समुन्द्री किनारमा कोसँग अन्जु ?

     सोमबार अन्जु पन्तको फेसुबक भित्तोमा तीन भिन्न तस्विरहरू देखापरे । समुन्द्री किनारमा पानीका छालहरूसँग जिस्किँदै गरेकी अन्जु हँसिलो मुद्रामा देखाएकी छिन् । सम्भवतः पतिसँगको डिभोर्सपछि अन्जु पहिलोपटक यति उन्मुक्त भावमा देखिएको हुनुपर्छ । तस्विरहरू हेर्दा अन्जु निकै बोल्ड देखिएकी छिन् । यस्तो लाग्छ –उनी पुनः विहे अगाडिकै उन्मुक्त जीवनमा फर्कन चाहन्छिन् । तस्विरहरू यस्तै भन्छन् । 

उनले कुन समुन्द्री वीचमा यस्ता स्न्यापहरू खिचाइन् त्यो भने उल्लेख छैन । के अन्जुको जीवनमा फेरि खुशि फर्किएको हो ? तस्विरहरू हेर्दा यस्तै अनुमान लगाउन सकिन्छ । डिभोर्स र भर्‍याङ दुर्घटनापछि बीचमा लगभग गुमनामजस्तै बनेकी यी गायिका गायनमा कमब्याक त गरिन् तर, फिल्मबाट टाढै रहिन् । यतिबेला अन्जुले सिनेमाका गीतहरू गाएकी छैनन् । एल्बम र संगीतमा मात्र उनको व्यस्तता छ । यहाँ चर्चा गर्न खोजिएको कुरा –कोसँग कहाँ पुगेर अन्जुले रोमान्स गरिरहेकी छिन् भन्ने हो । पछिल्लो समय उनको दोस्रो विहेको हल्ला संयोगमात्र होइन होला ! 

मेरोसिनेमा

No comments: