१२ कात्तिक/रुकुम, जाजरकोट जिल्लाको खगेनकोट गाविस-७ स्थित ताँसेमा लागिरहेको स्थानीय मेलामा दुई समूहबीच आपसमा झडप हुँदा दर्जन बढी घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा शेरबहादुर खत्री, हरिबहादुर परियार, विष्णुलाल खत्री, नेरन्द्र केसीलगायत रहेका छन् ।
मेलाको बीचमा नाचगान चलिरहेको बेला शेरबहादुर खत्री र मनरुप परियारबीचको आपसी विवादले ठूलो रुप लिएपछि दुई पक्षबीच झडप भएको बताइएको छ । परियार र खत्रीहरुको बीचमा झडप भएको हो ।
अहिलेसम्म घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । घटनास्थलबाट प्रहरी चौकी मैदे पुग्न दुई घन्टा पैदल यात्रा गर्नुपर्ने स्थानीय हेमन्त केसीले जानकारी दिए ।
यसैबीच, जाजरकोटकै सदरमुकाम खलङ्गामा स्थानीय युवाको दुई समूहबीच आपसी झडप हुँदा चारजना घाइते भएका छन । घटनामा घाइते भएकामध्ये दुईजनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रासस
No comments:
Post a Comment