सब्सिटच्युट सन्तोष साहुखलले खेल सकिन ५ मिनेटअघि गोल गरेपछि नेपालले दक्षिणपूर्वी एसिया भ्रमणको अन्तिम खेलमा कम्बोडिया यू-२३ लाई १-० ले शुक्रबार पराजित गरेको छ । मंसिर १५ देखि नयाँदिल्लीमा हुने सातौं साफ च्याम्पियनसिपको तयारीका लागि दक्षिणपूर्वी एसिया पुगेको नेपालले भ्रमणमा हात पारेको यो पहिलो जित हो ।
भ्रमणमा नेपालको अग्रपंक्तिको प्रदर्शन राम्रो रहेन । चार खेलमा उनीहरूले जम्मा दुई गोलमात्र गरे । दुवै गोलमा सन्तोषको योगदान रह्यो । मलेसिया यू-१९ विरुद्ध उनले सिर्जना गरेको अवसरमा अनिल गुरुङले गोल गरेपछि नेपालले खेल १-१ मा टुंग्याएको थियो ।
नोमपेन्हमा कम्बोडियाको ओलम्पिक टिमविरुद्ध नेपालले आक्रमक प्रदर्शन गरेको थियो । 'पहिलो हाफमै नेपालले २-३ गोल गर्नुपथ्र्यो,' प्रशिक्षक ग्राहम रोबर्टस्लाई उद्धृत गर्दै कम्बोडियाली अन लाइन नोमपेन्हले लेखेको छ, 'ठूलो अन्तरको जित सम्भव थियो । तर गोलका धेरै गोलका अवसर गुमायौं ।' यस्तोमा जुमनु राई, अनिल गुरुङ, भरत खवास र सन्तोष गोल गर्न पटकपटक चुकेका थिए ।
'खेल जित्न गोल गर्नैपर्छ । त्यसैले हाम्रा स्ट्राइकरहरूले कडा मिहिनेत गर्नु जरुरी छ,' बेलायती प्रशिक्षक रोबर्टस्ले भने, 'मलेसियाको तुलनामा नोमपेन्हको ओलम्पिक स्टेडियममा नेपालले सुधारिएको खेल प्रदर्शन गरे । सबैमा सुधार आएको छ । तर साफ च्याम्पियनसिपमा राम्रो गर्न यतिले पुग्दैन । टिमको सबै पक्षमा सुधार आवश्यक छ ।'मिडफिल्डर जगजित श्रेष्ठले प्रहार गरेको कर्नर किक उपयोग गर्दै लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीका स्ट्राइकर सन्तोषले हेडद्वारा खेलको एकमात्र एवम् निणर्ायक गोल गरेका थिए । मिडफिल्डर नीराजन खड्का र सेन्टर-ब्याक रोहित चन्दले चोट बेहोर्दै मैदान छाडेका थिए ।
नेपाली टिम
किरण चेम्जोङ -गोलकिपर), सागर थापा -कप्तान), रोहित चन्द -दीपक भुसाल-४६), सन्दीप राई, विराज महर्जन, रवीन श्रेष्ठ, नीराजन खड्का -विकाससिंह क्षेत्री-६६), भोला सिलवाल -सन्तोष साहुखल-५१), भरत खवास, जुमनु राई -गणेश लावती-७४) र अनिल गुरुङ ।कान्तिपुर संवाददाता/काठमाडौ, स्रोत;ई-कान्तिपुर
No comments:
Post a Comment