काठमाडौं/५-मंसिर पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले देशभरका प्रमुख विमानस्थलको स्तरोन्नति गर्ने काम तत्काल अघि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
यसका लागि नियमित बजेटबाट प्राप्त १ अर्ब ३२ करोड ९३ लाख र नपुग रकम एसियाली विकास बैंक ९एडीबी० तथा दातृ निकायबाट सहुलियत दरमा ऋण लिने तयारी मन्त्रालयले गरिरहेको उनले बताए ।
पोखरा विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्ने, गौतम बुद्ध विमानस्थलको क्षेत्रफल बढाउने र प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बारामा जग्गा अधिकरणको काम यसै वर्षभित्र सकाउने कार्यक्रम मन्त्रालयले तय गरेको छ ।
ूसुर्खेत विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न सरकारले अगाडि सारेको प्रस्ताव पनि तत्काल कार्यान्वयनमा ल्याइनेछ,ू विभागीय प्रमुखहरुसँग मन्त्री विष्टले भने, ूनीतिगतरूपमा कुनै बाधा व्यवधान भए त्यसलाई हल गरिनेछ ।ू
विष्टका अनुसार दाङ र धनगढी विमानस्थलको पनि स्तरोन्नति गरी रातिसमेत उडानरअवतरणको व्यवस्था मिलाउने योजना छ ।
कार्यक्रममा राज्यमन्त्री दिलीप महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अत्याधुनिकीकरण गर्न आवश्यक कामको योजना पेस गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।
मन्त्रालयका सचिव गणेशराज जोशीले केही काममा नीतिगतरुपमै समस्या भएकाले त्यसलाई हल गरेर अगाडि बढ्न सके मन्त्रालयले तय गरेको लक्ष्यमा पुग्न सकिने बताए ।:अर्घाखाची टाइम्स

No comments:
Post a Comment