धादिङ, कात्तिक १२-उत्तरी धादिङको कटुञ्जे-९ चरङ्गेमा शनिबार दिउँसो यात्रुवाहक मुस्ताङ गाडी पल्टिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य तीन जना घाइते छन्।
जिल्ला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदी तर्फ यात्रु बाकेर जाँदै गरेको बा १ ज ३०८६ नम्बरको मुस्ताङ म्याक्स कच्चि सडकमा मोडमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रेमसागर केसीले जानकारी दिए।

दुर्घटनमा परी मृत्यु हुनेमा दार्खा गाविस ३ की अन्दाजी २५ वर्षिय जोमायाँ तामाङ रहेको प्रहरीले जनाएको छ। तीन जना घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ।
- रामेश्वर कार्की/नागरिक
No comments:
Post a Comment