‘हेलो सरकार’मा आएका गुनासा सम्वोधन नभएको प्रधानमन्त्रीको गुनासो

    काठमाडौं/मंसिर ५ -प्रधानमन्त्री बाबुराम भट्टराईले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी संस्थानका महाप्रबन्धक तथा मन्त्रालयका सचिवहरुलाई जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा सोमबार विभिन्न २२ वटा विभाग तथा सम्बन्धित मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारप्रति नेपाली जनताको ठूलो अपेक्षा रहेकोले त्यहि अनुरुप काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्रीले 'हेलो सरकार' एउटा सुरुवात मात्रै भएको भन्दै यसलाई सबैले गम्भीर ढंगले लिनु पर्ने बताए । उनले 'हेलो सरकार' कक्षमा आउने हरेक गुनासोको तत्काल सम्बोधन गर्न निर्देशन दिँदै जनताको सेवालाई आफ्नो कर्तव्य र धर्म सम्झन आग्रह गरे ।
'हेलो सरकार'मा आएका गुनासाहरुको सम्बोधन जुन ढंगबाट हुनु पर्ने हो त्यो हुन नसकेको गुनासो आएको भन्दै प्रधानमन्त्री भट्टराईले अव निरन्तरतामा क्रम भंग गर्न आग्रह गरे  । जनताका गुनासाहरुको सम्बोधन पनि योजनाबद्ध ढंगबाट गर्नु पर्ने भन्दै उनले गुनासोको आधारमा तत्कालिन र दीर्घकालीन योजना बनाउन सचिव तथा महाप्रबन्धकहरुलाई निर्देशन दिए ।:ई-कान्तिपुर

No comments: