सलमानकी बहिनीले उडाइन शाहरुखको मजाक

    बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म रा.वन रिलिज भएको पाँच दिनमै झण्डै ३ अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ । यसबाट रा.वनले ठूलै फाइदा गर्ने पक्का भएको छ । तर शाहरुखका आलोचकहरु भने उनको सफलताबाट यतिसम्म जलेका छन् की विभिन्न विषय निकालेर शाहरुखको मजाक उडाउन पछि परेका छैनन् । शाहरुखको मजाक उडाउने र उनको अवमुल्यन गर्नेमा अरु कोही नभएर सलमान खानकी बहिनी अगाडि देखिएकी छिन् ।
शाहरुख र सलमान बीच ठूलै दुस्मनी छ जसका कारण उनीहरुबीच बोलचाल छैन । त्यसैले एकले अर्कोको भलो देख्न चाहन्नन् भन्ने कुरा सबैले सहज अनुमान गर्न सकिन्छ । त्यहीँ भएर होला आफ्नो दाइको प्रतिद्वन्दीलाई तल्लोछेउँ पार्न सलमानकी बहिनी अलबीरा लागेकी छिन् ।
अलविराले रा.वन मात्र होइन शाहरुख पनि हिट हुन नसकेको भाव झल्काउने हिसाबले ब्लाकबेरी सामाजिक सञ्जालमार्फत साथीहरुलाई सन्देश पठाउँदै शाहरुखलाई आफ्ना दाइ सलमानको साथ आवश्यक रहेको दाबी गरेकी छिन् ।
यद्यपि अलबिराले आफुले शाहरुखको अवमुल्यन गर्न यसो गरेको नभइ केबल मजाकका लागि गरेकेा बताएकी छिन् । तर यो मामिलालाई शाहरुखले आफ्नो प्रतिष्ठामाथिकै धक्का ठानेर गम्भिरतापूर्वक लिने सम्भावना छ । यसले सलमान-शाहरुख सम्बन्ध झनै चिसिने खतरा रहेको विश्लेषकहरु बताउँछन् ।-अनलाइन खबर 

No comments: