आइसिसीले विश्वकपमा टिम घटाउने सम्बन्धमा छलफल गर्ने

हङकङ, असार १२
      (एजेन्सी)- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी बैठकमा आउँदो विश्वकपमा सहभागी टोलीलाई १० मात्र सीमित राख्ने सम्बन्धमा छलफल थाल्ने भएको छ। 

यसबीच सन् २०१५ को विश्वकप सहआयोजक न्युजिल्यान्डले भने आगामी विश्वकपमा सहभागी संख्या १० टोलीमा सीमित पार्न दबाब दिने न्युजिल्यान्ड हेराल्डले जनाएको छ। आगामी विश्वकप क्रिकेट प्रतियोगिता चार वर्षपछि अष्ट्रेलिया र न्युजिल्यान्डमा संयुकत रुपमा आयोजना हुने भएको छ।
यस वर्ष उपमहाद्धिपमा भएको विश्वकपमा १४ टिमको सहभागिता रहेको थियो। तर टेष्ट स्तर प्राप्त नभएका राष्ट्रमध्ये इंग्ल्यान्डलाई हराएको आयरल्यान्डले मात्र केही प्रभावशाली प्रदर्शन गरेको थियो। केन्या, क्यानाडा र नदेरल्यान्ड्सले फितलो प्रदर्शन गरेका थिए।

आइसिसीले सुरुमा आगामी विश्वकपमा सहभागितालाई घटाएर १० टिममा झार्ने घोषणा गरेको थियो, जसको विरोध आर्थिक सहयोग नपाउने भएका एसोसिएट राष्ट्रले ब्यापक गरेका थिए।
उता न्युजिल्यान्ड भने वरियताका क्रममा १० टिमलाई सहभागी गराउने पक्षमा कडाइकासाथ लागि परेको छ। उसले नवौँ टिममा बंगलादेश अथवा जिम्बाबे तथा अन्तिम टिमको छनोट एसोसिएट्स राष्ट्रबाट गर्ने सुझाव दिएको छ। 'न्युजिल्यान्ड बोर्ड विश्वकपलाई १० टिमको प्रतियोगिता बनाउन दृढ रुपमा लागेको छ। तर यसले वरियताक्रममा आधारित छनोट प्रकृयालाई समर्थन गर्छ।' प्रमुख कार्यकारी जस्टिन वनले भने।
यदि १२ टिमलाई सहभागी गराउने हो भने दुई पूलमा विभाजित गर्ने आवश्यकता पर्छ। त्यस्तो अवस्थामा सुपर सिक्सको स्थितिमा जानु पर्ने हुन्छ।
'त्यो अवधारणा आयोजकका रुपमा अंगाल्न निकै कठिन हुन्छ। किनभने को कससँग कहाँ खेल्ने भन्ने थाहा हुदैन र टिकट विक्री गरेर प्रतियोगितालाई सफल पार्न निकै कठिन हुने छ। क्रिकेटप्रेमीको चाख पनि उही रुपमा कायम रहन सक्दैन।'
सन् १९७५ पछि पूर्ण राउन्ड रोविन सहितको टेष्ट स्तर प्राप्त टिमको विश्वकप प्रतियोगिता सन् १९९२मा अष्ट्रेलिया र न्युजिल्यान्डमै भएको थियो र त्यसमा सबै टिमले एक अर्का विरुद्ध खेलेका थिए।
क्रिकेट अष्ट्रेलियाले पनि न्युजिल्यान्डको प्रस्तावमा सहमत भएको बताउदै वनले यदि १० टिम नभए १२ टिमभन्दा पहिले जस्तै १४ टिम नै उपयुक्त हुने बताए। त्यसो भएमा क्वार्टरफाइनल, सेमिफाइन र फाइनलसम्मको कार्यक्रम बन्न सक्ने उनको धारणा छ। आइसिसीले आफ्नो क्रिकेट कमिटीबाट आउने प्रस्तावमाथि पनि विचार गर्ने छ। जसको सदस्य वन पनि छन्।

सबैभन्दा बढी छलफल सबै तिन वटा स्वरुपमा लागु गरिने भनिएको अम्पायर निर्णय समिक्षामा हुने भएको छ। दशमध्ये नौ राष्ट्र पूर्ण रुपमा यसको समर्थनमा छन्। भारतले भने पहिले नै आफ्नो असहमति जनाई सकेको छ।
यसलाई खेलको नियममा राख्न बहुमत टेष्ट स्तर प्राप्त राष्ट्रले दबाब दिन सक्ने छन्। तर खेलको आर्थिक महाशक्तिलाई आफ्नो अडानबाट हटाउन सक्ने साहस कसले गर्ला? प्रश्न यसमा छ।
यस वाहेक रनर र बलरले अफ्नै बलमा नन स्ट्राइकरलाई रन आउट गर्ने सम्बन्धी नियमका बारे पनि छलफल हुने भएको छ। वनले भने रन आउट प्रस्तावको विरोध गरेका छन्।
सोझै रन आउट गर्नु पूर्व ब्याट्सम्यानलाई चेतावनी दिनु पर्छ भन्ने मान्यता लामो समय देखि क्रिकेटको भलादमीपनाका रुपमा रहदै आएको छ।
'मेरो विचारमा यो लागु हुने छ।' प्रस्तावलाई समर्थन गर्ने वनले भने,'नन स्ट्राइकरले यसको दुरुपयोग गरेको धारणा बलियो रुपमा अगाडि आएको छ। यो कुनै ठूलो समस्या हो जस्तो मलाई लाग्दैन।
त्यसैगरी एक दिने क्रिकेटमा प्रत्येक इनिङमा दुई वटा बलको प्रयोग प्रयोग गर्ने सम्बन्धमा पनि छलफल हुने भएको छ। ३४ ओभरपछि आवश्यक ठाने नयाँ बल प्रयोग गर्न सकिने प्रस्ताव आएको छ।

No comments: