मकालु एयरको जहाज दुर्घटना

     ताल्चा,मुगु/मंसिर ५ -मुगुको ताल्चा विमानस्थलमा सोमबार साँझ मकालु एयरको जहाज दुर्घटना भएको छ । दुर्घटनामा जहाजको अघिल्लो भाग जले पनि मानवीय क्षति भएन ।
नेपागन्जबाट साँझ ४ बजे ताल्चा विमानस्थल आएको विमान धावनमार्गबाट पल्टिएर बाहिर पुगेको छ । चालक तथा यात्रु भने तत्कालै जहाजबाट बाहिर निस्किएका थिए । चार्टर्ड उडानमा ताल्चा आएको विमानमा ६ यात्रु थिए ।
विमान चालक पीजे शाह सामान्य घाइते भएका छन् । उनको उपचारका लागि जिल्ला अस्पतालबाट चिकित्सक टोली ताल्चा आएको छ ।
ताल्चा विमानस्थलमा यसअघि तीनपटक जहाज दुर्घटना भएको थियो । धावन मार्ग फराकिलो नहुँदा अवतरणमा समस्या भएको विमान चालकहरुले पनि गुनासो गर्दै आएका थिए ।स्रोत:ई-कान्तिपुर

No comments: