प्रधानमन्त्रीले भोलि सोमबार रेडियोमार्फत जनगुनासो सुन्ने

   १३ कार्त्तिक, काठमाडौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनचासो, जनअपेक्षा, जनगुनासो र जनसरोकारबारे दोस्रोपल्ट रेडियो नेपालबाट सोमबार जनतासँग प्रत्यक्ष संवाद गर्नुहुनेभएको छ ।
प्रधानमन्त्री डा भट्टराईले सोमबार राती ८:१० बजेदेखि एक घन्टासम्म रेडियो नेपालको स्टुडियोबाट प्रत्यक्ष अन्तक्रिर्या गर्नुका साथै आफ्ना भावी योजना बारेमा जानकारी गराउनुहुने भएको छ । भट्टराईले यसअघि गत असोज १५ गते रेडियो नेपालबाटै जनतासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो ।
प्रधानमन्त्रीसँग जनताले रेडियो नेपालको टेलिफोन नं ४२२१७२१ वा ४२२१७३६ मा फोन गर्न सक्ने व्यवस्था मिलाइएको रेडियो नेपालले जनाएको छ ।
इमेल मार्फत् पनि प्रधानमन्त्रीसँग आफ्ना जिज्ञासा, गुनासो र सरोकार राख्न सकिने छ । जसअनुरुपpm.radionepal@gmail.com मा आफ्ना कुराहरु इमेल गर्न सकिने छ । रासस

No comments: