प्रधानमन्त्री निवासमा सहिद र घाइते परिवारको धर्ना

     काठमाडौं/५-मंसिर पटकपटक गरिएका सम्झौताको कार्यान्वयन हुनुपर्ने माग राख्दै सहिद परिवार तथा जनआन्दोलनका घाइते संयुक्त संघर्ष समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई घन्टे धर्ना दिएको छ ।

उनीहरुले सहिद घोषणा र घाइतेको उचित व्यवस्थापन गर्न आयोग गठन गर्नुपर्ने, राजनीतिक नियुक्तिमा सहिद परिवार तथा घाइतेको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, सहिद तथा घाइतेलाई दीर्घकालीन सेवासुविधा दिनुपर्ने, राहत प्रदान गर्नुपर्ने, उपचार खर्चको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै धर्ना दिएका हुन् ।


प्रधानमन्त्री डा। बाबुराम भट्टराईले मागको सम्बोधन गर्ने भनिए पनि प्रधानमन्त्री धर्ना सुरु हुनु अघि नै बालुवाटारबाट बाहिरिएका थिए । उनीहरुले आफ्ना मागप्रति प्रधानमन्त्री गम्भिर नभएको आरोप लगाए । ऐतिहासिक जनआन्दोलन २०६२र०६३ सहिद परिवार तथा घाइते सरोकार समितिका अध्यक्ष मेघराज आचार्यले भने, ूमुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा घाइते तथा सहिद भएकालाई प्रधानमन्त्रीले समय नदिएर अपमान गरेका छन् ।:अर्घाखाची टाइम्स

No comments: