निरुताको आगमनले बाबुराम मख्ख


आफ्नो चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रकी नायिका नेपाल आएपछि निर्माता बाबुराम दाहाल निकै खुसी देखिएका छन् । नायिका निरुता सिंह वुधवार मात्रै नेपाल आइपुगेकी हुन् ।
नेपाल आएकी निरुताले अब आफ्नो चलचित्र ‘फर्की आऊ’को प्रमोशन गर्ने कुरामा ढुक्क छन्, निर्माता दाहाल । नेपाली चलचित्र त्यति नचलिरहेको अवस्थामा आफ्नो चलचित्र प्रदर्शन हुन लागेकाले पनि बाबुराम अव भाग्यकै भरोसामा रहेका छन् । नायिका निरुता सिहं नेपाल आउने बित्तिकै बाबुरामले भने -’उहाँले आउने बित्तिकै मलाई फोन गरी आफू आएको जानकारी गराउनु भएको थियो ।’ निरुता तिहारपछि नेपाल आउने कार्यक्रम भएपनि छिटै आइपुगिन् ।
निरुताले लामो समयपछि अभिनय गरेको चलचित्र ‘फर्की आऊ’ यही कात्तिक २५ गतेदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ । निरुता अब चलचित्रको प्रमोशनमा लाग्ने बताइएको छ । चलचित्रकी मुख्य नायिका नै प्रमोशनका लागि नेपाल आएपछि निर्माता दाहाल निकै खुशी छन् । चलचित्रलाई निरुताको साथले ठूलो फरक पार्ने उनी बताउँछन् । हुन त, निरुताले ‘देश’ नामक चलचित्रमा वर्ष दिनअघि अभिनय नगरेकी होईनन्, तर देशको पूर्ण असफलताले उनलाई फेरि भारत नै डोर्याएको थियो । निरुतालाई नै लिएर चलचित्र बनाउने निर्देशक तुलसी घिमिरेले समेत आफ्नो पछिल्लो चलचित्र ‘मृगतृष्णा’मा उनलाई लिएनन् । नेपाली सिनेमा क्षेत्रमा नवनायिकाको भीड बढेपछि निरुताको बजार घटेको थियो ।
चलचित्र ‘फर्की आऊ’मा निरुता सिंह र राजेश हमालको मुख्य भुमिको छ । नेपाली कलाकारहरु प्रमोशनका लागि खासै वास्ता नगर्ने परिपाटीलाई तोड्दै चलचित्रको प्रमोशनका लागि नै स्वदेश फर्किएकी निरुताको आगमनले यो चलचित्रको व्यापारलाई कत्तिको फरक पार्ने हो त्यो भने कात्तिक २५ सम्म नै कुर्नुपर्दछ । ‘फर्की आऊ’ लगतै निरुताले नै अभिनय गरेको चलचित्र ‘मलाई मन पर्यो’ पनि प्रदर्शनमा आउँदैछ । हेरौं, निरुताले यो चलचित्रको  प्रमोशन गर्छिन् या नगरी पुनः भारत फर्किन्छिन् । श्रोत:अनलाइन खबर











No comments: