प्लेब्वाइमा लिन्ड्से लोहानका निर्वस्त्र तस्वीर !

    पछिल्लोपटक विभिन्न विवादमा फसेकी अमेरिकी पप गायिका तथा मोडेल लिन्ड्से लोहान  चर्चित  फेसन पत्रिका प्लेब्वाइका लागि नांगिने भएकी छिन् । म्यागेजिनका लागि निर्वस्त्र फोटो खिचाउने आफ्नो निर्णयमा आफ्नी आमाले सहमति जनाएको लोहानले बताएकी छिन् ।
    २५ वर्षकी लोहानले आफ्ना जवान र सुन्दर सरीरका निर्वस्त्र तस्वीर हेर्न मानिसहरु निकै इच्छुक रहेका भन्दै पत्रिकाको लागि क्यामरा अघि नांगिन आफुले १० लाख अमेरिकी डलर लिएको खुलासा समेत गरेकी छिन् ।
लोहानले प्लेब्वाइमा आफ्ना निवस्त्र तस्वीर छापिादा कस्तो देखिँदोरहेछ भनेर हालै नमुनाको रुपमा केही निर्वस्त्र फोटा खिचाएकी छिन् । नमुनाको रुपमा रहेका ती निर्वस्त्र तस्वीरहरु आफ्नी आमालाई देखाउादा आमाले आपत्ति नजनाएको उनको दाबी छ ।
      लोहानका अनुसार उनकी आमाले भनेकी छिन् , ‘यसरी प्लेब्वाइमा निर्वस्त्र तस्वीर प्रकाशित गराउन पाउनु छोरीको लागि अवसर हो, उनी २५ वर्षकी भैसकेकी छिन् त्यसैले उनले निर्वस्त्र हुने निर्णय आफै लिएकी हुन् ।’
आमाले छोरीको निर्वस्त्र सरीर निकै शानदार देखिने समेत प्रतिक्रिया दिएकी छिन् ।
लोहानले अब प्लेब्वाइमा छपाउनका लागि जेलबाट छुटेपछि निर्वस्त्र तस्वीर खिचाउनेछिन् । लोहानले अहिले ३० दिने कैद सजायँ भुक्तान गरिरहेकी छिन् ।
उनको निर्वस्त्र तस्वीर प्लेब्वाइको आउँदो जनवरी अंकमा प्रकाशित हुनेछ ।स्रोत;अनलाइन खबर

No comments: