प्रधानमन्त्रीले नेवार भाषामा सम्बोधन गरे (फोटो व्लग)

अनलाइन खबर/Share
१० कार्तिक, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल सम्बत्को नयाँ बर्षका अबसरमा बिहीवार काठमाण्डौंमा आयोजित कार्यक्रममा पहिलोपटक नेपाल-नेवारी)भाषामा सम्बोधन गरेका छन् ।
नेवार समुदायले काठमाण्डौंको खुलामञ्चमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका भट्टराईले नेवारी भाषामा लिखित भाषण पढे । कानमा फुल सिउरेर नेवारजस्तै देखिने गरि पुगेका प्रधानमन्त्रीले नेवारी भाषामा सम्बोधन गर्दा उपस्थीत नेवार समुदायले ताली बजाउँदै खुसी ब्यक्त गरेका थिए । २०४६ साल यता सवैजसो प्रधानमन्त्री यो कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेपनि नेपाली भाषामै सम्बोधन गर्दथे ।
सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले भने-’नेपाल सम्बत नेवार जातीकै मात्र सम्बत हैन, यो नेपाल देशकै ऐतिहासिक सम्बत हो, यो तथ्यबाट कोहीपनि भ्रममा नपरुन ।’ प्रचण्ड नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा मान्यता दिएपनि ब्यबहारिक कार्यन्वयन गर्न गाह्रो परेको भन्दै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले सरकारी क्यालेन्डरमा नेपाल सम्बत उल्लेख गर्ने र थप सुझाव दिन कार्यदल गठन गरेको जानकारी दिए ।
आयोजक समिति नेपाल भाषा मंका खलका प्रमुख पद्मरत्न तुलाधरले नेपाल भाषामा सम्बोधन गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिंदै सवै भाषा बराबर हुन भन्ने सन्देश दिन प्रधानमन्त्रीको सम्बोधन महत्वपूर्ण रहेको बताए । गला अबरुद्ध पार्दै तुलाधर भने-’प्रधानमन्त्रीले पहिलोपटक गैरनेपाली भाषामा सम्बोधन गरेर ऐतिहासिक काम गरेका छन, भाषिक आन्दोलनमा यो ठूलो बिजय हो । म प्रधानमन्त्रीलाई आग्रह गर्छु अब तामाङको कार्यक्रममा जाँदा तामाङ भाषामा, गुरुङको कार्यक्रममा जाँदा गुरुङ भाषामा, मैथिलीको कार्यक्रममा जाँदा मैथिली भाषामा सम्बोधन गर्नुस ।’ मुलुकलाई बहु भाषिक बनाउनुपर्ने भन्दै उनले एउटा ब्यक्तिले मात्र गरेर नपुग्ने भएकाले नीति बनाउन आग्रह गरे । 

No comments: