ऐश्वर्याले छोरी जन्माइन्


मुम्बई/कात्तिक ३० (एजेन्सी)- पूर्व विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आज बिहान छोरी जन्माएकी छिन्। पश्चिमी मुम्बईको अँधेरीस्थित सेभेन हिल्स अस्पतालमा ऐश्वर्याले छोरी जन्माएकी हुन्। छोरी जन्मिएलगत्तै पिता अभिषेक बच्चनले "छोरी जन्मिइन्" लेखेर ट्विट गरेका थिए। त्यसैगरी हजुरबुबा अमिताभ बच्चनले पनि "म हिसी परेकी बालिकाको हजुरबुबा बनेँ" भन्दै टि्वट गरेका थिए।

No comments: