- भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर ५५ मिनेट
साथै दिदीबहिनीले पूजा गरेर आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन्।
दाजुभाइलाई दिदीबहिनीले मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले पनि दक्षिणा तथा उपहार दिने चलन छ।
यसैबीच दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरू आज काठमाडौँको रानीपोखरीस्थित यमलेश्वर महादेवको मन्दिरमा पुगेर टीका लगाउने गर्छन्। उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।यस्तै दिदीबहिनी नहुने दाजुभाइकी साझा दिदी अञ्जली मास्केले आजै काष्ठमन्दिर परिसरमा भाइटीका लगाउँदै छिन्।
No comments:
Post a Comment