डडेल्धुरा/कार्तिक २५ - डडेल्धुराबाट धनगढी जाँदै गरेको जिप डोटीको छतिवन गाविसमा दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । यद्यपी घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । स्थानीयले घट्नास्थलमा चार जनाको शव भेटिएको जनाएका छन् ।
प्रहरीकमा अनुसार दुई महिला दुई पुरुषको शव फेला परेको छ । से १ ज ३४१ नम्वरको जिप भिमदत्त राजमार्ग अन्तर्गत डोटीको छतिवन ९ को रुपसकाडा दुर्घटना भएको हो । जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ । । मृतकहरुको सनाखत हुन नसकेको घटना स्थलबाट प्रहरी नायव निरीक्षक धर्मराज अवस्थीले जानकारी दिएका छन् । अवस्थीका अनुसार दुर्घटना बिहीबार राति नै भएको हुनसक्ने र दिउँसो मात्रै स्थानीय बासिन्दाहरुले देखेपछि जानकारी प्राप्त भएको हो ।स्रोत:DR. पन्त/ई-कान्तिपुर
No comments:
Post a Comment