नयाँ ब्ल्याकबेरी फोन बजारमा

काठमाडौ/टेलिटकले ब्ल्याकबेरीको नयाँ स्मार्टफोनको बिक्री सुरु गरेको छ ।
कम्पनीले बिबी कर्भ ८५२०, बिबी कर्भ ९३००, बिबी बोल्ड ९७८०, बिबी बोल्ड ९७८० र बिबी बोल्ड ९८०० बिक्रीको सफलतापछि ब्ल्याकबेरी बोल्ड ९९०० बजारमा ल्याएको जनाएको छ । टेलिटकले एनसेलसँग सहकार्य गर्दै बिक्री सुरुवातमा सबै ब्ल्याकबेरी स्मार्ट फोनको खरिदमा दुई महिनाका लागि एनसेल ब्ल्याकबेरी अनलिमिटेड मासिक सेवा दिने व्यवस्था मिलाएको जनाएको छ ।
ब्ल्याकबेरीमा इमेल लगायत स्मार्टफोनका थुप्रै सुविधा छन् । क्यानेडेली कम्पनीले निर्माण गर्ने ब्ल्याकबेरीमा थुप्रै प्रोफेसनल सफ्टवेयर रहेका छन् । टेलिटकले अब ब्ल्याकबेरी स्मार्टफोनको बिक्रीका लागि लन्च, डेलिभर र सपोर्टका सम्पूर्ण गतिविधि आफूले सञ्चालन गर्ने जनाएको छ ।
जी फाइभका नयाँ सेट
कल मोबिलिटीले जी फाइभ मोबाइलका दुई नयाँ सेट बजारमा ल्याएको छ । यु २२५ र यु३३६ मोडका ती सेट सुपथ मोलका, स्टाइलिस र अधिक विशेषतायुक्त रहेको कम्पनीको दाबी छ । यु २२५ मा उच्च क्षमताको क्यामेरा, एभी प्लेयर, रेकर्डर, ब्लुटुथ, एफएम रेडियो, जिपिआरएस र खेलका सुविधा छन् । यसको मूल्य २ हजार ८ सय रुपैयाँ छ ।
यस्तै यु ३३६ मा म्युजिक किज, डिजिटल क्यामेरा, एभी प्लेयर, साउन्ड रेकर्डर, ब्लुटुथ, जिपिआरएस इन्टरनेट, टर्च लाइट लगायत सुविधा छन् । यसको बिक्री मूल्य ३ हजार ७ सय ९० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।साभार;ईकान्तिपुर 

No comments: