नयाँ विमान सेवा सञ्चालनमा

     १२ कार्त्तिक, काठमाण्डौ । भारतीय विमान कम्पनी इन्डिगोले नेपालमा आफ्नो हवाइसेवा प्रारम्भ गरेको छ । दिल्लीबाट काठमाडौँ दैनिक रूपमा हवाई सेवा सञ्चालन गर्ने बताएको सो कम्पनीले शुक्रबार पहिलो उडान सञ्चालन गरेको थियो ।
सहुलियत भाडादरमा उडान सञ्चालन गर्ने र चाँडै नै काठमाडौँबाट भारतका अन्य सहरमा समेत हवाई उडान विस्तार गर्ने कम्पनीले जनाएको छ । इन्डिगो कम्पनीले थाइल्याण्ड, दुबई, मस्कट र सिङ्गापुरमा सेवा सञ्चालन गर्दै आएको उल्लेख गरेको छ । यस नयाँ उडानसँगै नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने विमान कम्पनीको सङ्ख्या २८ पुगेको छ ।स्रोत:अनलाईन खबर/नेपाल 

No comments: