लन्डन, कात्तिक २१ (एएफपी)- लन्डनमा गएराति अबेर सकिएको प्रतियोगितामा भेनुजुएलाकी सुन्दरी इभियान सार्कोसले मिस वर्ल्ड २०११ को ताज पहिरेकी छिन्। हीराजडित गुलाबी पहिरन लगाएकी २२ वर्षीया सार्कोसले आफूलाई मिस वर्ल्ड घोषणा गरिँदा पहिला अचम्म मानिन्, त्यसपछि आफ्ना हातले मुख छोपिन्। "म यति खुसी भएँ कि म चिच्याउन चाहन्थेँ, रुन चाहन्थेँ, हलचल नगरी उभिन चाहन्थेँ र मुस्कुराउन चाहन्थेँ, यति धेरै भावना मनमा पलायो", उनले भनिन्।
आठ वर्षको उमेरमा अनाथ भएकी सार्कोस ननरीमा हुर्केकी हुन्। उनले मानव स्रोतसंसाधनमा डिग्री हासिल गरेकी छिन् र प्रसारण कम्पनीमा काम गर्छिन्।
उनलाई गत वर्षकी मिस वर्ल्ड अलेक्ज्यान्ड्रिया मिलिसले ताज पहिराइदिइन्। गत वर्ष यो ताज अमेरिकी सुन्दरीले जितेकी थिइन्। यस पटक पनि दक्षिण अमेरिकी सुन्दरीले यो हात पारिन्।
मिस फिलिपिन्स रनर अप भइन् भने मिस पुएर्टो रिको तेस्रो भइन्।

मिस नेपाल टप ३० मा नपरी बाहिरिएकी थिइन्। फाइनल शोमा उनले विश्वका विभिन्न देशको नृत्य प्रस्तुत गर्ने क्रममा मखमली चोलो चाहिँदैन बोलको गीतमा चौबन्दी चोली लगाएर नाचेकी थिइन्।
अर्को वर्षको मिस वर्ल्ड चीनको भित्री मंगोलियामा हुने भएको छ।
एएफपीबाट प्राप्त प्रतियोगिताका थप फोटोहरु-

विश्वकै सबैभन्दा सुन्दरी घोषित भएपछि बगेको खुसीको आँसु।

बधाई छः मिस वर्ल्डलाई सुन्दरीहरुको बधाई।

टप १५ मा परेका सुन्दरीहरु।
(नागरिक न्यूज)
No comments:
Post a Comment