काठमाडौं, २९ असोज,
मिडियासामु अरुणिमाको छदम नाम दिलकुमारी बताएर उकेशले रहस्य लुकाउँदै आएका थिए । पहिलोपटक मेरोसिनेमाले अरुणिमाले किन किनमा न्यूड सिन दिने समाचार लेखेपछि उकेशले अरुणिमालाई निकालेको बताएका थिए । लगत्तै अरुणिमाले आफू निकालिएको भन्ने भनाईको खण्डन गरेकी थिइन् । अरुणिमालाई लिएर नै 'किन किन'को अधिकांश सुटिङ भैसकेको छ भने पाँच प्रतिशत सुटिङमात्र बाँकी छ । यतिसम्मकी फिल्म क्रिउलाई नै उकेशले अरुणिमा फिल्मकी भिलियनका रुपमा परिचय गराउँदै आएका थिए ।
न्यूड सिनको पहिलो छायांकन धोवीघाटको सिद्धार्थ कटेजमा र दास्रो न्यूड सिन सुटिङ नूतन स्टुडियोमा भैसकेको छ । बाँकी तेस्रो न्यूड सिनको सुटिङ भने सोल्टि क्राउन प्लाजामा गरिने तय भएपनि विनाकारण स्थगित गरियो । नूतन स्टुडियोमा न्यूड सिन खिच्न एकदिन लागेको थियो । क्यामेराम्यान र अरुणिमाले मात्र सिक्वेन्स फेस गरेका थिए । राजेश हमाल अमेरिका जानुलाई कारण बताइएपनि अरुणिमाले भने पैसाको संकटले सुटिङ रोकिएको बताइन् । ‘राजेश दाईलाई दोष दिनु आवश्यक छैन’ अरुणिमाले भनिन्, ‘पैसाका कारण रोकिएको हो । मैले खेल्ने भनेर ३ लाख ५० हजारमा कुरा भएको हो तर एमाउन्ट दिने अत्तोपत्तो छैन ।’
सुटिङ स्पटमा समेत उकेशले आफूलाई अनु नामले चिनाउने गरेको अरुणिमाको भनाई छ । 'किन किन'को मुहूर्तमा समेत अरुणिमाले निम्तो पाएकी थिइनन् । होटल वैशालीमा भएको सुटिङमा पनि झगडा भएको उनको कथन छ ।
समस्या कहिलेबाट ?
उकेश र अरुणिमा फिल्म लाइनमा लाग्नुअघिदेखिकै साथी हुन् । उनीहरूबीच नजिकको मित्रता छ । तर, समस्या भने चलचित्र 'किन किन'बाट होइन, उकेशको अघिल्लो चलचित्र 'पलपलमा' देखि नै सुरु भएको हो । 'पलपलमा'मा उकेश सुजाता सिटौलाको ठाउँमा अरुणिमालाई खेलाउन चाहन्थे, अरुणिमाले गर्ने पक्का पनि थियो तर, बीचमै असमझदारी उत्पन्न भएपछि अरुणिमाले प्रोजेक्ट छाडिन् । ‘पलपलमा गर्ने कन्फर्म त थियो तर सुटिङ ढिला हुनेभएपछि छाडेकी हुँ’ अरुणिमा बताउँछिन् ।
के हो न्यूड सिन ?
अरुणिमाका अनुसार सुटिङका क्रममा उकेशले अलि बोल्डरुपमा प्रस्तुत हुन भनेपछि अरुणिमा यसो भन्दै झोक्किएकी थिइन् –के तपाईँले पोर्न मूभि गराउन लाग्नुभएको हो ? के नाङ्गै भइदिऔं ?’ यो घटनापछि अरुणिमा नआएपछि फिल्मको सुटिङ १५ दिन रोकिएको थियो । स्वयम राजेश हमाल पनि रोकिएका थिए । उनका अनुसार क्यामेराम्यान र आफू दुवैजनाले मात्र सिक्वेन्स फेस गरेर दृश्य खिचेका थिए । अरुणिमाका अनुसार यहाँ न्यूड सिनको अर्थ 'बडिपार्ट' (गोपनिय अंग) कपाल, हात खुट्टा आदिले लुकाएर सुटिङ गर्नु हो ।
नेपालमा समाज बुझिने न्यूड सिन भने नभएको उनले स्पष्ट पारिन् । उनका अनुसार ९५ प्रतिशत भैसकेको सुटिङको बाँकी काम सक्न तत्कालै कठिन छ । केही महिनाका लागि अरुणिमा भारत, मलेसिया, दुबई लगायतका देशमा जाँदैछिन् । राजेश हमाल पनि अमेरिकामा छन् । आफू बिना सुटिङ नहुने भएकाले पैसा नदिइकन सुटिङ नगर्ने अरुणिमाले स्पष्ट पारिन् । ‘कि निर्देशकले अर्की कुनै लिएर रिसुट गर्नुप¥यो, होइन भने पैसा दिएर सर्तसहित सुटिङ गर्नुप¥यो ।’ चलचित्रलाई उकेश र विश्व बन्जाराले मिलेर बनाउन लागेको बुझिएको छ । : मेरोसिनेमा नेपाल
No comments:
Post a Comment