शान्ति प्रक्रिया आश्चर्यजनक रुपमा टुंगिदैछ

नागरिक/Share
       अजित तिवारी, विराटनगर, कात्तिक १०- उप-प्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले शान्ति प्रक्रिया ‘आश्चर्यजनक'रुपमा टुंगिने दाबी गरेका छन्। उनले दलहरुबीच शान्ति प्रक्रिया टुंग्याउने सहमती अन्तिम चरणमा पुगेको समेत जानकारी दिए।
‘संविधानसभाको म्याद सकिनुअघि नै शान्ति प्रकृया आश्चर्य रुप पुरा हुन्छ'-विराटनगर विमानस्थलमा बिहीवार संवाददाताहरुसित कुरागर्दै गृहमन्त्री गच्छदारले भने,‘शान्ति प्रकृया टुग्याउन सबैपक्ष(दलहरु) लचक छन्।' उनले मंसिर १४ अघि शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउने आधार तय भइसक्ने बताए।
‘शान्ति प्रकृयाका लगभग धेरै कुरा मिलि सकेको छ'-उनले भने,‘सबै कुरामा सहमति भएपछि माओवादी लडाकुको रि-गु्पिङ थालिन्छ।' मन्त्री गच्छदारले लडाकुको संख्या, समायोजनमा नजानेको राहत प्याकेजको रकम र दर्जा निर्धारणमा मात्र कुरा अड्किएको जानकारी दिए। ‘कठिन कुरामा मेहनत बढी लाग्छ, ग्राह्रो काम ग्राहै तरिकाले टुगिन्छ'-गच्छदारले शान्ति प्रकृयाका बारेमा भने,‘कसैले पनि बाधा-अड्चन खडा गर्ने स्थिति अब छैन।'
माओवादी-मधेशी मोर्चाबीच शान्ति प्रकृया र संविधान निर्माणकै लागि गठबन्धन भई सरकार गठन भएको जानकारी दिदै गच्छदारले निर्धारित समयमै दुबै प्रकृया पुरा हुने विश्वा व्यक्त गरे।

No comments: