 
बालबालिकाको सन्दर्भमा कुरा गर्दा स्वयं बालबालिकालाई नकारात्मक प्रभाव पार्ने, सामाजिक सद्भाव विथोल्ने, असमानता सिर्जना गर्न सहयोगी भूमिका खेल्ने प्रकृतिका बाललोकगीतलाई छोड्दै जाने वा आवश्यक परिमार्जन र संशोधन गरी प्रयोगमा ल्याउन अब ढिलो गर्नु हु“दैन । कम्प्यूटर, इमेल, इन्टरनेटको प्रयोग गरी आफूलाई सबैभन्दा दक्ष सावित गर्ने होडमा लागेको आजको बालपुस्तालाई उनीहरुको मौलिक संस्कार, परम्परा र संस्कृतिलाई आत्मसाथ गर्न सक्ने बनाउनु ठूलै चुनौतिको विषय हो । अंग्रेजी भाषाप्रतिको बढ्दो मोहका कारणले हाम्रा अभिभावक र बालबालिकाहरु समेत मौलिक संस्कृतिको प्रयोगप्रति उदासिन बन्दै गएको वस्तुसत्यलाई समयमै निरुपण गरी नेपालीमात्रको गौरव र पहिचानको धरोहर लोकसंस्कृति र यसस“ग सम्बन्धित सांस्कृतिक सम्पदाहरुलाई जगेर्ना गर्न सबैले सोच्नै पर्दछ । पश्चिमाकरण, शहरीकरण, आधुनिकीकरण, उदारीकरण र उपभोक्तावादी संस्कृति हावी बनिरहेको आधुनिक समयमा हाम्रा गाउ“वेसीमा हुर्केको पुरानो संस्कृति छायामा पर्ने सम्भावना बढिरहेको छ । तसर्थ हाम्रो मौलिक पहिचानलाई स्थापित गर्न हामी आफैले कम्मर कसेर लाग्नु पर्ने कुरामा सायद कसैको दुईमत नरहला । बालबालिकाका लागि प्रयोग गरि“दै आएका बाललोकगीतको सम्वद्र्धन, संरक्षण र प्रवद्र्धनको क्षेत्रमा पनि गम्भीर ढंगले सोचेर नलाग्ने हो भने आजपर्यन्त प्रयोगमा रहेका बाललोकगीतहरु पनि समयको चक्रमा पिल्सिदै गएर नामोनिसान हराउने स्थितिमा नपुग्लान भन्न सकिंदैन । अस्तु :

(समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं शिक्षाशास्त्रका स्नातक समालोचक श्री पहाडी शिवालय बहुमुखी क्याम्पस, कुश्मा पर्वतमा प्राध्यापन गर्छन् ।)

नयाँ नेपाल र विदेश नीति


'बडाले जो गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत' भन्ने उक्ति कूटनीतिक अभ्यासमा बराबर संस्मरणमात्रै होइन, विश्व राजनीति र कूटनीतिको यथार्थलाई समेत प्रतिविम्बित गर्ने वाक्यांशका रूपमा देख्न सकिन्छ । २००७ सालको क्रान्तिपछि केही समय नेपाल अनिश्चित मोडमा रहेर इतिहासको नयाँ पर्दा पछाडि आफ्नो स्थान पहिल्याउनमा व्यस्त रह्यो । बाँकी विश्वले साम्राज्यबाट स्वतन्त्रता हासिल गरेर आफ्नो नयाँ पहिचान बनाउने र विश्वका अन्य मुलुकसँग सहकार्य गर्ने आधार खोज्दै थिए । नेपालमा पनि त्यस्तै अभ्यासको क्रममा कूटनीतिको आधारका लागि मुन्सिखानाबाट परराष्ट्रको स्वरूप लिएर विश्वको अगाडि देखापर्‍यो । संगठनको स्वरूपको परिवर्तनको साथै विश्वलाई चिनेका, शिक्षा र अनुभव प्राप्त गरेका व्यक्तिहरूको खोजीमा राज्यले नयाँ पात्रहरूलाई अगाडि सार्‍यो, जसमध्ये नरेन्द्रमणि दीक्षित, रामप्रसाद मानन्धर र यदुनाथ खनाल पथप्रदर्शकका रूपमा देखापरे । यी तीनमध्ये पनि प्राध्यापक खनालको योगदान अतुलनीय रह्यो । नेपालको कूटनीतिमा उनको योगदान र उनले छाडेका वैचारिक मार्गले आजसम्म पनि निरन्तरता पाइरहेको छ ।
दोस्रो विश्वयुद्धपछि स्वतन्त्रता पाए पनि आर्थिक क्षमता र प्रशासकीय अनुभवको कमीले गर्दा नयाँ स्वतन्त्र राष्ट्रहरूले विश्व राजनीतिमा आफ्नो आकार अनुकूलको भूमिका खेल्न सकेनन् । यसले गर्दा विश्व शीतयुद्धको नयाँ आयाममा फँस्यो, जहाँ धेरैजसो राष्ट्रहरू आफ्नो आन्तरिक कमजोरीले गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शक्तिशाली राष्ट्रको पक्ष लिन बाध्य भए । शीतयुद्धबाट अलग रहन 'असंलग्न'को नयाँ अभियान सुरु भयो, जसमा भारतका नेहरू, इन्डोनेसियाका सुकार्नो, इजिप्टका नासर, युगोस्लाभियाका मार्सल टिटो र घानाका एनकुर्माको अहम् भूमिका रह्यो । संयुक्त राष्ट्रसंघमा धनी राष्ट्रहरूको बाहुल्य र दोस्रो विश्वयुद्धमा विजयी देशहरूले आफूलाई चित्त नबुझेको कुरामा सुरक्षा परिषदमार्फत प्रतिबन्ध गर्ने अधिकारका कारण धेरै समयसम्म संगठनको प्रभाव सीमित रह्यो र केही हदसम्म अझै सीमित नै छ । त्यो परिस्थितिमा असंलग्न राष्ट्रहरूले सुरु गरेको आयामको बढी महत्त्व थियो र नेपालले पनि संयुक्त राष्ट्रसंघका साथसाथै असलंग्न राष्ट्रको समूहमा सुरुदेखि नै सक्रिय भूमिका खेल्यो र सानै भए पनि उसको भूमिका उच्च तहकै रह्यो ।

नेपालले त्यो दसकमा बाँकी विश्वसँग दौत्य सम्बन्ध कायम गर्ने, विश्वव्यापी अभियानमा सक्रिय भूमिका खेल्ने, आफ्नो विकास निर्माणको काममा अन्तर्राष्ट्रिय तथा सम्पन्न राष्ट्रहरूसँग सहयोग जुटाउने, नजिकका छिमेकीहरूसँग भू-राजनीतिको वास्तविकतालाई ध्यानमा राखेर सम्बन्ध सुदृढ गर्दै लैजाने र नेपालको राष्ट्रिय पहिचानको विस्तारका साथै यथाशक्य सक्रिय भूमिका खेल्ने नेपालको नीति र आधार बन्यो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा दुईपटक निर्वाचित हुनाका साथै प्रायः सबैजसो राष्ट्रसंघीय संगठनहरूको सदस्यता लिएर आफ्नो कार्यक्षेत्र व्यापक गर्ने नीति नेपालले अपनाएको पनि त्यही समयमा हो । नेपाल आज जुन रूपमा विश्वसामु देखापरेको छ, राजनीतिक परिवर्तनको बाबजुद त्यो सोचाइ र धारणाको निरन्तरता देखिन्छ ।

बर्लिनको पर्खाल भत्किएपश्चात् विश्वव्यापी रूपमा प्रजातन्त्रका लागि नयाँ लहर सुरु भएको दुई दसकभन्दा लामो अभ्यास जारी छ । पूर्वकालदेखिका शक्तिकेन्द्रहरूको भूमिका आफ्नो सुरक्षा अवधारणाबाट निर्देशित रहेको छ । प्रजातन्त्रको स्वरूप एसिया, अपि|mका र दक्षिण अमेरिकामा देखापर्‍यो, तर त्यसको सार केही देशहरूले मात्र अंगीकार गर्नसके । बाँकी देशहरूमा आर्थिक कमजोरी, राजनीतिक द्वन्द्व र अन्य विभाजित मानसिकताले गर्दा प्रगति गर्न नसकेको र बढ्दो अराजकताको अनुभूति भएको पाइन्छ । हामी सैद्धान्तिक हिसाबले केही दसक अगाडि अंगीकार गरेको कूटनीतिक मार्गबाट विचलित भएका छैनौं, तर प्रशासन, प्रविधि र साधनको अभावले गर्दा प्रगतिको बाटोमा लम्किन नसेकेको आजको वास्तविकताले देखाउँछ । जसको घर बलियो छ, उसलाई बाहिरबाट पनि आस्थाको दृष्टिले हेरिन्छ ।

विश्व समुदायले मानवअधिकार र नागरिकको सुरक्षाको अवधारणालाई मापदण्ड बनाएर नयाँ आयाम सुरु गरेको पनि केही दसक भइसक्यो । यसलाई सैद्धान्तिक रूपमा अंगीकार गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको र धेरै देशहरूले सतही रूपमा मात्र अपनाएको देखिन्छ । एक सामान्य नागरिकले राज्यबाट संरक्षण खोज्छ र उसको कानुनी हकहितको सुरक्षा गर्ने जिम्मा राज्यको हुन्छ । आजको विश्वमा सिद्धान्त र त्यसको प्रतिपादनको बीचमा देखिएको बढ्दो खाल्टो देख्दा 'बडाले जे गर्‍यो', त्यसको प्रतिकार गर्ने क्षमताको कमी सर्वत्र छ । हालसालै नेपालमा आएको राजनीतिक परिवर्तन जसले शताब्दीदेखिको संरचना र अवधारणालाई पन्छाएर नयाँ नेपालको परिकल्पना गरेको छ, त्यो घटनाले अगाडि सारेको चुनौती कसरी अंगीकार गर्ने भन्ने जटिल प्रश्न हाम्रो अगाडि छ ।

विगत दुई-तीन वर्षको घटनाले विश्व कूटनीति नयाँ समीकरणको खोजीमा लागेको अनुभूति हुँदैछ । हिजोका शक्तिकेन्द्रहरू आज तुलनात्मक रूपमा कमजोर र हिजोका केही राष्ट्रहरू आर्थिक-प्राविधिक रूपमा छिटो गतिमा प्रगति गर्दै नयाँ शक्तिकेन्द्रका रूपमा देखापर्दैछन् । हिजो सुषुप्त रूपमा रहेका जनमानस आज आफ्नो हक र अधिकारका लागि संघर्ष गर्न तयार भएको परिचय धेरै देशहरूमा देखापरेको छ । यो परिवेशमा कुन सिद्धान्त अंगीकार गर्ने, कोसँग सामिप्य र कोसँग भिन्न रहने भन्ने चुनौती आज नेपाल लगायत धेरै मुलुकहरूका सामु छ । यसका लागि राष्ट्रिय स्वार्थको लक्ष्मणरेखा कोर्ने र त्यसभित्र नजिकको मित्र र अन्य मित्रको बीच कसरी सहकार्य गर्ने भन्ने प्रश्न हाम्रो अगाडि छ ।

नयाँ नेपालको परिकल्पनामा राष्ट्रव्यापी सोचाइको खाँचो देखिन्छ । राष्ट्रभित्रका इकाइहरूको अस्तित्वलाई राज्य र राष्ट्रले दरिलो पार्छ, कमजोर होइन भन्ने धारणा नहुन्जेल एकताको सूत्रमा बाँध्ने संविधानको संरचना पूर्ण र सर्वमान्य हुनसक्दैन । राष्ट्रिय सोचाइको परिधिभित्र अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति पर्छ । राज्यको स्वरूप र आकार जस्तो र जत्रो भए पनि राष्ट्रले विश्वमा खेल्ने भूमिका दूरदृष्टि, सही पहिचान र बौद्धिक अभ्यासमा भर पर्छ । जनताको हक र हितको सुरक्षा गर्ने र नागरिकलाई सक्षम, सबल र स्वाभिमानी बनाउने चुनौती नै आजको मूल प्रश्न हो । विश्वमा देखिएको सैद्धान्तिक विवाद र छिमेकमा अप्रत्यासित रूपबाट भएको प्रगतिलाई आफ्नो र विश्वको परिवेशमा अध्ययन गरेर राष्ट्रिय स्वार्थको नयाँ लक्ष्मणरेखा कोर्नुपर्ने चुनौती हाम्रो अगाडि छ । हाम्रो कूटनीतिक मार्गको सम्भावना र बाध्यताको लेखाजोखा तथा अनुभव विगत पाँच दसकमा भइसकेको छ । परिस्थितिले ल्याएको आवश्यक मोड लिनसक्ने क्षमता नेपाली जनमानसमा देखापरेको छ । नयाँ नेपालको परिकल्पनामा कूटनीतिमा आवश्यक लचक हुनुपर्ने तर त्यसको आधार राष्ट्रिय संकल्पलाई बनाउनुपर्ने र त्यसमा दृढ रहनुपर्ने आवश्यकता अहिले छ ।

लेखक पूर्व परराष्ट्रमन्त्री हुन् ।
साभार:- इ कान्तिपुर

राजनीतिक सिद्धान्त र जीवनका फरक-फरक रंग


                                                                                                                                            विजयकुमार

विश्वेश्वरप्रसाद कोइरालाको जीवित अनुहार मैले कहिल्यै देखिन । जीवनमा प्रथम र अन्तिम पटक उहाँको दर्शन पाउदा बीपी मृत्युशय्यामा पल्टिसकेका थिए । म रत्नपार्कनेर हल्लिरहेको थिएँ, अचानक ठूलो कोलाहाल सुनें, रानीपोखरीतिरबाट 'जिन्दाबाद रु अमर रहुन्' जस्ता आवाजहरू आइरहेका थिए । ती दिनहरू पञ्चायती सन्नाटाका दिनहरू थिए । राजा-रानीहरूको जन्मदिनमा बाहेक अरू कसैको जिन्दाबाद भनिएका आवाज राजधानीमा दुर्लभ थिए । म क्याम्पसमा विद्यार्थी थिएँ । राजनीतिमा रत्तिभर रुचि थिएन । कक्षामा पढाइने पुस्तक र टोलकै एउटा केटीबाहेक मेरानिम्ति बाँकी संसारको कुनै अर्थ थिएन । त्यहीं केटी आउँछे कि भनेर रत्नपार्क कुरी बसेको थिएँ । केटी त आइन तर अघि भनिएको आवाजको जुलुस देखियो, अलि पर रानीपोखरीनेर ।
ती दिनहरूमा काठमाडौं सहर खुल्ला थियो, टाढैबाट टाढा-टाढासम्मका गतिविधि देख्न सकिन्थ्यो, बुझ्न सकिन्थ्यो । मानिसहरूको मन पनि अहिलेभन्दा फराकिलो थियो । को के-कस्तो मान्छे हो ? के चाहन्छ, बुझ्न सजिलो थियो । राष्ट्रिय नाचघरमा बाहेक अन्यत्र 'नाटक' को प्रदर्शन विरलै हुन्थ्यो । गाईजात्रा देखाउने दिन पनि निश्चित थियो, वर्षमा त्यो एक दिनबाहेक गाईजात्रा देखाउन प्रतिबन्ध थियो । राम्रो/नराम्रो जे थियो, जस्तो थियो, मोटामोटी प्रस्टै थियो । पञ्च पञ्च जस्ता थिए, प्रतिबन्धित कांग्रेस र कम्युनिस्ट, कांग्रेस र कम्युनिस्टजस्तै थिए । उनीहरूको जीवनशैली पनि त्यसैअनुसार राजसी, सात्विक र तामसी थियो । पञ्चहरू राजाको जय जयकार गर्थे र सकेसम्म राजाजस्तै जीवनशैली बाँच्ने सफल असफल प्रयत्न गर्थे । कोही-कोहीचाहिँ राजाकै शैलीमा बोल्न पनि खोज्थे । एक हदमा भन्ने हो भने आजभोलिका माओवादी, एमाले, कांग्रेस, मधेसवादीभन्दा बढ्ता पारदर्शी थिए पञ्चहरू । एउटा पञ्चले भनेको सम्झन्छु, 'दिनमा आधा घन्टा राजाको जय जयकार गरेर बाँकी २३ घन्टा ३० मिनेट आफू छोटे राजा हुन पाइन्छ भने त्योभन्दा आनन्दको राजनीतिक दर्शन के हुन सक्छ ?'

त्यो जमानाको एउटा छोटो मोटो पञ्च आजभोलि ठूलो माओ भएको छ । केही समयअघि पाँचतारे होटलमा एउटा 'विशिष्ट माओ पुत्र' लाई साथ राखेर भन्दै थियो, 'होइन हजुर, हामीमात्र सारा जीवन राजाहरूबाट शोषित भएर बस्ने ? हामीले चाहिँ मालिक हुन नपाउने ?' उसको 'मालिक' हुने अदम्य चाहना देखेर मैले पाउलो फेरीलाई सम्झें, जसको एउटा महावाक्य छ, 'संसारमा हरेक शोषितभित्र कुनै दिन शोषक बन्ने चाहना लुकेर बसेको हुन्छ ।' त्यो महावाक्यले मलाई बेलाबखत झस्काइरहन्छ । ती क्षणहरूमा म प्रार्थना गर्छु- पाउलो फेरी गलत साबित होउन । कमसेकम हाम्रो देश त्यो सर्वव्यापी नियमको अपवाद बनोस् !

आदरणीय पाठकहरूलाई म फेरि तीसौं वर्षअघिको 'जमल' लिएर जान चाहन्छु, जहाँनेर आइपुग्दा बीपीको शवयात्रासँग मेरो भेट भएको थियो । मैले अलि अग्लो स्थानमा चढेर हेरें । फूलै फूलले घेरिएको बीपीको शान्त मुहार प्रस्ट देखियो । मेरा हातहरू स्वचालित रूपमा उठेर बीपीलाई जीवनमा प्रथम र अन्तिम पल्ट नमन गर्न पुगिसकेका रहेछन् । अनि, चुपचाप बीपीको शवयात्रामा सामेल भएर बानेश्वरसम्म पुगेर घर फर्के । अघि नै भनियो, ती दिनहरूमा मलाई कलेजको किताब र टोलको 'त्यो' केटीबाहेक अरू कुनै कुरामा रस नभए तापनि मैले आफूलाई बीपीको शवयात्रामा स्वचालित रूपले हिँडिरहेको पाएँ । कालान्तरमा पत्रकारिता प्रारम्भ गर्दा 'साप्ताहिक मञ्च' मा मैले लेख्ने स्तम्भको नाम पनि त्यही थियो, जुन नामको स्तम्भ तपाईं अहिले पढ्दै हुनुहुन्छ- आदि/इत्यादि । बीपीको शवयात्रा प्रसंगलाई उल्लेख गर्दै प्रारम्भिक स्तम्भमा लेखेको थिएँ, 'मेरो विचारमा बीपी कोइराला हामी सर्वसाधारण नेपालीमध्येका सबैभन्दा ठूला नेपाली थिए ।' ती दिनहरूमा दुई प्रकारका नेपाली हुने गर्दथे । कानुनभन्दा 'कानुनी' रूपले नै माथि रहने राजपरिवारका सदस्यहरू र बाँकी सर्वसाधारण नेपाली । आजभोलि त लोकतन्त्र आएको छ, स्थिति फरक भएको छ कि ? कानुन नलाग्ने अति विशिष्ट श्रेणीका नेपालीहरू घटे कि बढे ? पाठकहरूले आफंै विचार गरे हुन्छ । मचाहिँ त्यस विषयमा अरू कुनै दिन चर्चा गरुँला ।

आफ्नो पत्रकारिता जीवन प्रारम्भ गर्दा मैले बीपीका विषयमा जानेर, सुनेर, पढेर वा बुझेर उहाँलाई 'महान् नेपाली' भनेको थिइनँ । मेरो हृदयले भन्यो- मैले लेखिदिएँ । बिस्तारै उहाँको साहित्य पढियो, गणेशराज शर्मासँग सहवासको अहोभाग्य मिल्यो, श्रीराम दा, शैलेजा दि आदिसँग मैले धेरै अवसरमा बीपीका सम्बन्धमा सुन्ने-बुझ्ने अवसर मिल्यो र सबैभन्दा ठूलो कुरा उहाँका पुस्तकहरूले मलाई त्यो मानिसप्रति अद्वितीय रूपमा आकषिर्त गराइदियो । म बीपीलाई एक पूर्ण र जीवन्त मानिस 'अ लाइभली, कमप्लिट पर्सन' मान्दछु । एउटा यस्तो मानिस जसले जीवनलाई सम्पूर्णतामा बाँच्यो ।

बीपीको जीवनबाट नेपाली 'राजनीति' हटाइदियो भने पनि बाँकी रहेको मानिसमा एउटा अद्भुत आकर्षण बाँकी नै रहन्छ । अग्लो, राम्रो, बुद्धिमान, सवेदनशील, आफूलाई चमत्कारिक शैलीमा अभिव्यक्त गर्न सक्ने अद्वितीय मानिस । बीपीसँग संसारको कुनै पनि विषयमा मनै तृप्त हुने गरी 'प्रज्ञायुक्त बौद्धिक सम्भोग' गर्न सकिन्थ्यो होला । सोच्छु बीपी कोइरालासँग संवाद गर्न पाएको भए मैले उहाँलाई कति धेरै विषयमा प्रश्नहरू सोध्थे होला ?! राजनीति, साहित्य, दर्शन, यौन.....असंख्य विषयहरू । कस्तो अविस्मरणीय टेलिभिजन कार्यक्रम बन्थ्यो होला र पछिल्ला दिनहरूमा मलाई नेताहरूको अन्तर्वार्ता गर्न अल्छी लाग्ने एउटा मूलकारण के हो भने- आजभोलि अपवाद नेताहरूलाई छाडेर हाम्रा अधिकांश नेता भनेका- एउटामात्र विषय जान्ने सतही र एक आयामिक मानिसहरू हुन् । यिनीहरूले जे जति भन्नुपर्ने थियो, यिनीहरूले जे जति भन्न सक्थे सबै भनिसके । हामीले जे जति सोध्नुपर्ने थियो, सबै सोधी सक्यांै । एउटा निरश पुनरावोक्ति गर्न नसकिने होइन तर जाँगर नै चल्दैन ।

बीपी 'परफेक्ट' थिएनन् तर 'कम्प्िलट' अवश्य थिए । एउटा नेता र एक मानिसका दुवै रूपमा बीपीका कैयौं कमजोरी थिए । बीपीले कैयौं गलत निर्णयहरू पनि लिए । तर गलत 'नियत' राखेर ती निर्णयहरू लिएनन् । अहिलेका नेताहरूको नाम उपनाम जतिसुकै लामो र ठूलो भए तापनि देशका जनता र अन्तर्राष्ट्रिय समुदाय उनीहरूको 'मूल' नियतप्रति नै विश्वस्त छैनन् । गत साता एउटा पाश्चात्य कूटनीतिज्ञसँग मेरो लामो र खुल्ला कुराकानी भयो, जहाँ उनले मलाई सोधे, 'तपाईंको नेताहरूमा देश बनाउने भिजन किन नभएको ?' मैले भनें, 'यो प्रश्नको सतही उत्तर म दिन चाहन्न, गहिरो उत्तरका निम्ति आज समय ठीक छैन, बरु तपाईं मलाई भन्नुहोस् किन त्यस्तो हुन्छ ? मैले भन्दा तपाईंले हाम्रा नेताहरूलाई बढी घन्टा भेट्नुभएको छ ।' उनले एकछिन सोचेर जवाफ दिए, 'मेरो अनुमान छ, नेपाली नेताहरू आफ्नो क्षणिक राजनीतिक सफलताभन्दा टाढा देख्नै सक्दैनन् । यिनीहरू क्षणिक ट्याक्टिकलमात्र हुन् । एक हप्ताभन्दा अगाडिको कुरा सोच्नै चाहँदैनन् । कहिलेकाहीं त आजै भरेभन्दा अगाडिको सोच्दैनन् । अब भन्नुस् तपाइको के विचार छ विजय ?' मैले उत्तर दिएँ, 'तपाइले भनेको कुरा रोगको लक्षणमात्र हो, कारण होइन । शरीरमा ज्वरो छ भने त्यो कुनै शारीरिक खराबीको लक्षण मात्र हो कारण होइन । ज्वरो भनेको इफेक्ट हो, कज होइन ।' कारणका विषयमा कुनै अर्को दिन चर्चा गरौंला भन्दै म ती कूटनीतिज्ञबाट बिदा भएँ ।

आज यो प्रसंग लेख्न बस्दा मलाई श्रद्धेय मनमोहन अधिकारीजीको सम्झना आयो । २०३६ सालको अन्ततिर पहिलोपटक भेटेको थिएँ- टेबहालको एउटा लजमा । उहाँले प्रभात स्टोभमा दम दिँदै बनाएको चिया खान पाउनु मेरो निम्ति हमेसा अहोभाग्यशाली क्षण रहने छ । त्यहाँबाट सुरु भएको सतसंग, मनमोहनजी गोठाटारमा सधैंका लागि अचेत हुनु एक दिन अगाडिसम्म निरन्तर चल्यो । अचेत हुनु २२ घन्टाअघि गल्फुटारको आफ्नो साधारण दुईकोठे निवासमा उहाँले मलाई कान्तिपुर एफएमका निम्ति अन्तर्वार्ता दिनु भएको थियो । त्यो बजाउन नपाउँदै मनमोहनजी अचेत हुनु भयो र करिब दुई हप्तापछि टिचिङ अस्पतालमा प्राण त्याग्नु भयो । बीचका दिनहरूमा एमाले नेताहरूले मसंग भएको टेप बजाउने धेरै आग्रह गरे । मैले टेप नबजाइकन जवाफ दिएँ, 'यो मनमोहनजीको स्वास्थ लाभको प्राथना गर्ने समय हो । अन्तर्वार्ता बजाएर आफ्नो रेटिङ बढाउने समय होइन ।'

मनमोहनजी मैले देखेको, भोगेको एकमात्र यस्तो नेता हुनुहुन्थ्यो, जसका अगाडि ठूलो स्वरले बोल्ने साहस मैले कहिले गरिनँ । मनमोहनजीको निष्ठा, निरन्तरता र सरलताका अगाडि मभित्र लुकेर रहेको अहंकारले कहिले टाउको उठाउन सकेन । २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि आम मानिसको जीवनमा खासै फरक नआएको प्रसंगमा मनमोहनजीसँग मेरा लामा-लामा वार्तालापहरू भएका थिए । कवि गेटेलाई उद्धृत गर्दै भन्नु हुन्थ्यो, 'विजय, समस्या कहाँनिर छ भने र विशेषतः कट्टर वामपन्थीहरूको समस्या के छ भने- राजनीतिक सिद्धान्तको रंग खैरो हुन्छ, तर जीवन आफैंचाहिँ सप्तरंगी छ । यो यथार्थ बुझेर अगाडि बढ्न नसकेको हुनाले नै तमाम राजनीतिक परिवर्तनहरूका बाबजुद पनि हामी जनताले महसुस गर्न सक्ने फरक देशमा ल्याउन नसकेका हौं ।'

बीपी कोइराला र मनमोहनजीको प्रसंग म यसकारण राख्दैछु, किनभने आजभोलिका नेताहरूले यो कुरा बुझ्न नितान्त जरुरी छ, राजनेता हुनु भनेको आफ्नो क्षणिक लाभहानिको हिसाबमात्र गर्ने 'राजनीतिक जनावर' (पोलिटिकल एनिमल) हुनु होइन । सम्पूर्ण अस्तित्व नै सप्तरंगी छ, त्यसैले गर्दा जीवनयापनका तमाम समस्या र तिनका समाधानका उपाय पनि सप्तरंगी नै छन् । खैरो एकांकी रंगले हाम्रो जीवनमा समाधान ल्याएन भनेर रुनुको कुनै अर्थ छैन । एउटा राजनीतिक जनावरको शैलीले भत्काउन त सक्दछ तर त्यो शैलीबाट नयाँ निर्माण गर्न सकिँदैन । कमसेकम नेपालमा त्यो काम असम्भव थियो, छ र रहने छ । जनताको मुखमा माड लगाउने कुरा भीडमा भाषण गरेजस्तो सजिलो भएको भए अहिलेसम्म दुई/चार प्रतिशतमात्र भए पनि लक्षण देखिसक्थ्यो । हाम्रा ठूला नेताहरूले प्रौढ शिक्षाको कक्षामा फेरि एकपटक भर्ना भएर सिक्नुपर्ने क, ख, ग, के छ भने- राजनेताको मुहारको उज्यालो सामान्य जनताको मुहारको उज्यालोमा मात्र निर्भर गर्दछ, न कि आफ्नो पार्टीका कार्यकर्ता र गुन्डाहरूले गर्ने जय जयकारको ध्वनिमा ।

यसबाहेक हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने- जेजस्ता भए पनि हाम्रा नेता यिनै हुन् । बराक ओबामाको उदाहरण दिन सकिन्छ तर कुनै बराक ओबामा अथवा माओ आएर नेपालमा राजनीति गर्ने छैनन् । बलिउडबाट कुनै शाहरूख खान आएर कलिउडमा नेपाली सिनेमा खेल्ने छैनन्, कुनै टम ब्रोका आएर हाम्रो टेलिभिजनमा समाचार पढ्ने छैनन् । जे जस्ता भए पनि, गर्नुपर्ने हाम्रै समाजका मानिसहरूले हो । अर्को जनादेश प्राप्त नहुञ्जेलसम्म मूल जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डकै हो । मानिसहरू माओवादीभित्र 'हार्डलाइन' र 'सफ्टलाइन' को कुरा गर्छन् । किरण र बाबुरामको कुरा गर्छन् । सुनेर मलाई हाँसो उठ्छ । पञ्चायतकालमा राजाले कुनै पञ्चलाई उदार र कुनै पञ्चलाई अनुदार पञ्चको भूमिका खेल्ने 'रोल' दिन्थे । कसैलाई 'भारतपरस्त' र कसैलाई 'चीनपरस्त' भएको अभिनय गर्ने रोल प्राप्त थियो । तर राजा कालान्तरमा वाल्ल-ट्वाल्ल त्यस बखत परे, जब रोल पाएकाहरू अभिनय गर्दागर्दै 'साँच्चिकै त्यस्ता' भइदिए । इतिहासको त्यो शिक्षा प्रचण्डले बिर्सनु हुँदैन । हरेक नाटकको एउटा समय हुन्छ । अब पुष्पकमल दाहाल प्रचण्डका निम्ति आधुनिक नेपालको इतिहासमा आफ्नो नाम सधैंका लागि लेखाउने सम्भवतः अन्तिम अवसर आएको छ ।
साभार - इ. कान्तिपुर

पिताको देहान्तमा जीवन र जगतलाई हेर्दा


बाँचेकाहरूका लागि आफन्त वा पि्रयजनको मृत्यु 'सालनालदेखि ब्रह्मनाल'सम्मको हाम्रो जीवनचक्रमध्ये सबभन्दा कठोर वियोगको घटना हो । इष्टमित्र, परिचित र आफन्तको निधन सुन्दा म मध्यरातमा पनि उठेर पुग्ने गरेको छु, सान्त्वना दिन्छु । तर जसलाई परिआउँछ, त्यसमाथि आमा-बाबुको देहान्तको घटनाका बेला म स्वयम् पनि असहाय र टुहुरो भएको छु ।

माक्र्सवाद पनि एकदिन मर्नेछ भन्ने सन्दर्भमा माओत्सेतुङले भनेको सम्भिmन्छु, जुन कुराको उत्पत्ति हुन्छ, त्यसको अन्त्य अनिवार्य छ । सबै जीवितहरू अनिवार्य मर्नेछन् र प्रकृतिको बाटोबाट मोक्षमा विलिन हुन्छन् भनी विलियम सेक्सपियरले सयौं वर्षअघि नै लेखेका थिए । हाम्रा धर्मशास्त्रहरू पनि त्यही बताउँछन्, सृष्टि, स्थिति र प्रलय सांसारिक अनिवार्य गति

हुन् । तर आफूलाई परिआउँदा यस्ता शाश्वत सत्य सन्देशको कहाँ सम्झना हुनु ! गत वैशाख २१ गते मेरा पूज्यपिता भगवानसिंंह केसीको ८४ वर्षमा देहान्त भएकोले म आशौचकिरिया तथा ४५ दिनको पुत्रकर्मबाट आजै निस्कँदैछु ।

लाङटाङ हिमाल तथा गोसाइँकुण्डको भौगोलिक सेरोफेरो, समशीतोष्ण जलवायु, सिन्धुपाल्चोक जिल्लासँग जोडिएको चन्द्रावती खोलाको निर्मल जलले सिंचेको, मलिलो र हराभरा मेरो जन्म-ग्राम नुवाकोटको 'राउतबेँसी' हो । प्रशस्त वनक्षेत्र भएकोले बिचलित भएर गाउँतिर पसेका चितुवा, घोरल, हरिण, चित्तल आदि जङ्गली जन्तु घर-आँगनमै आइपुग्ने गरेको र वन जानेहरूसँग कालिजको सिकार, निउरो, जङ्गली च्याउ, टुसा, कुरिलो, ऐँसेलु, काफल बटुल्ने गरेको आदि बाल्यकालका सम्झना मभित्र अझै ताजा छन् । यही सुरम्य गाउँमा दोलखाको जिरीबाट दस पुस्ता

-करिब अढाई सय वर्ष) पहिले हाम्रा पुर्खाको एउटा समूह बसाइँ आयो । नुवाकोट आएका दाजुभाइमध्ये कोही काठमाडौंको लाजिम्पाट र नैकाप, कास्कीको भलाम, टिस्टुङतिर पनि बसाइँ

गए । जिरीभन्दा अगाडि मेरा पुर्खा रामेछापको नामाणी-बेतालीमा बसोबास गर्थे । आज रूकुम जिल्लामा पर्ने गौतमकोटबाट करिब चार सय वर्षअघि उनीहरू त्यता बसाइँ आएका थिए । मेरा पिता, नुवाकोटका दाजुभाइमध्ये समकालीन पुस्ताका सर्व ज्येष्ठ

हुनुहुन्थ्यो । त्यो ज्येष्ठताको यसपाली अन्त्य भयो ।

मेरा जिज्यूबुबा मेजर ऐवर्णमान सिंहले जनरल सिंहबहादुर बस्नेतका बाजे ठमेलका कर्णेल पहलमानसिंह बस्नेतकी कान्छी छोरी शिवकुमारीसँग विवाह गर्नुभयो, जसकी जेठी छोरीसँग वीरशमशेरले विवाह गरेका थिए । यसरी हाम्रो पुख्र्याैली साइनो तत्कालीन राणा शासकसँग पनि जोडिन पुग्यो । परन्तु साइनो जेसुकै होस्, हामी मध्यमवर्गीय किसान परिवारका हौं, 'सुनका टाँक लगाउने' सम्भ्रान्त होइनौं ।

२०१८ सालमा बुबा तत्कालीन राउतबेँसी गाउँ पञ्चायतमा, इच्छा नहुँदा-नहुँदै सर्वसम्मतिद्वारा प्रधानपञ्च र जिल्ला सभासद हुनुभयो । तत्कालीन राउतबेँसी वरिपरिका बेतिनी र गाउँखर्कसमेत मिलाएर आजको गाविसभन्दा तीन गुणा ठूलो

थियो । त्यसैताका बुबाकै पहल र प्रयासमा त्यस भेगकै पहिलो कौकेश्वरी प्राथमिक विद्यालय स्थापना भयो, जो आज उच्च माध्यमिक विद्यालयका रूपमा स्वर्ण महोत्सव मनाउँदैछ । गाउँमा पुल-पुलेसा, कुलो, खानेपानीजस्ता विकास र बस्ती सुधारका काममा उहाँको योगदान थियो । गाउँको विकासका प्रसङ्ग बुबालाई जीवनको अन्त्यसम्म पनि अत्यन्त चाखको विषय हुन्थ्यो । गाउँमा मोटरबाटो पुगेका दिन उहाँ अत्यन्त खुसी हुनुभयो ।

दुइटा पृष्ठभूमिका कारण गाउँका अनेक प्रतिकूलता र व्यवधानलाई छिचोल्दै बुबा-आमाले सबै छोराछोरीलाई पढाउन काठमाडौं पठाउनुभयो । पहिलो, मेरा आमा यशोदादेवी राणाकालीन पुस्ताकी भए पनि मावली हजुरबा शेरबहादुर पण्डित र हजुरआमा मानकुमारीले उहाँलाई घरमै लेखपढ तथा धर्मशास्त्रको ज्ञान दिलाउनुभयो । उहाँको मेधावी र लगनशील विशेषताका कारण संस्कृत र धर्मशास्त्रमा निकै दख्खलसँगै शिक्षाको महत्त्वबोध थियो, विवाहसँगै आमाले त्यही चेतना बोकेर आउनुभएको लाभ हामीलाई मिल्यो र गाउँमै स्थायी रूपमा गुरुलाई राखेर हामी सबैको प्रारम्भिक शिक्षा चल्यो । दोस्रो, हजुरबुवा भीमभक्तमान सिंहले बुबालाई बाल्यकालमा दरबार हाइस्कुलमा भर्ना गराउनुभए पनि स्वास्थ्यका कारण उहाँ बीचैमा पढाइ छोडी गाउँ फर्किन बाध्य हुनुभयो । त्यसैले अाफ्ना अधुरा इच्छालाई उहाँले हामीबाट पूर्ण गराउने सपना लिनुभयो । त्यसैको परिणामले आज म यहाँसम्म आइपुगेको

छु । मेरा ६ भाइ तथा तीन बहिनी आ-आफ्ना विधाका विज्ञ हुनसकेका छन्, मनको आँखाले हेर्ने र दिमागको भरमा बाँच्ने अभ्यास पाएका छन् । तर हाम्रा कैयौं बालसखा यस्तो मौका जुटाउन नसक्दा गाउँमै जीवन धानिरहेका छन् ।

जीवनको लामो कालसम्म बुबाआमालाई गाउँमा एक्लै छोडेर हामी छोराछोरी विद्यार्जनका लागि काठमाडौंमै रह्यौं । पार्टी प्रतिबन्धका बेला राजनीतिक संघर्षमा सक्रिय हुँदा मेरो र भाइहरूको जेल जाने-आउने भइरहन्थ्यो । विद्यार्थी जीवनमै म राजनीतिमा पूर्णकाल समर्पित भइसकेको थिएँ । संघर्षको त्यो क्षणमा बुबाआमाबाट पढाइ बिग्रेला भन्ने फिक्रीबाहेक

हामीलाई कहिल्यै पनि राजनीतिबाट विमुख वा निरुत्साहित बनाउने प्रयास भएन ।

वृद्धावस्थामा ०४५ सालदेखि बुबाआमा गाउँबाट काठमाडौं आएर मसँगै बस्न थाल्नुभएकोले मलाई राजनीतिक सक्रियतामा झन् उत्साह थप्यो । लामो यात्रा वा राजनीतिका गम्भीर कार्यसम्पादनमा म घरबाट निस्कनुअघि बुबाआमाबाट आशिर्वाद र कुलदेवताको टीका लिने गर्थें । त्यसबाट अन्तरमनमा सत्य-निष्ठा जागृत हुने गथ्र्यो र इच्छाशक्ति तथा आत्मबल बढ्थ्यो । आफ्नो गन्तव्य र लक्ष्यमा निरन्तर दृढतापूर्वक लाग्नु, कर्तव्यमा सोच-विचार पुर्‍याउनु, लक्ष्य प्राप्तिको अठोटबाट नथाक्नु, चुनौतीबाट नभाग्नु, जिम्मेवारीबाट नचुक्नु, अन्यायमा नझुक्नु जस्ता आमाबुबाको निरन्तर शिक्षा, आशिर्वाद, स्नेह र प्रेरणाका स्रोत हुन् । नैतिक हिम्मत तथा शिक्षाका यस्ता स्रोतबाट म अब बञ्चित एवं अपूरणीय क्षतिको अनुभव गर्न थालेको छु ।

करिब साढे दुई वर्ष अगाडि आमाको देहान्त भएपछि वृद्धावस्थाका अतिरिक्त बुबामा एक्लोपनको मानसिक पीडा तथा न्यास्रोपन पनि बढ्न थाल्यो, जो बुढेसकालमा पत्नीवियोगको स्वाभाविक मनोवैज्ञानिक परिणति थियो, यद्यपि पत्नी प्रतिमासहित सबै भाइ-बुहारी र छोराछोरीहरूले उहाँको न्यास्रोपन हटाउने र उहाँलाई कुनै कमी महसुस हुन नदिने अनवरत प्रयास गरिनै रह्यौं ।

वैशाख १४ गते एकाबिहान म नित्यकर्ममा थिएँ, उहाँलाई साथी राखिदिएको कमल अत्तालिँदै आएर 'बुबा लड्नुभयो' भन्दै बोलाए । सधैंको झैं अघिल्लो साँझ उहाँसँगै बसेर निकै लामो पारिवारिक कुरा गरेको थिएँ मैले । चुरोट पिउन डाक्टरले मनाही गरेको सम्झाएको पनि थिएँ, तर उहाँको त्यही हक्की र 'कमान्डिङ' शैलीमा प्रतिक्रिया आयो ।

सबेरै नित्य स्नान सकेर चिया-चुरोट खाएपछि बुबा बेहोश

हुनुभएछ । नेपाल बन्दले गर्दा चारैतिर सुनसान थियो । तैपनि महाराजगन्ज शिक्षण अस्पतालमा पुर्‍याएर आकस्मिक परीक्षण र उपचारपछि आईसीयुमा राखियो । त्यो दिनदेखि मलाई रातभर निद्रा परेन । विगतका सन्दर्भहरू पुनःजागृत भएर मानसपटलमा नाच्न थाले । मन कहिले बाल्यावस्थामा पुग्थ्यो त कहिले घरायसी जीवनका अनेक सन्दर्भमा । घरगाउँ, धारा, बगैंचा, पीपल चौतारी, खेतीपातीका चित्रहरू मानसपटलमा घुमिरहे । कहिले बुबाको त्यो सहज ठट्यौलो मिजास, मनको कुरा भन्न थालेपछि को रिसाउला वा खुसी होला भन्नेतिर ध्यानै नदिने हक्की र कमान्डिङ स्वभाव सम्भिmन्थेँ । वृद्ध बुबाआमाप्रति छोराले पुर्‍याउनुपर्ने श्रद्धा र सेवा मैले गरे पनि यथेष्ट समय दिन नसकेकोमा कतै कमी पो राखेँ कि भन्ने प्रश्न पनि मनमा उठिरह्यो । वृद्धावस्थामा आमाबुबाप्रति छोराछोरीका अनिवार्य कर्तव्य हुन्छन्, जिद्दीपन, बाल्यपन र पुराना मान्यता

सम्भिmरहने वृद्धावस्थाको विशेषतालाई सहज मानेर आमाबुबाको सेवाप्रति हामी कति समर्पित छौं भन्ने सबैको साझा प्रश्न आफैंभित्र उठिरहन्छ ।

चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले अथक प्रयत्न गरे पनि गत वैशाख २१ गते एकाबिहान अचेत अवस्थामै उहाँको देहान्त भयो । उहाँहरूले स्वस्फुर्त उत्साह तथा व्यावसायिक निष्ठाका साथ गर्नुभएको उपचारका लागि म कृतज्ञ छु ।

अस्पताल राखेदेखि नै उहाँलाई हेर्न र हामीलाई सान्त्वना दिन नातेदार तथा आफन्त, मेरो पार्टीका सभापति, वरिष्ठ नेता, संसदीय दलका नेता, सभामुख, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न पार्टीका सभापतिहरू, नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, गन्यमान्य, स्वतन्त्र व्यक्तिहरू, पत्रकारहरू, विभिन्न पेसामा संलग्न महानुभावहरू, विद्यार्थीहरू, मेरो गृहजिल्लाका सहकर्मी, इष्टमित्र, समर्थक तथा शुभेच्छुकहरूको आउने क्रम चलिरह्यो । निधनका बेला घरमा र आर्यघाटमा श्रद्धाञ्जली, समवेदना तथा सहानुभूति प्रकट गर्नेहरूबाट पनि त्यस्तै हार्दिकता पाएँ । देश-विदेशबाट समेत मैले श्रद्धाञ्जली तथा समवेदनाका सन्देश पाएको छु । दुःखको घडीमा आत्मीयताका साथ समवेदना दिनुहुने सबैप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद व्यक्त गर्छु । वास्तवमा यो आत्मीयता नै मैले आफ्नो जीवनमा कमाएको र नभजाई राख्नुपर्ने पुँजीका रूपमा लिएको छु ।

लेखक कांग्रेस केन्द्रीय सदस्य हुन् ।
साभार - इ. कान्तिपुर

राजनीतिक उन्मुक्तिले उब्जाएको संकट

यमुना अर्याल


छिमेकी मुलुक भारतमा स्वामी रामदेवले भ्रष्टाचारविरुद्ध गरेको अनसन र नेपालमा सुडान घोटालाको मुद्दा दर्ता एकै समयमा हुन गयो । छिमकी मुलुकमा नागरिकहरू भ्रष्टाचार र कालोधनका विरुद्ध एकजुट हुँदा नेपालमा कालोधन कुम्ल्याउनेहरूलाई राजनीतिक उन्मुक्ति दिन राजनीतिक मोर्चाबन्दी र सरोकार निकायसमेत एकजुट भएको देखियो । पूर्वप्रहरी महानिरीक्षकसहित ३६ जनाविरुद्ध सुडान मिसनका लागि एपीसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेठ २४ मुद्दा दायर भएको छ । युद्धग्रस्त देश सुडान जहाँ शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघअन्तर्गत नेपाली सुरक्षाकर्मीहरू जान्छन् । युद्धग्रस्त देश त्यसमा नेपालका सुरक्षाकर्मी ज्यान धरापमा राखेर आफ्नो कर्तव्यपालनमा जोखिम मोल्नुपर्ने बाध्यता थियो, जसका लागि हतियार र आवश्यक उपकरण सम्बन्धित देशले नै किन्ने र उक्त बिल यूएनलाई बुझाएको खण्डमा यूएनले त्यसको भर्पाइ दिने व्यवस्थासमेत थियो । ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र’ भनेझैँ यही बिलमा देखे कथित ठूलाबडा र आफूलाई जिम्मेवार ठान्ने पदाधिकारीले मोटो कमिसनको खेल । सामान्य नेपालीले समेत धिक्कार गर्नुपर्ने अवस्था छ, कतिसम्म भने ५० करोड रुपैयाँको सामान किन्दा ३४ करोड घोटाला, अझ भारतले दिएका टाटा मोबाइलसमेत किनेको भनेर नक्कली बिल पेस गरेर देशकै बदनाम गरेछन्, सत्य–सेवा–सुरक्षणम्को मूल नारा बोकेको नेपाल प्रहरीका हाकिमहरूले । यति ठूलो र संगठित भ्रष्टाचारको यो पहिलो नमुना होला, विश्वमै ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडान घोटालाकाण्डमा संलग्न भएको ठहरसहित ३४ प्रहरी अधिकारी र २ ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता त ग¥यो, तर राजनीतिक दबाबका कारण सुडान घोटालाका मुख्य खेलाडीविरुद्ध अख्तियारको नजर पुगेन भनौँ या अख्तियार डरायो । कहाँसम्म भने संसद्को राज्यव्यवस्था समितिले समेत उनीहरूलाई पनि अन्य आरोपीसरह नैतिक र कानुनी दायित्वबाट उन्मुक्ति दिन नमिल्ने ठहर गरेको थियो । यस काण्डमा सकभर नेतालाई नमुछ्न तीव्र राजनीतिक दबाब आएकै कारण चर्चा पहिलेदेखि चलेको भए पनि मुद्दा दर्ता हुन सकिरहेको थिएन । एउटै अपराध गर्ने अपराधी कसैले उन्मुक्ति पाउने कसैलाई कारबाही गर्ने परिपाटीले भ्रष्टाचार अझै मौलाउनेमा विमिति छैन । इतिहासमै सबैभन्दा चर्चित काण्ड होला, सुडान घोटालाकाण्ड । यति ठूलो काण्डमा मुछिनेहरू पनि कम पहुँचवाला हुने कुरै भएन । सुन्दा पनि झसङ्ग हुने कर्तुत गर्नेहरू उल्टै लाज पचाएर भ्रष्टाचार निवारणका भाषणमा लीन हुनु आफैंमा लज्जित हुने विषय हो । विशेष अदालतले अमेरिकी डलर ४०,९२,१६७।९३ को भुक्तानी मितिको विनिमयदरका आधारमा हुने रु. २८,८१,६१,६२९।३० बिगो कायम गरेको छ ।

कानुन नभएको होइन, कानुनको सोझै अवमूल्यन गरिएको हो— सुडान प्रकरणमा पनि । एपीसी खरिदका लागि मात्र अमेरिकी डलर ३०,३३,९१०।४० खर्च भएको छ, त्यसमा अतिरिक्त काम कमसल एपीसीका लागि स्पेयर्स पाटर््सबापत अमेरिकी डलर ७,२५,०६७।२३ खर्च भएको छ । उक्त एपीसीको रकम र सोको स्पेयर्स पार्ट्सको रकम एलसीमार्फत भुक्तानी भएकाले कुल एलसीको रकम यूएस ४,४३,७१,७७२।०५ मध्ये एपीसी सोको स्पेयर्स पार्ट्सको रकम ३७,५८,९७७।६३ खर्च भएको अदालतको ठहर छ । एलसीको भुक्तानीमा हिमालयन बैंकबाट कुल ने.रु. ३०,५१,९७,९१०।– खर्च भएको विवरणमा उल्लेख छ । सो खर्च भएको रकम रु. ३०,५१,९७,९१०।– को ८५.९८ प्रतिशतले हुन आउने रकम रु.२६,२४,०९,१६३।– एपिसी र स्पेयर्स पार्टसमा खर्च भएको र एपिसी ढुवानीमा अमेरिकी डलर १,४५,६०० को सम्झौता भएको मिति १० अगस्त २००८ को विनिमय बिक्री दर ७६।७५ ले हुने रु. १,११,७४,८००।– एपीसीको ढुवानी गर्दा लाग्ने बिमाबापतको अमेरिकी डलर ७३,५३४ को भुक्तानी मिति ११ अगस्त २००८ को विनिमयको बिक्री दर ७६।७५ ले हुने रु. ५६,२९,०२७।७० तथा स्पेयर्स पार्ट्सको ढुवानी तथा बिमाबापत अमेरिकी डलर ६२,५८० को भुक्तानी मिति २०६५।७।२९ अर्थात् नोभेम्बर २००८ को विनिमय बिक्रीदर ७६।७५ ले हुने रु. ४८,०३,०१५।– तथा फम्र्ड पुलिस युनिट सुडान डार्फरका लागि यस्योर्ड रिष्क लिसंग चाइनामा खरिद गरिएको एम्बुलेनस र पानी ट्यांकरलगायत सामानहरू चाइनादेखि सुडान पोर्टसम्म सिपमेन्ट गर्नका लागि सोही कम्पनी र प्रहरी प्रधान कार्यालयबीच मिति जनवरी ३, २००८ मा भएको सम्झौताबमोजिम ट्रान्सपोर्टेशन र बिमाबापत मिति ०६५।९।०३ गते उक्त कम्पनीको स्थानीय प्रतिनिधि भगवती ट्रेडर्सको नाममा अमेरिकी डलर ५१,४६७ भुक्तानी समर्थन गरिएकाले मिति ०६५।९।०३ को विनिमय दर अमेरिकी डलर ५१,४७६ को रु.७६।१० ले हुने रु. ४१,४५,६२३।६० समेत गरी जम्मा अमेरिकी डलर ४०,९२,१६७।९३ को भुक्तानी मितिको विनिमय दरका आधारमा हुने रु.२८,८१,६१,६२९।३० बिगो कायम गरी सोमा प्रचलित कानुनबमोजिम फैसलाको मितिसम्म लाग्ने ब्याजसमेत आपूर्तिकर्ता मुख्य कम्पनी यस्योर्ड रिस्क लि. लन्डनका प्रमुख डाइरेक्टर माइकल राइडर र स्थानीय एजेन्ट भगवती ट्रेडर्सका प्रोप्राइटर शम्भु भारतीबाट प्रहरी प्रधान कार्यालय, कल्याण कोषलाई दिलाई भराई पाउने माग दाबी अख्तियारको छ ।

सबै प्रतिवादीहरूबाट बिगो रु. २८,८१,६१,६२९।३० तथा सोमा फैसलाको मितिसम्म प्रचलित कानुनबमोजिम लाग्ने ब्याजसमेत प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषलाई दिलाई–भराई पाउनका साथै सबै प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवानासमेत हुन माग दाबी गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरका लागि सोही ऐनको दफा २३ ले व्यवस्था गरे मुताबिक यस्योर्ड रिस्क लि. लन्डनको मुख्य कारोबार गर्ने उक्त कम्पनीका डाइरेक्टरउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिम सजाय हुने तथा गुणस्तरहीन एपीसी आपूति गरी नेपाल प्रहरीलाई हानि–नोक्सानी पु¥याएकाले हानि–नोक्सानीको बिगो रकम रु. २८,८१,६१,६२९।३० र सोमा फैसला हुँदाको मितिसम्म प्रचलित नेपाल कानुनबमोजिम लाग्ने ब्याजसमेत गणना गरी बिगो भराई पाउने व्यवस्था छ । सबैभन्दा मुख्य सबाल त सुडान घोटालाकाण्डका मुख्य जिम्मेवार तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली, र खरिद प्रकरणका मध्यस्तकर्ताको भूमिका खेलेका सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीलाई किन अख्तियारले चोख्यायो भन्ने मूल प्रश्न हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारीहरू नभएका समयमा कर्मचारीको भरमा मात्र दर्ता गरिएको यो भ्रष्टाचार प्रकरणमा जानी–जानी मुद्दा कमजोर बनाइएको आरोप लगाउन थालिएको छ । सुडान काण्डका दोषी प्रहरी अधिकारीहरूले आफूलाई फसाइएको भन्दै उन्मुक्ति पाउन चलखेल सुरु गरिसकेका छन्, जसमा महान्यायाधीवक्ताले समेत असन्तुष्टी जनाएका छन् । जबसम्म भ्रष्टाचारमा राजनीतिक उन्मुक्तिको दबदबा रहिररहन्छ तबसम्म सुडान घोटालाको नाम मात्रै हो यस्ता घोटाला धेरै हुन्छन् । सुडान प्रकरण संस्थागत भ्रष्टाचारको सबैभन्दा ठूलो काण्ड हो, अब यो मुद्दा पहरोको मूल लहरो बन्नुपर्छ र नेपालमा संस्थागत रूपमा मौलाइरहेको भ्रष्टाचारको मूल जरोसम्मै यसको रन्को पुग्नुपर्छ ।
साभार : कारोबार

मध्यमस्र्याङ्दी नजिर नदोहोरियोस् तामाकोसीमा


जेठको पहिलो साता माथिल्लो तामाकोसी जलविद्युत् आयोजना शिलान्यास कार्यक्रममा माओवादीकी स्थानीय सभासद् देवी खड्काले दोलखाली जनतालाई ‘तामाकोसीको नसा’ लागेको बताइरहँदा त्यहाँ उपस्थित झन्डै ५ हजार स्थानीयवासीले भावुक हुँदै ताली बजाएका थिए । कहालीलाग्दो लोडसेडिङ अन्त्यका लागि भरपर्दो विकल्प ठानिएको अहिलेसम्मकै ठूलो (४ सय ५६ मेगावाट) को माथिल्लो तामाकोसी आयोजना शिलान्यास भएको छ । स्वदेशी लगानीमा बनाउन लागिएको तामाकोसीमा यसअघि लगानि उठ्छ÷उठदैन भन्नेमा अन्योल थियो । बहुचर्चित र बहुप्रतिक्षीत आयोजना समयमा बन्यो भने चार वर्षपछि नेपालले लोडसेडिङको कहालीलाग्दो अवस्थावाट राहत पाउनेछ, तर जेठ ४ गते तामाकोसी आयोजनाको शिलान्यास भएपछि अब ‘राष्ट्रिय प्राथमिकताप्राप्त’ आयोजना समयमै पूरा हुन्छ÷हुँदैन भन्ने दिनगन्ती सुरु भएको छ ।

माथिल्लो तामाकोसी अहिलेसम्म नेपालकै सर्वाधिक ठूलो, प्रतियुनिट लागत सबैभन्दा सस्तो र स्वदेशी लगानीमा बन्न लागेको आयोजना हो । अस्ट्रियन नागरिक डा. क्रिस्चियन उल्हरले माथिल्लो तामाकोसी आयोजनाको पहिचान गर्दै यसलाई ‘सुनको अण्डा पार्ने कुखुरा’ को संज्ञा दिएका थिए । आयोजना सम्पन्न भएपछि आयोजनाले प्रतिवर्ष २ हजार २ सय ८१ गेगावाट घण्टा अर्थात् २ अर्ब २८ करोड युनिट विद्युत् उत्पादन गर्नेछ । प्रतियुनिट उत्पादन लागत अत्यन्त सस्तो भएका कारण यो आयोजनामा लगानी गर्न विदेशी लगानीकर्ताको आकर्षण देखिएको थियो । लगानीको टुङ्गो लाग्न नसकेका कारण सुरुमा सन् २०१२ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगानी जुट्न नसक्दा सन् २०१५ सम्म लम्बिएको छ । सरकारले निर्माणकार्य सुरु भएको ५२ महिना (०६८ जेठ–०७२ भदौ)मा सम्पन्न गर्ने लक्ष राखिए पनि उक्त समयमा निर्माण सम्पन्न हुनेमा ढुक्क हुने अवस्था भने छैन ।

जलविद्युत् आयोजना निर्धारित समयभन्दा ढिलो र अनुमानित लागतभन्दा महँगो (भेरिएसन) हुनुमा स्थानीयवासीको अवरोध, राजनीतिक अस्थिरता, बन्द÷हड्ताल र शान्ति–सुरक्षा प्रमुख कारण भए पनि माथिल्लो तामाकोसीले यसको पीडा खेप्ने अवस्था नआउने अनुमान गरिएको छ । माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्नका लागि स्थानीय तवरमा राजनीतिक सहमति भएकाले स्थानीयवासीको विरोधको खासै सामना गर्नुपर्ने छैन । आयोजनामा १० प्रतिशत सेयर छुट्ट्याइएका कारण पनि स्थानीयवासी आफ्नै लगानी रहेको आयोजना ढिलो गर्ने गरी बन्द÷हड्ताल वा अवरोध गर्ने छैनन् । आयोजना शिलान्यासका अवसरमा ऊर्जामन्त्री गोकर्ण विष्टले एक दिनमात्र बन्द गर्दा दोलखाली जनताका लागि ५० लाख नोक्सानी हुने भन्दै विरोध नगर्न आग्रह गरे । आयोजनामा विद्युत् प्राधिकरणका कर्मचरीको समेत लगानी हुने भएकाले संगठित भ्रष्टाचार कम हुने अपेक्षा गरिएको छ, तर यसलाई समयमा सम्पन्न हुन नदिन जलमाफियाको एउटा गिरोह सक्रिय भएको छ ।

तामाकोसी आयोजना अन्य दृष्टिकोणबाट सबल देखिए पनि भौगोलिक हिसाबले अत्यन्त विकट स्थानमा रहेको छ, भौगोलिक विकटताका कारण आयोजना निर्माण सम्पन्न गर्नमा ढिलाइको सम्भावना छ । अत्यन्त कमजोर सड्क पूर्वाधार तामाकोसी आयोजनाको अभिशाप बनेको छ । नेपाली सेनाले एकतर्फी ट्र्याक खोले पनि कमजोर सड्कबाट विद्युतगृह निर्माणका लागि आवश्यक अत्यन्त वजनदार सामग्री पु¥याउनु सर्वाधिक चुनौती हुनेछ । दोलखा सदरमुकाम चरिकोटबाट ५८ किमि पूर्व–उत्तर चीनको सीमानजिक रहेको लामाबगर गाविसमा रहेको आयोजना स्थलसम्मको सड्कको अधिकांश भाग कमजोर छ । एकतर्फी सडक विस्तार गर्नमै वर्षौं लागेका कारण त्यो विकट स्थानमा निर्माण सामग्री पु¥याउनु निकै कठिन देखिन्छ । आयोजनाको ठेकेदारले यसैलाई बहाना बनाएर आयोजनामा ढिलाइ गर्ने खतरा छ । यसका लागि संसदीय अनुगमन समिति बनाउनु जरुरी छ । संसद्को प्राकृतिक स्रोत–साधन समितिले तामाकोसीलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको छ, यद्यपि पर्याप्त छैन ।

नेपालको जलविद्युत् विकासको इतिहासमा ‘विकासको नकारात्मक उदाहरण’ बनेको मध्य–मस्र्याङ्दीको नजिर तामाकोसीमा दोहोरिने खतरा भने टरेको छैन । सडकलगायत अनुकूल भौतिक पूर्वाधार भए पनि ६९ मेगावाटको मध्यमस्र्याङ्दी निर्धारित समय र अनुमानित लागतभन्दा दोब्बर समय र लागत परेको थियो । शिलान्यासका क्रममा ऊर्जामन्त्री विष्टलगायत अधिकांशले तामाकोसीलाई नेपालको जलविद्युत् विकासको ‘नयाँ मोडल’ बनाउने प्रतिबद्धता जनाए पनि कार्यान्वयन पक्ष हेर्न बाँकी छ । विज्ञहरूले दैनिक तीन सिफ्ट गरेर भए पनि आयोजना सम्भव भए तोकिएको समयअगावै अन्यथा तोकिएको समयमै निर्माण गर्न सुझाव दिएका छन् । यदि तामाकोसीमा मध्यमस्र्याङ्दीको नजिर दोहोरियो भने नेपालबाट लोडसेडिङ हटाउने विषय कोरा कल्पनाजस्तै हुनेछ । यसर्थ तामाकोसी आयोजना लोडसेडिङ घटाउने अचुक औषधी मात्र होइन, विद्युत् विकासको मार्गदर्शक पनि हुनेछ ।

शिलान्यासका क्रममा आयोजना प्रमुख मृर्गेन्द्रबहादुर श्रेष्ठले भने, “तामाकोसी त्यसबेला नेपाली जलविद्युत् विकासमा कोसेढुङ्गा बन्नेछ, जहिले हामी तोकिएको समय र लागतमा आयोजना पूरा गर्नेछौं ।” उनको भनाइमा कांगे्रस केन्द्रीय सदस्य भीमबहादुर तामाङले तामाकोसी दोलखाका राजनीतिक दलहरूका लागि राजनीतिक स्वार्थभन्दा माथि रहेको बताउँदै, यसमा मध्यमस्र्याङ्दी र कालीगण्डकी ‘ए’को गल्ती दोहोरिन नदिने बताएका थिए । तामाकोसीमा स्थानियवासीलाई समेत सेयर दिने सहमति भएका कारण जलविद्युत् विकासमा ‘नयाँ मोडेल’ बन्नेछ । संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाड समितिले मस्यौदा प्रतिवेदनमा जलविद्युत् आयोजनामा स्थानीयवासीलाई सेयर सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरेको थियो । तामाकोसीजस्तै माथिल्लो कणाली जलविद्युत् आयोजना पनि उत्तिकै सस्तो र आकर्षक छ, यसलाई पनि तामाकोसी मोडलमा बनाउन सकिन्छ । नेपालको जलविद्युत् इतिहासमा ‘माथिल्लो तामाकोसी’ र ‘मध्यमस्र्याङ्दी’ दुई थरी नजिर बन्नेछन् । नेपालको जलविद्युत् विकासलाई कुन मोडललमा लैजाने भन्ने विषय पनि तामाकोसीले निर्धारण गर्नेछ । आशा गरौं, तामाकोसीमा मध्यमस्र्याङ्दी नजिर दोहोरिनेछैन ।

खोइ 'भिजन'?



खोइ 'भिजन'?



राजनीतिक, आर्थिक र सामाजिक रूपमा मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउने राजनेताको अभाव

झलनाथ खनाल प्रधानमन्त्री भएपछि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरिसके। तर, उनले आफ्नो कार्यकालमा राष्ट्र र जनताले के ठोस उपलब्धि पाउँछन् भन्ने स्पष्ट पारेनन्। उनका दुवै सम्बोधन तात्कालिक राजनीतिक अवस्थाबारे निजी धारणाबाट सुरु भएर त्यसैमा टुंगिए। यसो हुनुको कारण छ, उनी कुनै आन्दोलन वा अभियानबाट आर्जित चामत्कारिक आकर्षणका कारण प्रधानमन्त्री भएका होइनन्। उनी जटिल राजनीतिक परिदृश्यमा सत्ता-समीकरणको रहलपहल चाख्दै मुलुकको कार्यकारी प्रमुख बन्न पुगेका थिए। त्यसैले, मुलुकले उनीबाट कुनै कायापलटको अपेक्षा पनि गरेको छैन। समयक्रमको रिक्तता पुर्ने औपचारिक औजारका रूपमा मात्रै उनको नेतृत्वलाई लिइएको छ।

खनाल त उदाहरण मात्रै हुन्। त्यसअघिका सबैजसो सरकार प्रमुखहरूले पनि खाली ठाउँ भर्ने भूमिकाभन्दा धेरै गर्न सकेनन्। तात्कालिक राजनीतिक अन्योल चिर्ने दृढताका साथ भावी नेपालको सपना देख्ने नेतृत्वको अभावका कारण मुलुकमा न राजनीतिक स्िथरता कायम हुन सकेको छ, न त आर्थिक समृद्धिका लक्षण देखा परेका छन्। राजनीतिशास्त्रीहरूले यसलाई नेतृत्वमा भविष्यदृष्टि वा दूरदृष्टि -भिजन)को अभावको फल भन्ने गरेका छन्।

जवाहरलाल नेहरू भारतका पहिलो प्रधानमन्त्री हुँदा विकासका ठूल्ठूला सपना मात्रै होइन, आपनो मुलुकलाई भावी विश्वशक्तिका रूपमा पनि देखेका थिए। देङ् सियाओ पिङ्ले साम्यवादको परम्परागत परिभाषामा साहसिक परिमार्जन नगरेका भए चीन आज जापानलाई उछिनेर अमेरिकालाई चुनौती दिने आर्थिक महाशक्ति बन्न सम्भव थिएन। देङ्को प्रख्यात उक्ति छ, "मलाई बिरालोको रङ कस्तो छ भन्ने कुरा मतलब छैन। कुन बिरालोले मुसा मार्न सक्छ भन्ने मात्रै मतलब छ।"
साभार - इ. कान्तिपुर

छिमेकी मुलुकका नेताहरू नेहरू, देङ्लगायतले देशका लागि सपना देखे, आफू र आफ्ना परिवारका समस्यालाई गौण ठाने। पार्टीगत स्वार्थभन्दा माथि उठेर सयौँ वर्ष परसम्मको हिसाबकिताब गरे। तत्कालीन तथ्य र यथार्थमा उभिएर भविष्यको सपना देख्ने ती नेताहरू समर्पण र प्रतिबद्धताका साथ आफ्नो सपनालाई साकार पार्न लागिपरे। "त्यसैले भिजन कसैले कसैलाई दिने कुरा होइन," विकासविद् पीताम्बर शर्मा भन्छन्, "आफँैभित्रबाट प्रस्फुटन हुनुपर्छ, उद्भव हुनुपर्छ।" शर्माका भनाइमा, भिजन भनेको राष्ट्रप्रतिको आफ्नो धारणा हो। त्यही धारणाको व्यापकताले नै नेताको स्तर निर्धारण गर्छ। जति ठूलो जनसमुदायले अपनाउन सक्ने भिजन भयो, नेता त्यति नै ठूलो हुन्छ।

खासमा भिजन नेताको व्यक्तिगत कल्पना हो, चेतनाशक्ति हो। त्यसले जनताको भावनालाई समात्छ/समेट्छ र धरातलीय आवश्यकतालाई सम्बोधन गर्छ। नेपालमा भने तत्कालका शक्तिकेन्द्रहरूसँग रुष्ट भावनालाई भजाएर नेता बन्ने छलछाम चल्छ। अभावग्रस्त मुलुकमा जनसमुदाय सधैँ सन्तुष्ट भइरहने सम्भावना पनि हुँदैन। त्यही असन्तुष्टिलाई प्रयोग गरेर अहिलेसम्म नेता वा दलहरू कुर्सीमा पुगेका छन्। कुर्सीमा पुगिसकेपछि सबै उदांगिएका छन्। "ठूल्ठूला सपना त बाँडिन्छन् तर तिनलाई विपना बनाउने खालको कार्ययोजना, चरित्र र व्यवहारका साथ कोही उत्रिँदैनन्, नेपाल राष्ट्रको पछिल्लो नियतिको कारक यही हो," विकासविद् शर्मा भन्छन्।



हिजो र आज

इतिहास खोतल्ने हो भने पृथ्वीनारायण शाह भिजन भएका एक मात्र नेता देखिन्छन्। उनी गोरखा राज्यका रजौटा थिए तर आफूलाई गोरखामै सीमित गरेनन्। तत्कालीन भूराजनीतिक अवस्था नियाले। उत्तर र दक्षिण दुवैतिर साम्राज्यवादले मिच्दै थियो। तिनलाई रोक्न उनले ५३ भन्दा बढी राजा-रजौटालाई एकीकृत गर्ने सपना देखे। त्यो सपना साकार पार्न यहाँको सामाजिक, भूराजनीतिक र आर्थिक अवस्थाको अध्ययन गरे। योजना बनाए। र, एकीकरणको राष्ट्रिय अभियान चलाए र आधुनिक नेपाल निर्माण सम्भव गरे। पृथ्वीनारायणको त्यो अभियान अहिले भविष्यदृष्टिको सर्वोकृष्ट उदाहरण मानिन्छ।

बहादुर शाह, भीमसेन थापालगायतले उनकै अभियानलाई पछ्याए, छुट्टै सपना देखेनन्। त्यसपछिका शासकमा त्यस्तो बृहत् परिकल्पना देखिँदैन। जंगबहादुर राणाले चातुर्यपूर्वक शक्ति हत्याए। भारतका बेलायती शासकलाई रिझाएर नेपाललाई स्िथर राज्य बनाइरहे। सामाजिक व्यवस्थामा केही हेरफेर गरे। बेलायत र युरोप भ्रमणमा जाँदा नेपाली झन्डा बोकेर गएका थिए, जसबाट नेपाल अविच्छिन्न स्वतन्त्र राष्ट्र हो भन्ने सन्देश प्रवाह भयो। पछि मुलुकको सार्वभौमसत्तामा प्रश्न उठाउने शक्तिका लागि समेत त्यो ऐतिहासिक सन्दर्भ उपयोगी सिद्ध भएको मानिन्छ।

कूटनीति र विकासको दृष्टिले राजा महेन्द्रमा दीर्घकालीन सोच रहेको मानिन्छ। तर, उनले विकासलाई प्रजातन्त्रको क्षतिपूर्ति वा विकल्पका रूपमा प्रस्तुत गर्न खोजे र राजनीतिक स्वतन्त्रताका विपक्षमा उभिए। ००७ सालको क्रान्तिको पृष्ठभूमिमा विश्वव्यापी रूपमा साम्राज्यवादविरोधी जागरणको लहर चलेको थियो। त्यतिखेर सहिद भएकाबाहेक प्रजातान्त्रिक नेपालको सपना देख्ने अरू नेता थिए, टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, बीपी कोइराला। तीमध्ये शिक्षित, अरूलाई प्रभाव पार्न सक्ने र बाहिरी सम्पर्कसमेत भएका कारण बीपीको व्यक्तित्व अलग थियो।

बीपीमा देशलाई कुन दिशामा कसरी लैजाने भन्ने केही फराकिलो र ठोस दृष्टिकोण थियो। "त्यो दृष्टिकोण पनि विशिष्ट परिस्िथतिमा निर्माण भएको थियो," कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरी भन्छन्। उनका विश्लेषणमा त्यतिखेर संसार प्रजातन्त्र र साम्यवादी दुई धु्रवमा विभाजित थियो। प्रजातान्त्रिक ध्रुवको नेतृत्व अमेरिका र बेलायतले गर्थे भने साम्यवादी ध्रुवको सोभियत संघले। यी दुई ध्रुवबीच संघर्ष चल्दा अरू धेरै मुलुकले आफूलाई यिनै दुईमध्ये एउटाको कित्तामा उभ्याए। तर, भारतमा संघर्षरत पढालेखा राजनीतिक अगुवाहरूले तेस्रो राजनीतिक प्रणालीको खोजी गरे। त्यसैको फलस्वरूप प्रजातान्त्रिक समाजवादको अवधारणा जन्मियो। जवाहरलाल नेहरूलगायत भारतीय नेतासँगै बीपी कोइरालाले पनि राजनीतिक संघर्ष गरे। त्यसैले प्रजातान्त्रिक समाजवादका द्रष्टामा बीपी दरिए र नेपालमा पनि प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने सपना बोकेर फर्किए। राजनीतिमा प्रतिस्पर्धात्मक व्यवस्था र अर्थतन्त्रमा कल्याणकारी नीतिमार्फत मुलुकलाई अगाडि बढाउने बीपीको भिजन थियो।

पञ्चायतविरुद्ध संघर्ष गर्दागर्दै ०३९ सालमा बीपीको निधन भयो। उनीसँगै उनको भिजन हरायो तर प्रजातन्त्रका लागि संघर्ष जारी रह्यो। दुई ध्रुवीय विश्वव्यवस्थाको प्रतीक बर्लिनको पर्खाल ढलेपछि त्यही लहरमा आयो, ०४६ सालको परिवर्तन। अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईमा व्यवस्िथत भिजनभन्दा पनि प्रजातन्त्र र सुशासनप्रति निष्ठाको मात्रा बढी थियो। त्यही निष्ठाका कारण समयमै संविधान जारी भयो। आमनिर्वाचन सम्पन्न भयो। "तर, राज्यको पुन:संरचनालगायत राष्ट्र निर्माणका अरू पनि कतिपय मुद्दा उठ्दै उठेनन्," कांग्रेस नेता गिरी भन्छन्।

बीपीपछिका कांग्रेस नेताले दस्तावेजमा समाजवाद लेखे पनि बजारमुखी अर्थतन्त्रलाई बढावा दिने नीति र कार्यक्रम अँगाले। आफ्नो स्वतन्त्र भिजन दिने त कसैले तत्परता नै देखाएनन्।

नेकपा एमालेका नेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको अवधारणा प्रतिपादन गरे पनि उनले त्यसको कार्यान्वयन गर्ने मौका पाएनन्। उनको निधनपछि ०५१ सालमा एमालेको अल्पमतको सरकारले ल्याएको आफ्नो गाउँ आफैँ बनाऔँ कार्यक्रम परम्परागत विकासे अवधारणाविरुद्धको महत्त्वपूर्ण पाइलो मानिए पनि राष्ट्रिय विकासको बृहत् दृष्टिकोण दिन एमाले असफल रह्यो।

त्यसैले बीपी कोइरालामा बाहेक कुनै पनि राजनीतिक दल वा नेताले भिजन देखाउन सकेनन्। बीपीको भिजन अहिले न कांग्रेसले बोक्यो, न हुबहु लागू नै हुन सक्ने अवस्था छ।

परस्पर विरोधी मान्यताका कारण दल-दल, नेता-नेता विभाजित छन् तर राष्ट्रिय दृष्टिकोण वा भिजन देखिएको छैन। त्यही भिजनको अभावका कारण नेताहरू आज एउटा, भोलि अर्को कुरा गर्दै हिँडेका छन्। अहिले कुन पार्टीको भिजन राम्रो भनेर खोज्ने ठाउँ छैन। दलहरूबीच सैद्धान्तिक स्तरको बहससम्मकै अभाव देख्छन्, राजनीतिशास्त्रका सहप्राध्यापक लालबाबु यादव। "कसरी सत्ता हत्याएर अजम्मर बन्ने भन्ने धारणा मात्रै देखिन्छ," उनी भन्छन्, "त्यो पनि पार्टीगत नभएर कति ठाउँमा त व्यक्तिगत छ।"

माओत्सेतुङ्लाई देशको नयाँ तस्िबरको परिकल्पना गर्न बाध्य पार्ने घटना थियो, सडकमा भोकभोकै बसेको सहाराहीन मान्छेको दीनहीन अवस्था। उनी मानसिक रूपमा धेरै दिनसम्म बेचैन भए। त्यही प्रेरणाबाट उनी सन् १९४९ को क्रान्ति मात्र होइन, आफूले कल्पना गरेको मुलुक बनाउन बृहत् सामाजिक, राजनीतिक तथा आर्थिक कार्यक्रम लागू गर्न सफल भए। त्यसले चीन अरू देशहरूको उपनिवेशबाट मुक्त मात्र भएन, विशाल अर्थतन्त्रको बाटोमा अग्रसर भयो।

माओले आफ्नो भिजन जसरी निर्माण गरेका थिए, जुन कुराले उनलाई राष्ट्रकै मुहार फेर्न प्रेरित गरेको थियो, त्यही प्रेरणा र परिवेश सबै नेताका सन्दर्भमा लागू नहुन सक्छ। तर, तिनको विचारधारा, मुलुकको संस्कृति र तात्कालिक समस्याले उनीहरूलाई झक्झक्याउनुपर्ने ठान्छन्, सहप्राध्यापक यादव। भन्छन्, "विश्वमा जहाँ पनि राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रको दिशा बदल्ने कुरा नेतृत्वको भूमिकाले नै सम्भव भएको छ।"



राजनेताको खोजी

बि्रटिस उपनिवेशविरुद्ध अमेरिकामा 'नो ट्याक्स, नो र्‍याक्स' क्रान्ति भयो। त्यसमा सबभन्दा ठूलो भूमिका जर्ज वासिंटनको थियो। त्यहाँका १३ वटै राज्य आफूलाई स्वतन्त्र बनाउन चाहन्थे तर एकल बलबुताले सम्भव थिएन। वासिंटनले एकताका लागि पहल गरे। संयुक्त आन्दोलन सफल भयो र पछि उनकै नेतृत्वमा १३ वटै राज्यका लागि साझा संविधान लेखियो। त्यही संविधानले आजसम्म ती अलगअलग राज्यलाई एक सूत्रमा बाँधेको छ। र, अमेरिका अहिलेको महाशक्ति बनेको छ।

खास घटनाले छोएर, संगतमा परेर, समस्याले थिचिएर वा अध्ययनले खारिएर भिजन आउँछ भन्छन् राजनीतिशास्त्रीहरू। मनोविश्लेषकहरू नेताको अन्तर्यमा प्रतिभा तत्त्वको उपस्िथति पनि आवश्यक ठान्छन्, भिजन निर्माणका लागि। आफ्नो सामुन्नेका समस्याको अध्ययन, विश्लेषण गरेर समाधान निकाल्ने मात्रै नभई कालान्तरसम्म मुलुकले कुन बाटो हिँड्ने, कस्तो स्वरूप लिने भन्ने बृहत् दृष्टिकोण नेतृत्वमा पुग्न चाहनेले निर्माण गर्न सक्नुपर्छ। अनुभव, अध्ययन र विश्लेषण भिजन निर्माणका पूर्वाधार मानिन्छन्। कुनै घटना, परिवेश वा संगतले प्रेरकको काम गर्न सक्छ। सबभन्दा महत्त्वपूर्ण मानक व्यक्ति राष्ट्रप्रति समर्पित छ कि छैन भन्ने मानिन्छ।

नेताले आफ्नो अनुभवलाई अध्ययन र सिद्धान्तका कसीमा राखेर विश्लेषण गर्ने, त्यसका आधारमा भविष्यको चित्र बनाउने गर्नुपर्छ। "त्यो चित्र सपना हो र त्यही नै भिजन हो," शर्मा भन्छन्। अनि, त्यो सपनालाई साकार गर्न रणनीति, नीति र कार्यक्रम तय गरिन्छ, जो सबै पक्ष तयार भइसकेपछि व्यवहारमा रूपान्तर गर्नतिर केन्दि्रत हुन्छ।

विश्वका भिजनरी नेताहरूका उदाहरण हेर्ने हो भने कुर्सीको खेलमा मात्रै नेताहरू केन्दि्रत हुनुपर्ने देखिँदैन। भिजन हुनेहरूका लागि कुर्सी आफँै आइलागेको छ। जर्ज वासिंटनको नेतृत्वमा अमेरिकामा संविधान लेखियो। उनको त्यो भूमिकाको सम्मान गर्दै राष्ट्रपति बनाइयो। अर्कोपल्ट उनले चुनाव नै लड्न चाहेनन्। अरूलाई पालो दिन्छु भने। तर, उनलाई यति दबाब आयो कि दोस्रोपल्ट पनि चुनाव नलडी सुख पाएनन्। त्यतिखेरै उनले सर्तनामा गराए, तेस्रोचोटि कर नगर्नू भनेर। त्यही बेलादेखि अमेरिकामा एउटा पदमा दुईपटकभन्दा बढी चुनाव लड्न नपाउने नियमै बस्यो।

दक्षिण अपि|काका नेल्सन मन्डेला चाहेका भए बाँचुन्जेल राष्ट्रपति बन्न सक्थे। तर, लक्ष्य पूरा भएपछि अलग्गिएर बाहिर बसे। उनले एकपटक मात्रै राष्ट्रपति बन्न चाहे। यस्ता अरू चामत्कारिक नेतृत्व पनि कुर्सीको पछाडि दौडेको देखिँदैन। बरु जनताले कुर्सीमा बसालिराख्न प्रयत्न गर्नुपरेको छ। भारतका नेहरूलाई पटक-पटक कुर्सीमा बस्न लगाइएको इतिहास छ।

अमेरिकी विद्वान् जेम्स पि|म्यान क्लार्कले दुई सय वर्षअघि नै भनेका थिए कि नेताले सधैँ अर्को चुनावबारे सोच्छ भने राजनेताले सधैँ अर्को पुस्ताबारे सोच्छ। "यहाँ त अर्को चुनावसम्म पनि पर्खने धैर्यता नभएका नेता भए," सहप्राध्यापक यादव भन्छन्, "नेता राजनेता होइन, मालिक बन्न खोजेजस्तो देखिन्छ। मालिकले आफूलाई सधैँ मालिक नै बनाइराख्न चाहन्छ। आफ्नो पदको सुरक्षाका लागि जतिसुकै स्रोत र शक्तिको दुरूपयोग गर्न सक्छ।"

प्रजातन्त्र वा पद्धति अमूर्त हुन्छन्। तिनलाई हाँक्ने वा मूर्तता दिने नेतृत्वले हो। त्यही मूर्तता दिने माध्यम नै भिजन हो। भिजन भएका नेताहरू समानान्तर व्यक्तित्वका बीचबाट पनि जनताबाट छानिएका छन्। सन् १९४५ मा बेलायतमा क्लेमेन्ट रिचार्ड एट्ली र विन्स्टन चर्चिलबीच प्रधानमन्त्रीका लागि चुनावी प्रतिस्पर्धा भयो। त्यो लेबर पार्टी र कन्जर्भेटिभ पार्टीका बीचको चुनाव होइन, एड्ली र चर्चिलको व्यक्तित्वको लडाइँ हो भनिन्थ्यो। बहालवाला प्रधानमन्त्री चर्चिलले हारे जबकि उनको लोकपि्रयता कम थिएन। त्यो चुनावी परिणाम स्वीकार गरे। अर्कोपल्ट उनैले चुनाव जिते, कारण उनले दिएको भिजनको परिणाम पछि मात्रै देखिएको थियो। तर, नेपालमा सरकारमा कसरी आफूलाई स्थापित गर्ने, त्यसलाई कसरी निरन्तरता दिने भन्ने नै प्राथमिकताको विषय बन्दै आएको छ।

विश्वमा परिवर्तन आएको छ। त्यसैले अहिले यस्तो स्वप्नद्रष्टाको खाँचो छ, जसले राष्ट्रिय आवश्यकता, बहुसंख्यक जनताको भावना र अन्तरर्ाष्ट्रिय परिवेशलाई सजिलैसँग बुझ्न र त्यसभित्र नेपालको राष्ट्रिय स्वार्थलाई निर्माण गरेर बाँकी विश्वसँगै अघि बढाउन सकोस्। बहुआयामिक र परस्परविरोधी सोच, धारणा र अपेक्षालाई समेट्न सकोस्। सायद, शिशिर योगीले गाएको यस गीतले पनि त्यही भनिरहेको छ :

छाडेर काम सारा एक काम रोजिरहेछु

यो देशमा म एउटा मानिस खोजिरहेछु। 



भिजनका झिल्का

पृथ्वीनारायण शाह (विसं १७८९-१८३१) :
आधुनिक नेपाल राष्ट्रका प्रथम परिकल्पनाकार थिए, पृथ्वीनारायण शाह। दिव्योपदेशमा अभिलिखित उनका भनाइहरूले पनि उनको दूरदर्शिताको परिचय दिन्छन्। कहिल्यै सूर्य नअस्ताउने गरी विस्तार भएको बेलायती साम्राज्यलाई नेपालभित्र पस्न नदिने बलियो सामरिक शक्ति निर्माण गर्ने उनको सपना थियो। त्यो सपना पूरा गर्न नेपालभित्रका ५३ भन्दा बढी रजौटाहरूलाई एक गराउन हिँडे। त्यतिखेर उनले सामरिक, कूटनीतिक र सामाजिक-सांस्कृतिक चेतनाबाट निसि्रत जुक्तिहरू लगाएर ती राज्यहरूलाई एक बनाउने अभियान छेडे। उनको ५२ वर्षकै उमेरमा निधन भएकाले पछि उत्तराधिकारीहरूले पनि उनको अभियानलाई निरन्तरता दिए। फलस्वरूप नेपालले उपनिवेश बन्नुपरेन। "स्वाधीन अर्थतन्त्रको निर्माण, राज्यव्यवस्था, बसोबास प्रणाली र अन्तरर्ाष्ट्रिय सम्बन्धबारे उनका अभिव्यक्ति अहिले पनि सान्दर्भिक र मार्मिक छन्," राजनीतिशास्त्रका उपप्राध्यापक दीपक गजुरेल भन्छन्, "भिजन भएर नै उनले यस्तो बोल्न सकेका हुन्। उनको जत्तिको भिजन त्यसपछिका कुनै शासकमा देखिएन।"

जंगबहादुर राणा -विसं १८७४-१९३३) : जतिखेर भोगविलास र आन्तरिक झगडाका दिनचर्यामा डुबेका राजपरिवार र भारदारहरूका कारण अस्िथर बनेको मुलुकलाई स्थायित्व दिन एउटा बलियो शासकको खाँचो थियो, त्यतिखेर जन्मिए जंगबहादुर राणा। राजदरबारभित्रकै एक कर्मचारी जंगबहादुरले सिलसिलेवार षड्यन्त्र र हिंसाको माध्यमबाटै भए पनि सत्ता हत्याए। मुलुकको सामरिक शक्ति कमजोर भएका बेला उनले बेलायतसँग जोरी खोजेनन्, मिलेर अघि बढ्ने नीति लिए। देशको भौगोलिक, आर्थिक, सैनिक क्षमतालाई समेत ख्याल गरी उनले देश जोगाए। त्यसपछिका सबै राणाहरू उनकै भिजनमा हिँडे। राणाहरूले बेलायतीको बढी चाकडी गरे, आन्तरिक रूपमा जनतालाई शोषण गरे, निरंकुश जहानियाँ शासन चलाए। त्यो व्यवस्था १ सय ४ वर्ष चल्यो। यी पक्षतिर आलोचना गर्न सकिन्छ तर जंगबहादुरमा दूरदर्शिता भने थियो नै।

बीपी कोइराला : बहुसंख्यक नेपाली कृषि पेसामा रहेकाले उनी किसानलाई सम्पन्न बनाए मुलुक सम्पन्न हुन्छ भन्थे। बिर्ता उन्मूलनलगायत कार्यक्रम त्यसै अन्तर्गत आएका थिए। नीति तथा योजना निर्माताहरूले हलो जोतिरहेको किसानको तस्िबर भित्तामा टाँसेर काम गर्नुपर्ने उनको भनाइ थियो। खुला एवं प्रतिस्पर्धात्मक राजनीति र राज्यकेन्दि्रत अर्थतन्त्र -समाजवाद)का स्वप्नद्रष्टा थिए, उनी। त्यही अनुसार कार्यक्रम लागू गराउन खोजेको पनि देखिन्छ। तर, राजा महेन्द्रले ०१७ सालमा सत्ता हत्याएपछि त्यो भिजन कार्यान्वयन गर्न पाएनन्। उनीपछिको कांग्रेसले त्यो भिजन बोक्नै सकेन।

राजा महेन्द्र : पूर्वपश्चिम राजमार्ग बनाए। मुलुकलाई पाँच विकास क्षेत्रमा विभाजन गरी क्षेत्रीय विकासको अवधारणा लागू गरे। पहिले पटक-पटक अस्वीकृत भएको संयुक्त राष्ट्रसंघको सदस्यता दिलाएर नेपाललाई अन्तरर्ाष्ट्रिय मञ्चमा स्वतन्त्र राष्ट्रका रूपमा परिचित र स्थापित गरे। मुलुकको भौगोलिक र सामाजिक विभेदलाई चिरेर त्यसलाई विकासले जोड्नुपर्छ भन्ने मान्यता स्थापित गरे। नेपालका स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गरे। यो उनको दूरदर्शिता थियो तर राजनीतिक स्वतन्त्रतामा अंकुश लगाएका कारण ३० वर्षमै उनले प्रतिपादित गरेको पञ्चायती व्यवस्था ढल्यो। "महेन्द्रले प्रजातन्त्रको क्षतिपूर्तिका रूपमा विकास दिन खोजे," प्रा कृष्ण पोखरेल भन्छन्, "प्रजातन्त्र र विकास सँगसँगै हुर्काउन सकेका भए उनको भिजनले राष्ट्रको समृद्धि हुन सक्थ्यो।"

मदन भण्डारी : अन्तरर्ाष्ट्रिय क्षेत्रमा कम्युनिस्ट शासनहरू एकपछि अर्को गरी ढल्न थालेको र प्रजातन्त्रको लहर चलिरहेका बेला नेपालमा शास्त्रीय कम्युनिस्ट व्यवस्था सम्भव नरहेको निष्कर्षका साथ नेकपा एमालेका नेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद -जबज)लाई नयाँ मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारे। खुला प्रतिस्पर्धाबाट सरकारमा जाने र प्रगतिशील कार्यक्रमका माध्यमबाट विकास र अर्थतन्त्रलाई अगाडि बढाउने जबजको ध्येय थियो। जबजलाई उनको पार्टीले स्वीकार मात्रै गरेन, छोटै समयमा भण्डारीसमेत राष्ट्रिय राजनीतिमा त्यसैका कारण स्थापित भए। तर, उनले राज्यसत्तामा पुगेर आफ्नो परिकल्पना लागू गराउन पाएनन्। ०५० सालमा उनको निधन भयो।



भिजनशून्य वर्तमान


झलनाथ खनाल : मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम ल्याउँदा विपक्षमा उभिएका कारण यिनी परम्परागत कम्युनिज्मका पक्षधर मानिन्छन्। अहिले पनि उनी कांग्रेसलगायत उदारवादी शक्तिहरूबाट दूरी राखेर र माओवादीसित निकट सम्बन्ध राख्नुपर्ने धारणामा अघि बढेका छन्। तर, उनले पनि मुलुकलाई संक्रमणबाट पार लगाउन दीर्घकालीन शान्ति र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन कुनै स्पष्ट खाका दिन सकेका छैनन्।



केपी ओली : राजनीतिक खेल र अभिव्यक्ति कौशलमा अन्य नेताभन्दा फरक देखिने ओली एमालेलाई उदार लोकतन्त्रकै बाटोमा हिँडाउन खोज्ने नेता हुन्। तर, आर्थिक-सामाजिक विकासबारे उनले आफ्नो स्पष्ट भिजन कतै सार्वजनिक गर्न सकेको देखिँदैन।



पुष्पकमल दाहाल 'प्रचण्ड' : मुलुकको राजनीतिक, सामाजिक र आर्थिक प्रणालीमा व्यापक पुन:संरचना गर्नका लागि उनले नयाँ नेपालको सोच अघि सारे। संविधानसभा निर्वाचनअघि माओवादीले सार्वजनिक गरेको संघीय नेपालको ढाँचासहितको अवधारणापत्रमा प्रचण्डको परिवर्तनकारी सोचको झल्को देखिन्छ। तर, उनी बढी राजनीतिक दाउपेचमा लाग्ने, उत्तेजनामा बोल्ने, बोलेका कुरामा अड्न नसक्ने कारणले हलुका बन्दै गएका छन्।



बाबुराम भट्टराई : अहिलेका राजनीतिक अगुवाहरूका बीचमा यी तुलनात्मक रूपमा केही आशलाग्दा अनुहार हुन्। माओवादीभित्र विकासको चिन्तनलाई अनवरत रूपमा बोक्ने नेता पनि हुन् यी। कृषि र उद्योगमा आधारित अर्थतन्त्रमा जोड दिने र राज्यले त्यसमा सघाउने उनको सोच हो। निर्वाह खेतीबाट बजारमुखी बनाएर उत्पादकत्व बढाउने, काम नहुँदा पनि कृषिमा अल्भिनेहरूलाई अन्य उद्योग, व्यापारमा लगाउने सोच उनमा छ। तर, जुक्तिहरू केके भन्नेमा स्पष्टता आउन बाँकी नै छ। राजनीतिक र सामाजिक क्षेत्रका बृहत् आयामहरूलाई समेट्न भने सकेका छैनन्।



सुशील कोइराला : उनी महत्त्वाकांक्षाविहीन नेता हुन्। राजनीतिशास्त्रमा यस्तालाई प्वाँख नभएका पंक्षी भन्ने चलन छ। बीपी कोइरालाको राजनीतिक र पारिवारिक सहयोगीका रूपमा लामो समय बिताएका सुशीलले स्वतन्त्र परिचय र राजनीतिक विचार निर्माणमा कहिल्यै ध्यान दिएनन्। भारत निर्वासनमा छँदा नीतिश कुमार उनका साथी थिए। नीतिश कुमार आफ्नो राजनीतिक भिजनका कारण विहारको कायापलट गर्न सफल भएका छन् भने कोइराला मुलुकको प्रमुख लोकतान्त्रिक दलको नेतृत्वमा पुग्दा पनि किंकर्तव्यविमूढ अवस्थामा छन्।



शेरबहादुर देउवा : यिनलाई नेपाली कांग्रेसमा अहिले वैकल्पिक नेताका रूपमा लिइन्छ। तर, चिन्तन/मननलाई पटक्कै महत्त्व नदिने नेताका रूपमा परिचित छन्। यद्यपि, जलस्रोतको विकासलाई उनले आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन्। तर, उनी दीर्घकालीन भिजनभन्दा तात्कालिक परिवेश अनुरूप आफूलाई प्रस्तुत गर्दै आएका छन्।



के हो भिजन ?

प्रा चैतन्य मिश्र

इतिहासको पुनरावलोकन र वर्तमानको विश्लेषणका आधारमा गरिएको समृद्ध भविष्यको परिकल्पना हो, भिजन। समृद्ध भविष्य निर्माणका लागि अहिलेको विन्दुमा कसरी पगियो भन्ने समीक्षा गरिन्छ । आगामी निश्चित अवधिमा कहाँ पुग्ने भन्ने मार्गचित्र कोरिन्छ। त्यस मार्गचित्रमा अर्थतन्त्र, राजनीतिक र सामाजिक/सांस्कृतिक स्वरूपको निरूपण गरिन्छ। यीभित्र पनि सूक्ष्म आयामहरूमा पसेर भविष्यको प्रारूप दिमागमा राखिन्छ। दिमागमा आउने त्यही स्वप्न हो, भिजन। नेताले आफ्नो सपनालाई सैद्धान्तीकरण गर्छ। त्यसलाई राजनीतिमा अनुवाद गर्छ। जनतालाई सहमत गराउँछ र वैध बाटो -सरकार)बाट लागू गराउँछ।

आफ्नो इतिहासको विश्लेषणबाट भविष्यका धेरै कुराको परिकल्पना गर्न सकिन्छ। वर्तमानको विश्व समुदायलाई आकलन गर्दा त्यस्ता परिकल्पनाले थप परिमार्जन भेट्छ। विश्व र आफ्नो क्षेत्र, नेपालको सन्दर्भमा चीन र भारत कहाँ पुग्दैछन् भन्ने कुरा दाँजेर हेर्ने दिमागमा भविष्यको चित्र अझ स्पष्ट आउँछ। तर, हामी वर्तमानमा रुमलियौँ। तत्कालका विषयमा अल्मलियौँ। एकदमै अल्पकालीन सोचाइमा धेरै समय बितायौँ। त्यसै भनिएको होइन रहेछ, चिनियाँहरूले विचार गदर्ा ५०-१०० वर्षपछिको कुरा सोच्छन्, हामी तत्कालको मात्रै। हामी नाकैमुनिको कुरो मात्रै देख्छौँ। अझै त्यो पनि देख्दैनौँ।

तपसिलका विषयमा झगडा गरिरहेका हुन्छौँ। हाम्रो भिजन एक वर्षभन्दा टाढाको त हुँदै नहुने भइसक्यो। सरकारी नीति, कार्यक्रम र बजेटमा समेत एक वर्षभन्दा परको सोचाइ र व्यवहार देखाउन नसक्ने भयौँ। अहिले सानातिना कुरालाई मूल मुद्दासरह प्राथमिकता दिइरहेका छौँ। जस्तो- जातजातिको कुरा। यो महत्त्वपूर्ण कुरा नभएको होइन। थिचिएका हेपिएका समुदायलाई मुक्त गर्नु अत्यावश्यक छ। तर, यसलाई यसरी जोड दिइएको छ कि यसबाहेक अरू केही पनि विषय नै छैन जस्तो। त्यही मात्रै कुरा त हुँदै होइन।

सिंगो अर्थतन्त्र ढलपल हुन लागेको छ। युवाले काम नपाइरहेको स्थिति छ। अरू सकारात्मक कुरा पनि भएका छन्, जसले आमआकांक्षाको तह ह्वात्तै बढाइदिएको छ। लोकतन्त्र, गणतन्त्र स्थापित भएको छ। संक्रमणकालको व्यवस्थापन गर्नुपर्ने छ। यी सबै कुराको माझमा जातजातिको विषयलाई राखेर हेर्नुपर्ने हो। यसो भयो भने हामी ठीक भिजनमा पुग्न सक्थ्यौँ तर स-सानो पाटा नै सबै कुरा हुन् भन्नेमा रुमलियौँ। ठूला मुद्दालाई कति महत्त्व दिने र साना कुरालाई कति महत्त्व दिने, त्यसको अनुपात नमिलेर पनि दूरदृष्टि बनाउन गाह्रो भएको छ।

भएका भिजनका झिल्काझिल्की आपसमा झगडा गर्दागर्दै सिद्धिएको छ। मन्त्रिमण्डल बनाउन यत्रो समय खर्चिइन्छ। संविधान बनाउने समय घर्किएको छ। अन्तरिम संविधानमै पनि भावी नेपालको एउटा चित्र देख्न सकिन्छ। त्यसमा पनि भिजन छ। तर, त्यसलाई संक्रमणकालीन घडीमा ओझेल पारियो।

अहिले मूल रूपमा दुई कुरालाई ख्याल गरेर भविष्यको मार्ग र चित्र कोर्न सकिन्छ, नेपाललाई लोकतन्त्रको सूत्रमा दीर्घकालसम्म एकत्रित पार्न सक्ने संविधान र युवाशक्तिलाई काम दिन सक्ने अर्थतन्त्रको निर्माण। यी दुवै कुरा सँगसँगै लैजानुपर्छ। यी एउटाबिना अर्को टिक्नै सक्दैन। युवाले काम पाएनन् भने लोकतन्त्र खत्तम हुन्छ। लोकतन्त्र भएन भने युवाले रोजगारी पाउन सक्दैनन्। एकदमै राज्यनियन्त्रित अर्थतन्त्रले युवालाई रोजगारी दिन सक्दैन भन्ने कुरा पटकपटक प्रमाणित भइसक्यो। लोकतन्त्रको विस्तारसँगै निजी क्षेत्रको अग्रसरतासहितको, उद्योग-व्यापारसहितको पुँजीवादको विकासले मात्रै मुलुकको समृद्धि सम्भव छ। त्यो समृद्धिसम्म पुग्ने भिजन अहिले देखिएको छैन। चीन र भारत एकदमै द्रुत गतिमा हिँड्दै छन्। तिनीहरूसँग पाइला मिलाएर हिँड्न सक्यौँ भने हाम्रो भविष्य सुनिश्चित हुन्छ। होइन भने हामीभित्र धेरै द्वन्द्व हुने सम्भावना छ। त्यसकारण पनि भिजन चाहिएको छ। मुलुकले दूरदर्शी नेता खोजेको छ।

पर्यटन नीति कार्यान्वयनमा ढिलाइ

नयाँ पत्रिका

काठमाडौं,वैशाख

पर्यटन क्षेत्रको विविधीकरण र विस्तारद्वारा स्वरोजगार सिर्जना गरी गरिबी निवारण एवं जीवनस्तरमा सुधार गर्ने उद्देश्यले ल्याइएको पर्यटन नीति ०६५ प्रभावकारी रूपमा लागू हुन सकेको छैन । नीतिले लक्षित गरेका उपलब्धि हासिल गर्न सरकारले ठोस कार्यक्रम नल्याएका कारण नीति कार्यान्वयन हुन नसकेको हो । पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गरी सुरक्षित तथा नियमित हवाई तथा स्थल यातायातको माध्यमबाट पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले पर्यटन नीति ०६५ जारी भएको थियो ।



नीतिमा पर्यटन उद्योगले उपलब्ध गराउने सेवाको क्षमताका आधारमा ठूला, मझौला र साना उद्योगमा वर्गीकरण गरिने उल्लेख छ, तर अहिलेसम्म सरकारले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिए पनि वर्गीकरण गरेको छैन । पर्यटनले कुल गार्हस्थ उत्पादनमा पुर्‍याएको योगदान यकिन गर्ने पद्धतिको विकासका लागि 'स्याटलाइट एकाउन्टिङ सिस्टम' लागू गरिने उल्लेख भए पनि यसका लागि कुनै ठोस काम भएको छ्रैन ।

नेपाल पर्यटन बोर्डको उदासीनताका कारण स्याटलाइट एकाउन्टिङका लागि छुट्याइएको १५ लाख रुपैयाँ पि|mज हुने अवस्थामा पुगेको छ । तथ्यांक विभागसँग समन्वय गर्नुपर्ने भएकाले समयमा काम नभएको बोर्डको भनाइ छ । बोर्डले स्याटलाइट एकाउन्टिङका लागि नेसनल स्टाटिस्टिकल इन्स्िटच्युट नामक गैरसरकारी संस्थालाई जिम्मा दिएको, तर उसले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन ।

पर्यटन नीतिमा मुलुकको अर्थतन्त्रमा विकासको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रको अवधारणासहित पर्यटन उद्योगको विकास एवं विस्तार गर्न गुरुयोजना तयार गरी आवधिक योजना तथा वाषिर्क कार्यक्रममा समावेश गर्ने उल्लेख छ । तर, हालसम्म पर्यटन गुरुयोजना तयार भएको छैन ।

पर्यटनसम्बन्धी सूचना एकीकृत गरी डिजिटल र अन्य तरिकाले उपलब्ध गराउन सूचना व्यवस्थापन प्रणाली अपनाइने र पर्यटनसम्बन्धी तथ्यांकलाई भरपर्दो तथा अद्यावधिक गराई निर्णय निर्माणको आधार बनाइने नीतिमा उल्लेख छ । तर, मन्त्रालयले नीतिअनुसार सूचना व्यवस्थापन प्रणाली तयार गरेको छैन । पर्यटन मन्त्रालयले भने केन्द्रीकृत सूचना प्रणाली तयार गर्न चालू वर्षको कार्यक्रममा बजेट छुट्याइएको र पर्यटकीय तथ्यांक अद्यावधिक र भरपर्दो बनाउन कार्यनीति तयार गर्ने काम भइरहेको बताएको छ ।

पर्यटन नीतिअनुसार त्रिवषर्ीय योजना -०६४/६५-०६६/६७) मा पर्यटक आगमन वाषिर्क ७ लाख पुर्‍याउने, पर्यटकको औसत बसाइ अवधि १३ दिन पुर्‍याउने, पर्यटन क्षेत्रबाट ३० करोड डलर विदेशी मुद्रा आर्जन गर्ने, कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशतको योगदान पुर्‍याउने, १ लाख जनशक्तिलाई प्रत्यक्ष रोजगार दिलाउनेजस्ता लक्ष्यसहितको कार्यक्रम उल्लेख छ । तर, सोअनुरूपको प्रगति

स्थिति छैन । 'कति प्रगति भयो भनेर विश्लेषण नै भएको छैन,' पर्यटन मन्त्रालयकै अधिकारीहरू भन्छन् । पर्याप्त स्रोत साधनको अभावमा तथ्यांक अद्यावधिक गर्न नसकिएको अधिकारीहरूको भनाइ छ ।

त्रिवषर्ीय योजनाको लक्ष्यअनुसार पर्यटकको सरदर आगमन ७ लाख पुगेको छैन । सन् २००९ मा करिब ५ लाख पर्यटक आएकोमा यो संख्या २०१० मा ६ लाख २० हजार पुगेको छ । सन् २०११ मा दस लाख पर्यटकको लक्ष्य राखिएकोमा पहिलो चार महिनासम्मको सरदर पर्यटक आगमन वृद्धिदर १८ प्रतिशत रहेको पर्यटन मन्त्रालय तथ्यांक शाखाले जनाएको छ । वर्षको पहिलो चार महिनामा हवाईमार्गबाट करिब १ लाख ८० हजार पर्यटक नेपाल भित्रिएका छन् ।

त्रिवषर्ीय योजनामा पर्यटकको बसाइ अवधि १३ दिन पुर्‍याउने लक्ष्य राखिएको छ । सन् २००९ मा पर्यटकको सरदर बसाइ अवधि ११ दशमलव ३२ दिन थियो । २०१० को तथ्यांक नआइसकेको भए पनि ट्रेकिङका लागि आउने पर्यटक संख्या बढेकाले बसाइ अवधि बढ्ने अपेक्षा गरिएको पर्यटन मन्त्रालय तथ्यांक शाखाका उपसचिव रवि कायस्थ बताउँछन् । नयाँ टेकिङ रुटको विकास भएकाले बसाइ अवधि बढ्नसक्ने उनको अनुमान छ ।

त्रिवषर्ीय योजनामा कुल

गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको थियो । नेपाल राष्ट्र बैंकको सन् २०१० को तथ्यांकअनुसार कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ४ प्रतिशत छ । पर्यटन वर्ष २०११ अभियानका कारण यो प्रतिशत केही बढ्ने अपेक्षा बैंकको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०६६/६७ मा पर्यटन क्षेत्रबाट २८ अर्ब १३ करोड रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, चालू आवको पहिलो ६ महिनाको आम्दानी १३ अर्ब ५१ करोड रुपैयाँ छ

विद्यार्थी भर्ना अभियान

रामचन्द्र अधिकारी

सकेसम्म बढी विद्यार्थीलाई विद्यालयमा भित्र्याउने उद्देश्यले सरकारले अहिले भर्ना अभियान सञ्चालन गरिरहेको छ । पाँचदेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गरी चलाइएको भर्ना अभियान वैशाख महिनाभरि रहने सरोकारवाला निकायले जनाएको छ । यसो भन्दैमा भर्नाको ढोका अरू केही समय बन्द नहोला ।



वैशाखको सुरुदेखि नै सुरु गरिएको भर्ना अभियानको उपलब्धि के कति भयो भन्ने कुराको लेखाजोखा गर्ने बेला भएको छ । विद्यार्थीलाई विद्यालय ल्याउन के कस्ता पहल गरिए र कस्ता कार्यक्रम चलाइए भन्ने कुराको निन्दा गर्नुपर्दछ ।

सरकारले सञ्चालन गरेका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण क्रमशः घटिरहेको छ । सङ्ख्या र गुणस्तर दुवै कमजोर भइरहेको अनुभूत गरिँदैछ । यस्तै अवस्था रहिरहने हो भने विद्यालयका ढोका सँधैका लागि बन्द नहोला भन्न सकिन्न । यद्यपि सरोकारवालाहरूले प्रयास गरेका पनि होलान् । तथापि शिक्षाको गुणस्तरमा सुधार नआएकाले यसबारे अझै प्रयास गर्नु जरुरी छ ।

शिक्षाको गुणस्तरको सबैभन्दा महìवपूर्ण भूमिका शिक्षकको हुन्छ । शिक्षकहरूले जागिर पकाउने उद्देश्य नराखी राम्रो पढाउनु पर्छ र पूरा कर्तव्य निर्वाह गर्नुपर्दछ । जब पूरा समय नठगी काम गरिन्छ भने परिणाम अवश्य पनि सकारात्मक हुनेछ । उत्कृष्ट परिणाम देखिएपछि विद्यार्थी स्वतः विद्यालयतिर आकषिर्त हुन्छन् । प्राय अहिलेको स्थिति कस्तो छ भने अधिकांश शिक्षकले पूरा समय पढाउँदैनन् भन्ने गुनासो प्रधानाध्यापकको अनुपस्थितिमा काममा असाध्यै लापरबाही देखिन्छ । सरकारी विद्यालयका प्रायः श्ािक्षक आफ्नो कर्तव्यमा निष्ठावान् छैनन् । उनीहरू स्वयंलाई महसुस भएकै हुनुपर्छ कि विद्यालयमा के कति कर्तव्य निर्वाह गरिँदैछ । आदि भनाइ पनि त्यति नै सुनिँदैछ ।

दोस्रो पक्ष के छ भने अचेल अङ्ग्रेजी भाषाको जमाना छ । अङ्ग्रेजी बोल्न र लेख्न जानेको छ भने संसारको कुनै पनि कुनामा गरी खान सकिन्छ भन्ने आमधारणा छ । वास्तविकता यो होइन भन्न पनि सकिन्न । अङ्ग्रेजीकै लागि अभिभावकले नानीहरूलाई अङ्ग्रेजीमा पढाइ गरिने संस्थागत विद्यालयमा पढाउँछन् । त्यसो गर्दा अभिभावकले ठूलो आर्थिक भार बेर्होर्नु पर्नेहुन्छ । गरिब अभिभावकलाई यस्तो कुराले निकै प्रभाव पारिदिन्छ । त्यसो हुनाले अब सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमा नै पढाएमा झन् राम्रो हुनेथियो । यो योजना लागू गर्नलाई कुनै कुराले समस्या उत्पन्न गर्दैन । सामुदायिक विद्यालयमा विद्यार्थी तान्ने अर्को उपाय छ- टाइसुट । जमाना देखाउने खालको छ । बालबालिकामा एउटा यस्तो मानसिकताको विकास भएको छ कि टाई र पेटी कसेर विद्यालय जानुको शान बेग्लै आनन्द लाग्दो छ । सामुदायिक विद्यालयमा यसप्रकारको युनिर्फम कमै पाइन्छ । सबै सामुदायिक विद्यालयले टाई र बेल्टको प्रयोग गराएमा विद्यार्थीको मन तानिने देखिन्छ ।

बालबालिकालाई विद्यालयमा रत्याउन, विद्यालय आउने बानी लगाउन, विद्यालय पि्रय बनाउन पनि शिक्षकहरूकै भूमिका सर्वोपरी हुन्छ । सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीबीचको दूरी निकै लामो छ तर संस्थागतमा यो दूरी कम भएको पाइन्छ । अझ सानो कक्षामा त लगभग घरकै वातावरण र घरकै जस्तो मायाप्रेम देखाइन्छ । फकाइफुल्याइ गरिन्छ, मिठाइ र खेलौना दिइन्छ । यस्तो काम सामुदायिकले पनि गरेको खण्डमा किन बालबालिकाले मन अर्कातिर बटार्थे र । साना कक्षाहरूमा पढाउने शिक्षकहरूमा विशेष शिक्षण विधिको आवश्यकता पर्दछ । विद्यालयका शिक्षकहरू यसकलामा निपूण छन् । उनीहरूले ज्ञानलाई व्यवहारमा उतारे विद्यार्थी तान्न बेर लाग्दैन ।

विद्यालयको भौतिक वातावरण एउटा प्रमुख पक्ष हो जसले विद्यार्थीलाई आकर्षण या विकर्षण गर्ने भन्ने कुरा निर्धारण गर्दछ । परिसरमा उपयुक्त सरसफाइ, शौचालयको प्रबन्ध, खानेपानी चमेनागृह आदि सुविधा प्रदान गर्नु पर्दछ । यी कुनै असम्भव सामग्री होइनन् । सरसफाइ राम्रो छैन, विद्यार्थीको शारीरिक सरसफाइको मूल्याङ्कन गरिँदैन भने विद्यालयप्रति मानिसको विकर्षण हुनेमा दुईमत छैन । ठूला कक्षामा बीचैमा पढाइ र विद्यालय छोड्ने समस्या विकराल रूपमा स्थापित भएको छ । यसका पछाडि विभिन्न कारण छन् । ती कारण पत्ता लगाएर समाधानको उपाय शिक्षकहरूको अगुवाइमा गर्नुपर्दछ । विद्यालयमा बालबालिका ल्याउन र अड्याएर राख्नमा पनि मुख्य भूमिका शिक्षककै हो । उनीहरूको व्यवहार, उदारता, लगनशीलता, अभिमुखीकरण र शीलस्वभावले अमूल्य भूमिका खेल्दछ ।

सामुदायिक विद्यालयमा देशी मात्रै होइन अन्तरर्राष्ट्रिय लगानी पनि छ । अनेक प्रकारका छात्रवृत्तिको व्यवस्था गरिएको छ तर विडम्वना कतिपय विद्यालयमा कस्तो पाइन्छ भने सुविधा विद्यार्थीलाई वा अभिभावकलाई नै पनि थाहा हुँदैन कि कुन र कस्तो अनि कति रकमको सुविधा हो भनेर । छात्रवृत्तिको रकम, पुस्तकको रकममा अनियमितता छैन भन्ने अवस्थै छैन । तसर्थ असली विद्यार्थीलाई छात्रवृत्ति दिलाएर पनि सामुदायिक विद्यालयमा आकर्षण थप्न सकिन्छ । उल्लिखित कार्यहरू गरेमा भर्ना अभियानलाई सफल पार्न पञ्चैबाजा बजाएर, ब्यानर बोकी, नाचगान गर्दै गाउँ घुमिरहनै पर्दैन ।
साभार - गोरखापत्र

साथीजस्तै हुनुपर्छ आमाछोरी......

दीपा ओली
आमाछोरीको सम्बन्ध धेरै प्रकारले अन्य सम्बन्धभन्दा उँचो हुन्छ। भावनात्मक डोरीले रगतको नातालाई बल प्रदान गर्ने भएकाले यो पारस्परिक सम्बन्ध अझ महत्वपूर्ण भएको हो। त्यसैले छोरीहरूले अरूसँग व्यक्त गर्न नसकेको मनको बह आमासँग पोख्छन्। छोरीको भावनालाई आमाले सही ढंगले बुझ्न सक्छिन्। त्यसैले आमाछोरीको सम्बन्ध मित्रवत् हुनुपर्छ। हाम्रो समाजमा अहिले पनि छोरी बढ्दै गएपछि आमाबुवा पिरोलिन थाल्छन्। किशोरावस्थाका केटाकेटीहरू विपरीत लिङ्गीप्रति आकषिर्त हुनु स्वाभाविक एवं प्राकृतिक भए पनि यी कुराले अभिभावकहरूलाई विचलित बनाउँछ। अभिभावकहरू बेलैमा किशोरी छोरीको विवाह गरिदिएर जिम्मेवारीबाट मुक्त हुन चाहन्छन्। उनीहरू किशोरी छोरीलाई झमेला मान्छन्। अभिभावकहरूको यस्तो सोच गलत भएको मनोवैज्ञानिकहरूको धारणा छ। साभार - 



१३ देखि १९ वर्षको उमेरमा हार्मोनमा आउने परिवर्तनका कारण केटा वा केटीमा विपरीत लिङ्गीप्रति आकर्षण बढ्न थाल्छ। यस्तो सम्बन्धलाई आमाबुवाले मन नपराउने हुनाले किशोर-किशोरीहरू त्यसलाई लुकाउने प्रयासमा हुन्छन्। यस्तो अवस्थामा अभिभावकले उनीहरूलाई उपयुक्त दिशा देखाउनुपर्छ र कुनै प्रकारको दबाब दिनु हुँदैन। अनावश्यक दबाब सिर्जना गरेका कारण कतिपय आमाबुवाले आफ्नै सन्तान गुमाउनुपरेका उदाहरण समाजमा थुप्रै छन्। यस्तै दुव्र्यसनीमा पर्ने, आत्महत्या गर्ने र बरालिएका थुप्रै घटना पनि देखिएका छन्। तसर्थ किशोर-किशोरीलाई कुनै पनि कुरा जबर्जस्ती गराउन खोज्नु मूर्खता सिवाय केही हुन सक्दैन। सम्झाउँदा हुने कुरालाई अनावश्यक दबाब दिएर बिगार्नु हुँदैन। बरु साथीजस्तै व्यवहार गरेर उनीहरूको मन जित्न सक्नुपर्छ। मन जितेर गरिने उदार व्यवहारमा धोका हुँदैन।



स्वतन्त्रता आवश्यक 

किशोरावस्थाका केटाकेटीलाई स्वतन्त्र वातावरणमा हुर्कने अवसर प्रदान गर्नु अभिभावकहरूको दायित्व हो। स्वतन्त्रता हरेक कुरामा आवश्यक हुन्छ। कुनै विचार व्यक्त गर्न वा कसैसँग सम्बन्ध गाँस्ने प्रश्नमा उनीहरूलाई स्वतन्त्र छोड्नुपर्छ। यद्यपि साथीको भूमिकामा रहेर सल्लाह भने दिन सकिन्छ। मनोवैज्ञानिकहरू विपरीत लिङ्गीसँगको सम्बन्धलाई प्राकृतिक मान्छन्। मनोवैज्ञानीक गंगा पाठक भन्छिन्-यसलाई गलत मान्नु एउटा रोग हो। यसमा केही गलत छैन। कसैप्रति आकषिर्त भैसकेपछि उनीहरूको ध्यान पढाइ-लेखाइवाट टाढिन्छ। अभिभावकहरू सोच्छन् यसले गर्दा करिअर छनोट र भावी जीवनमा असर पुग्छ तसर्थ अभिभावकहरू किशोर-किशोरीलाई गाली गरेर वा तर्साएर तह लगाउन खोज्छन् जसबाट उल्टो परिणाम निस्कन सक्छ। यसकारण अभिभाभवकले आफ्ना छोराछोरीलाई केवल आपसी सम्बन्ध कसरी निर्वाह गरियो भने हित हुन्छ बताउनुपर्छ।

संवादको आवश्यकता

अभिभावक एवं छोराछोरीबीच पुस्तान्तर -जेनेरेसन ग्याप) महसुस हुने खालको सम्बन्ध हुनु हुँदैन। यसमा अभिभावकहरूले नै अहंभूमिका खेल्नुपर्छ। छोराछोरीकै चाहनाअनुरूप संवाद गरेर तथा सल्लाह दिएर मायालु वातावरण सिर्जना गर्न सक्नुपर्छ। यसबाट आत्मीय सम्बन्ध कायम हुन्छ। बेलामौकामा छोराछोरीसँग कुराकानी गर्नुपर्छ। उनीहरूले केही कुरा सोधे पन्छिनु हुँदैन। साथीसँग बस्दा जस्तो सहज वातावरण सिर्जना गरेर उनीहरूसित भिज्नुपर्छ। यसो गरियो भने टिनएजरलाई अभिभावकको कुरा बुझ्न सजिलो हुन्छ। साथीहरूसँग टेलिफोनमा घन्टौं कुरा गर्दा, च्याटिङ गर्दा, रातभरि कम्प्युटर चलाउँदा पढाइ एवं अन्य कुरामा असर पर्ने यथार्थ छोराछोरीलाई साधारण तरिकाले बताउनुपर्छ। त्यसपछि उनीहरू आफै ती कुराबाट टाढा हुन्छन्।



यौन शिक्षा

बढ्दो उमेरमा हार्मोनको परिवर्तनका कारण यौन शिक्षाको आवश्यकता बढेको छ। टिनएजर्समा एक्स्पोजर्ट बढ्दै गएको छ। त्यसैले यौन सम्बन्धमा कुराकानी गर्नु उनीहरूको हितमा हुन्छ। धेरैजसो अभिभावक आज पनि आफ्ना छोराछोरीसँग यौनसम्बन्धी कुराकानी गर्न हिच्किचाउँछन्। मनोवैज्ञानिकहरूका अनुसार टिनएजर्सलाई घरमा सेक्सुअल रिलेसन सीपमा प्रोटेक्सन प्रयोग गर्ने कुरा सिकाइयो भने अहिले भैरहेको प्रेगनेन्सीसम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ।



के भन्छन् आमाहरू ?

अमेरिकामा बसोबास गर्दै आएकी सिनियर नर्स मिनु दुवाल शाक्यकी छोरी मोनिका शाक्य किशोरावस्थामा छिन्। मिनु यो उमेरमा हुने आकर्षणलाई स्वाभाविक मान्छिन्। उनी भन्छिन्, मोनिका यदि विपरीत लिङ्गीप्रति आकषिर्त हुन्छे भने त्यसमा मेरो कुुनै रोकावट हुँदैन। मेरो भूमिका उनलाई बरालिनबाट रोक्नु मात्र हो। म आमाभन्दा बढी उनकी साथी हुँ। त्यसैले मोनिका मसँग उनका हरेक कुरा गर्छिन्। साथै के गर्ने, के नगर्ने भनेर सल्लाह लिन्छिन्। म सबै आमालाई भन्न चाहन्छु कि आफ्ना किशोरावस्थाका छोराछोरीलाई प्रेमपूर्वक असल बाटोमा लाग्न प्रेरणा दिनुपर्छ।

मिनु दुवाल शाक्य

नर्स, अमेरिका




म छोराछोरीमाथि आफ्ना कुनै कुरा लाद्न खोज्दिन। हरेक टिनएजर्समा विपरीत लिङ्गीप्रति आकर्षण हुन्छ। म आफ्नी छोरी वृषालाई कहिल्यै उनका केटा साथीहरूको फोन आउँदा, इन्टरनेटमा बस्दा केही पनि भन्दिन। केटाकेटीहरूलाई जति बन्धनमा कस्न खोज्यो उनीहरू त्यति नै छाडा हुन पुग्छन्। त्यसैले गाली गर्नुको साटो सम्झाउनु राम्रो हुन्छ। मैले कतिपयका छोराछोरी टिनएजमा घरबाट रोकटोक हुँदा धेरै समस्या आएका उदाहरण देखेकी छु। म र छोरीबीच हरेक कुरा आदानप्रदान हुन्छ। हामी आमाछोरीभन्दा बढी साथीजस्ता छौं। मैले के लगाउने, उनले के लगाउने भन्ने कुरामा हामी छलफल गर्छौं। उनका धेरैजसो साथी म चिन्छु। मैले कहिल्यै छोरीलाई गाली गरेर कुनै काममा रोक लगाएकी छैन।

शोभा पोटे

शिक्षिका




किशोरावस्थाका केटाकेटीलाई जति बन्धनमा राख्न खोज्यो त्यति नै बरालिने सम्भावना हुन्छ। म आफू पनि स्वतन्त्र रूपमा हुर्किएकी हुनाले छोरीलाई स्वतन्त्र वातावरण दिएँ। उनका इच्छा-आकांक्षा पूरा गर्न म हरदम तत्पर हुन्छु। मेरा कतिपय साथीले आफ्ना छोरीलाई नियन्त्रणमा राख्थे केटा साथीहरूको फोन आउँदा पनि गाली गर्थे। त्यसैले मेरी एउटी साथीकी १६ वषर्ीया छोरी विष खाएर मरिन्। त्यसैले म कहिल्यै गाली गरेर जबर्जस्ती कुनै काम गराउने पक्षमा छैन। मेरी छोरी अहिले भारतमा पढ्दैछिन्। हरेक उमेरका व्यक्तिलाई स्वतन्त्रता दिनुपर्छ। स्वतन्त्रता नपाए मान्छे बहुलाउँछ। टिनएजर्सलाई त अझ बढी माया एवं स्वतन्त्रता दिनुपर्छ। म आफ्नी छोरीलाई बेस्ट प|ेन्ड मान्छु। उनी कतिपय गोप्य कुरासमेत मलाई बताउँछिन्। म पनि अरूसँग सेयर नगरेका कुरा छोरीलाई बताउँछु।

स्नेहा राणा

मेकअप आर्टिस्ट






फरक पुस्ताबीच कसरी तालमेल मिलाउने ?

टिनएजर्स भएका घरमा केही गुनासा सुनिन्छन्। छोराछोरी आमाबुवाले आफ्नो भावना नबुझेको आरोप लगाउँछन् भने आमाबुवा छोराछोरीले आफ्नो चाहनाअनुरूप काम नगरेकोमा दुःखी हुन्छन्। यसले घरपरिवारमा कलह निम्त्याएको पाइन्छ। यसो हुनुको कारण भिन्न पुस्ताबीचको सोचमा हुने अन्तर हो। यस्तो अन्तरमा सही तालमेल मिलाउन नसक्ने घरमा कलह मच्चिन्छ।



टिनएजर्स 

किशोर-किशोरीहरू घरिपरिवारले आफूमाथि हरेक कुरामा बन्देज लगाएको अनुभव गर्छन्। त्यसैले उनीहरू आमाबुवासँग रिसाउँछन्। उनीहरू आमाबुवाले यसो गर्नुको कारण बुझ्दैनन्। शान्त मनले आमाबुवाको भनाइमा लुकेको रहस्य खोतल्ने प्रयास गर्नुपर्छ। आमाबुवाले अबेरसम्म पार्टीमा बस्न नदिनुको कारण आफ्नै सुरक्षा हो भन्ने कुरा टिनएजर्सले बुझ्नुपर्छ। त्यसैले पार्टीम्ाा जानुअघि साथीहरूसँग गएको र आफू सुरक्षित भएको अनुभूति आमाबुवालाई दिनुपर्छ। यस्तो स्थितिमा आफ्ना साथीहरूको नम्बर पनि दिन सकिन्छ। यसो गर्दा आमाबुवा ढुक्क हुन सक्छन्।

अभिभावकले साथीहरूका बारेमा जान्ने इच्छा राखे उनीहरूका बारेमा प्रस्ट कुरा बताउनुपर्छ। ढाँट्नु बेइमानी हो। हरेक अभिभावकले आफ्ना छोराछोरीलाई बुझ्न उनीहरूका साथीहरूको जानकारी राख्नु आवश्यक हुन्छ।

असल व्यवहार देखाएर अभिभावकको विश्वास जित्ने प्रयास गर्नुपर्छ। झूटो बोलेर ढाकछोप गर्नुहुँदैन।



आमाबुवा 

परिवारमा टिनएजर्सका आमाबुवामाथि ठूलो दायित्व हुन्छ। उनीहरूले छोराछोरी तथा वृद्ध आमाबुवाको कुरा पनि सुन्नुपर्ने हुन्छ।

आमाबुवाले परिवर्तित समयलाई चिन्नुपर्छ। उनीहरूले आफूलाई समयअनुरूप बदल्नुपर्छ।

अभिभावकले कहिल्यै दोहोरो चरित्र देखाउनुहुँदैन। छोराछोरीहरू जुन वातावरणमा रमाएका छन् त्यसैमा उनीहरूको विकास हुन दिनुपर्छ। छोराछोरीको काममा अनावश्यक हस्तक्षेप गर्नुहुँदैन। आवश्यकताअनुसार सुझाव दिनुपर्छ।

छोराछोरीमाथि आफ्नो निर्णय थोपर्नु पहिले ध्यानपूर्वक उनीहरूका कुरा सुन्नुपर्छ। छोराछोरीका कुरामाथि तार्किक ढंगले विचार गर्नुपर्छ। उनीहरूको कुरा सही लागे मान्नु पनि पर्छ।

सामाजिक एवं नैतिक मूल्यका विषयमा स्पष्ट सीमा रेखा बनाइदिनुपर्छ।

साथी बनेर उनीहरूको समस्या समाधानको प्रयास गर्नुपर्छ।

बालबालिका तथा वृद्ध आमाबुवाबीच पुलको काम गर्नुपर्छ।

वृद्ध मानिसलाई बदल्न गाह्रो हुन्छ। त्यसैले आफ्ना सन्तानलाई हजुरबुवा तथा हजुरआमालाई दुःख दिने काम गर्नुहुँदैन भनेर सम्झाउनुपर्छ।
सभार : नारी