निरुता भन्छिन् – ‘आफन्त वितेर आउन सकिन’

चलचित्र मलाई ‘मन पर्‍यो’को एल्वम विमोचनमा यस चलचित्रकी एक मात्र नायिका निरुता सिंह नआएपछि तहल्का नै मच्चियो । उनी नआएपछि उनका विषयमा थुप्रै चर्चा परिचर्चा पनि चलेको थियो ।
कसैले नायिका निरुताले आफुले अभिनय गरेको चलचित्र ‘फर्कि आउ’को मात्र प्रचारप्रसारका लागि मलाई मन पर्‍योको एल्वम विमोचनमा नआएको अड्कल काटेका थिए ।
कतिले नायिका सिंह नेपालमै रहेर पनि कार्यक्रममा नआएको वताएका थिए । तर, नायिका निरुता सिंह उक्त कार्यक्रममा नआउनुको राज खुलेको छ । नायिका सिंह आफ्नो आफन्तको निधनका कारण सोही दिन अर्थात कात्तिक ६ गते नेपालवाट सिलगुढि फर्किएको बताएकी छिन् ।
नायिका निरुता सिंहलाई लिएर चलचित्र फर्कि आउको निर्माण गरेका निर्माता वावुराम दाहालले भने, ‘म किन निरुता जिलाई आफ्नो चलचित्रको मात्र प्रचारमा लाग्न भन्थे र ।’ नायिका सिहंसँग उनले सोमवार मात्र आफ्नो सम्पर्क भएको वताए ।
यसैविच चलचित्र ‘मलाई मन पर्‍यो’ आफ्नो चलचित्र प्रदर्शनमा आएको एक साता पछि नै प्रदर्शनमा आउन लागेपछि वावुराम निक्कै चिन्तित देखिएका छन् ।
एउटै कलाकारको चलचित्र लगातार प्रदर्शनमा आउँदा आफ्नो सिनेमालाई असर पुग्ने उनको भनाई छ

No comments: