सुरेशराज न्यौपाने
नेपालीहरूको सोख पनि गज्जबको छ। ऋणै काढेर भए पनि विदेशी संस्कृति र जीवनशैलीको देखासिखी गर्नमा नेपाली कोहीभन्दा कम छैनन्। शारीरकि तथा अन्य कुनै पनि दृष्टिले आवश्यक नभएको चुइङ्गमको खपत बर्सेनि बढ्दो छ। बाटो हिँड्दा होस् वा खेल्दा वा टे्रकिङ् जाँदा चुइङ्गम चपाउनेहरू यत्रतत्र देखिन्छन्।
यतिविघ्न रुचाइने र चपाइने चुइङ्गमको बजार कति छ त ? धेरैलाई अपत्यारलिो लाग्ला। सरकारी तथ्यांक अनुसार गत वर्ष मात्र करबि २७ करोड रुपियाँको चुइङ्गम नेपाल भित्रिएको छ। यद्यपि, भन्सार विभागले केकस्ता चुइङ्गम भित्रिन्छन् भन्ने स्पष्ट अभिलेख राखेको छैन।
नेपाल भित्रिने चुइङ्गममा सबैभन्दा ठूलो हिस्सा चिनियाँ ब्रान्डको छ। लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठका अनुसार आयात र आन्तरकि उत्पादन गरी नेपालको चुइङ्गम बजार ५० करोड रुपियाँभन्दा बढीको छ। र, यो बजार प्रत्येक वर्ष करबि १५ प्रतिशतले वृद्धि भइरहेको श्रेष्ठ बताउँछन्। कतिपय व्यवसायी नेपाल भित्रिने चुइङ्गमहरू यहाँको बजारका लागि भन्दा पनि चोरबाटो हुँदै भारतीय बजारमा समेत पठाइने गरेको बताउँछन्।
चुइङ्गम एक किसिमको लेसिलो र तन्किने विशेष प्रकारको गमबेस, चिनी र केही सुगन्धको मिश्रणबाट बनाइने कन्फेक्सनरी उत्पादन हो। स्िटक, सफ्ट, ट्याब्लेट र सेन्टरफिल्ड गरी चार प्रकारका चुइङ्गम उत्पादन हुन्छन्। यीमध्ये नेपालमा स्िटक र सफ्ट -बबल) गम उत्पादन हुने गरेका छन्। लक्ष्मी समूहको सुजल फुडले स्िटकगम र बबलगम उत्पादन गर्छ भने अर्को नेपाली कम्पनी सल्ट एन्ड स्वीटले बबल फन ब्रान्डको चुइङ्गम उत्पादन गर्दै आएको छ। स्िटकगम विशेष गरी मुखलाई ताजा राख्न खाने गरन्िछ भने बच्चाहरूले विशेष मन पराउने बबलगम चपाएर बेलुनसरह फुलाउन खाने गर्छन्।
स्िटकगमले नेपाली चुइङ्गम बजारको ६० प्रतिशत हिस्सा ओगटेको अनुमान छ भने बबलगमले १५ प्रतिशत, ट्याबलेटगमले १० प्रतिशत र सेन्टरफिल्ड गमले १५ प्रतिशत बजार ओगटेका छन्। स्वदेशमा उत्पादित सुजल गम र अमेरकिी ब्रान्ड रग्िलेज नेपाली बजारमा चलेका स्िटकगम हुन् भने सुजलकै बबलगम, सल्ट एन्ड स्वीट कम्पनीको बबल फन र भारतीय ब्रान्ड बिग बबल सफ्ट गमका चल्तीका ब्रान्ड हुन्। त्यसैगरी, डिपार्टमेन्ट स्टोरदेखि सपिङ् मलका ग्रोसरीसम्म छ्यापछ्याप्ती देखिने हेप्पी डेन्ट ट्याब्लेटगममा पर्छ भने बोबालो, बोप्रो, स्पाउट र सेन्टरप|ेस चुइङ्गमहरू सेन्टरफिल्ड अन्तर्गत पर्छन्।
५० करोड रुपियाँको चुइङ्गम बजारमा करबि ३० प्रतिशत अवैधानिक उत्पादनले लिएको दाबी व्यवसायीहरू गर्छन्। त्यस्ता उत्पादन विशेष गरी चीनबाट भित्रिने गरेको अनुमान छ। खाद्य गुणस्तर र उपभोक्ता संरक्षण ऐनले कुनै पनि खाद्य वस्तुमा उत्पादन मिति, मिसिएका पदार्थ र ब्याचसहितको लेबल हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। तर, यो व्यवस्था नेपाली उत्पादनहरूका लागि मात्र लागू गरिएको देखिन्छ। विदेशबाट भित्रिएका अधिकांश चुइङ्गममा न कुनै त्यस्तो जानकारी देखिन्छ, न कुनै लेबल।
चीन, बंगलादेश र मलेसियाबाट भित्रिएका चुइङ्गमका प्याकेटमा टाँसिएका लेबल त उत्पादन गर्ने मुलुककै स्थानीय भाषामा लेखिएको हुन्छ। जबकि, लेबल अंग्रेजी वा नेपालीमा स्पष्ट रूपमा लेखिएको हुनुपर्ने कानुनी प्रावधान छ। यसतर्फ खाद्य गुणस्तरको अनुगमन गर्ने जिम्मा पाएको खाद्य तथा गुण नियन्त्रण विभागको समेत ध्यान पुगेको देखिँदैन। लक्ष्मी समूहका श्रेष्ठ भन्छन्, "हामीहरूले सम्बन्धित सरकारी निकायलाई यस सम्बन्धमा बारम्बार ध्यानाकर्षण गराइसक्यौँ तर खासै चासो देखाइएको छैन।"
आयात गर्दा भन्सारमा गरनिे न्यून विजीकरणले पनि नेपाली उत्पादनहरूलाई प्रतिस्पर्धा गर्न कठिन भएको छ। न्यून विजीकरणको समस्या विशेष गरी चीनबाट आयात हुने चुइङ्गममा रहेको व्यवसायीहरू दाबी गर्छन्। नेपाली बजारको कुरा गर्दा काठमाडौँले मात्रै कुल बजारको ३० प्रतिशत हिस्सा ओगट्छ। तर, पछिल्ला वर्षहरूमा काठमाडौँबाहिर पनि बजार विस्तार हुँदै गएको लक्ष्मी समूहका बजार व्यवस्थापक महेन्द्र श्रेष्ठ बताउँछन्। भन्छन्, "अहिले त चुइङ्गमको बजार नभएको ठाउँ नै छैन, हिमालदेखि तराई, पूर्वदेखि पश्चिमसम्म।"
यति धेरै मन पराइने चुइङ्गमको प्रमुख कच्चा पदार्थ चिनी स्वदेशबाट आपूर्ति हुन्छ भने गमबेस र अन्य सुगन्ध विदेशबाट आयात गरन्िछ। करबि आधा अर्ब रुपियाँको बजार भइसक्दा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले चुइङ्गमको बजार अनुगमन गर्न सकेको छैन। वरष्िठ दन्त चिकित्सक डा सुशील कोइराला चुइङ्गम सेवन हानिकारक नभए पनि त्यसको गुणस्तरप्रति भने सर्वसाधारणले चनाखो रहनुपर्ने बताउँछन्। भन्छन्, "चुइङ्गम बनाउन प्रयोग गरनिे वस्तुको गुणस्तर र चिनीको मात्रा हेरेर सेवन गर्नु स्वस्थकर हुन्छ।" तर, सरकारी निकायको लापरबाहीका कारण न्यून गुणस्तरका चुइङ्गमको बिगबिगी रहेको डा कोइरालासमेत स्वीर्काछन्। @नेपाल

No comments:
Post a Comment