कोलम्बो, श्रीलंका, असार १२
(एजेन्सी)-डोपिङ परिक्षणमा असफल भएका श्रीलंकाली प्रारम्भिक ब्याट्सम्यान उपुल थारङ्गालाई तिन महिनाका लागि निलम्बन गरिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जनाएको छ।
यस वर्षको विश्वकप अन्तर्गत २९ मार्चमा कोलम्बोमा भएको न्युजिल्यान्ड विरुद्धको सेमिफाइनलपछि २६ वर्षीय वायाँ हाते खेलाडीको लिइएको मुत्र नमुनामा विश्व एन्टि डोपिङ एजेन्सीले प्रतिबन्धित सूचीमा राखको प्रिड्निसोन र प्रिड्निसोलोन नामक तत्व देखिएको थियो। प्रकृयाको सुरुमै थारङ्गले आफ्नो त्रुटी स्विकारेको आइसिसीले जनाएको छ।
टिम केरको नेतृत्वमा रहेको तीन सदस्यीय छानविन समितिले खेलाडीले लामो समय देखि काँधमा लागेको चोटको औषधिको रुपमा प्रयोग गरेको जडिवुटी युक्त औषधीसँगै उक्त तत्व शरिरमा गएको स्विकार गरेका छ।
'थारङ्गाले प्रदर्शन बढाउने चाहना अनुसार उक्त औषधिको प्रयोग नगरेको कुरा यसले स्विकार गरेको छ। तर त्यसले एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलाडीका रुपमा उनमा निहित उच्च स्तरको व्यक्तिगत जिम्मेवारी डोपिङ विरुद्धको नियममा देखिएको प्रष्ट्याउदैन।'आइसिसीको विज्ञप्तीमा उल्लेख छ। उता थारङ्गाले आफूबाट जानाजान कुनै अपराध नभए पनि यसका लागि क्षमा मागेका छन्।
'म आफ्ना प्रशंसक र श्रीलंका क्रिकेटसँग यसका लागि क्षमा माग्छु।' उनले विज्ञप्तीमा भनेका छन्,'मलाई आशा छ, मेरा समकालिन खेलाडीले मेरो अनुभवबाट सिक्ने छन् र उपचारका लागि औषधीको सेवन गर्दा थप सावधानी अपनाउने छन्।' उनले भने। थारङ्गाले २१ दिन भित्र यस निर्णय विरुद्ध अपिल गर्न सक्ने छन्।
'उपुलले जानाजान त्रुटी नगरेको हामी मान्छौँ त, आइसिसीले डोपिङ विरुद्धको आफ्नो शुन्य सशनशीलतालाई कायम राख्न प्रतिबद्ध छ।' आइसिसीका प्रमुख कार्यकारी हारुन लोरगाटले भने।
'यस किसिमका मुद्धाहरू अन्य खेलाडीका लागि एउटा सम्झनाका रुपमा रहन्छन् र जसले उनीहरूलाई कुनै पनि पदार्थ सेवन गर्दा आफ्नो ब्यक्तिगत जिम्मेवारी तर्फ सजग गराउँछ।'
'छानबिन समितिको निर्णय प्रति म सन्तुष्ट छु र जसरी प्रभावशाली एवं समवेदनशील रुपमा आइसिसीले यस मुद्धाको छानविन र छुङ्गो लगायो त्यसबाट मलाई खुसी लागेको छ।'
'छानबिन समितिको निर्णय प्रति म सन्तुष्ट छु र जसरी प्रभावशाली एवं समवेदनशील रुपमा आइसिसीले यस मुद्धाको छानविन र छुङ्गो लगायो त्यसबाट मलाई खुसी लागेको छ।'
No comments:
Post a Comment