नेपाली क्रिकेट टोली सार्क T20 कप क्रिकेटमा सहभागि हुन मालदिभ्स जाँदै

   ११ कात्तिक/काठमाडौं, सार्क टि ट्वान्टी कप क्रिकेटमा सहभागि हुन नेपाली टोलीलाई आज मालदिभ्स प्रस्थान गर्दैछ । पारस खड्काको कप्तानीमा रहेको २५ वर्ष मुनिको नेपाली टोली अपराहृन मालदिभ्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ८ ओटा टोली सहभागि रहने प्रतियोगितामा नेपाल कठिन समूहमा परेको छ ।
नेपाल रहेको समुह बी मा भारत, पाकिस्तान र श्रृलंका छन् । भने समूह ए मा आयोजक मालदिभ्ससागै अफगानिस्तान, बंगलादेश र भुटान छन् । नेपालले आफ्नो पहिलो खेल सोमबार श्रीलंका साग खेल्नेछ ।अनलाईन-खबर/नेपाल 

No comments: