तनहुँ/कात्तिक २१- स्थानीय युवाहरुको कुटपीटबाट गएराति तनहुँ सदरमुकाम दमौलीमा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की बाटुलेचौरका चुनबहादुर थापा रहेको प्रहरीले जनाएको छ। तनहुँको बैदीस्थित एक सरकारी विद्यालयका शिक्षकसमेत रहेका थापालाई व्यास–१०, देउराली नगरका युवाले कुटपीट गरेका हुन्।
कुटपीटबाट घाइते भई सडकमा लडेका उनलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।
कुटपीटमा संलग्न ४ युवालाई पक्राउ गरिसकेको र अन्य युवाको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक वीरेन्द्र शाहीले बताए। स्रोत:समुन्द्र पौडेल,नागरिक न्यूज
No comments:
Post a Comment